सरकार संघियताको व्यवस्था र विकासमा लागि परेको गण्डकी प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्री: बस्नेत

नवलपुर । अहिले सरकार संघियताको व्यवस्था र विकासमा लागि परेको गण्डकी प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्री रामशरण बस्नेतले बताएका छन । शुक्रवार नवलपुरको कावासातेीमा यातायात व्यवस्था सेवा कार्यलयको उद्घाट गदै मन्त्रीले अहिले सरकार संयिताको व्यवस्थापन र जिल्लामा आवस्यक पर्ने विकासको कसरतमा लागेको बताए ।

मन्त्री बस्नेतले कुनै पनि कुराको विकास र स्थापना एकै चोटी हुन नसक्दा विकास नै नभएको भन्न नमिल्ने कुरामा जोड दिए । कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले अब सरकारले विकासको काम गरि रहेको बताउदै विकासको काम भएन भनेर आत्तिनु पर्ने अवस्था पनि हल हुने बताए ।

मन्त्री बस्नेतले यातायातको क्षेत्रमा धेरै चुनौती रहेको भन्दै अहिलेको सरकारले त्यो चुनौतिको सामना गरेर अघि बढेको बताए । पहिले सरकारमा व्यवस्थापन राम्रो नभएकै कारण अहिले यातायातको विषयमा बढि चुनौति खडा भएको बताए ।

फरक प्रशङमा मन्त्री बस्नेतले अहिले प्रविधिक विषय संगै अन्य कुराहरु प्रदान गर्न जनप्रतिनिधिलाई चाहना छ तर आवस्यक स्रोत साधनको कमि र मुुलुकको परिस्थीतिका कारण भने जस्तो सेवा दिन नपाएको भए पनि आफ्ना पहल र प्रेयत्न भने रहेको बताए ।

Loading...