पत्रकार सापकोटा सम्मानित

चितवन । रतनगर १२ मा रहेको शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाले पत्रकार होमनाथ सापकोटालाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट सहकारीको विकासमा योगदान गरेको भन्दै संस्थाको १० औं बार्षिक साधारण सभा तथा अधिवेशनमा सापकोटालाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा साँसद कृष्ण खनाल, र संस्थाकी अध्यक्ष पार्वती न्यौपानेले सापकोटालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । विगत १६ बर्ष देखि पत्रकारितामा क्रियाशिल पत्रकार सापकोटा पूर्वी चितवन पत्रकार संघका अध्यक्ष तथा चितवन पोष्ट दैनिकका संवाददाता हुन।

कार्यक्रममा संस्थाको विकासमा योगदान दिएका साना तथा मझैला कृषक आयस्तर बृद्धि आयोजनाका निर्देशक गोकर्ण अर्याल,प्रदेश नं ५ मुख्यमन्त्री कार्यालयका उपसचिव नारायण ज्ञावली,मेयर नारायण वन,उपमेयर विमला दुवाडी,राजन श्री छल्कुली,मिना गिरी,मिना बुढाथोकीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाको भवन निर्माणको क्रममा सहयोग गर्ने संघसंस्था तथा व्यक्ति,संस्थाद्धारा सञ्चालित सुपथ मुल्यको पसलमा सबै भन्दा धेरै सामान खरिद गर्ने समुह र व्यक्ति, तथा असल बचतकर्ता,असल ऋणिहरुलाई पुरस्कृत गरिएको सचिव दुर्गा बरालले जानकारी दिइन । कार्यक्रम संस्थाकी अध्यक्ष न्यौपानेको अध्यक्षतमा भएको थियो । अधिवेशनले आगामी कार्यकालको लागि नयाँ कार्यसमिति चयन गर्ने छ ।

Loading...