तेश्रो दिनमा ७ जनाले लक्की ड्र मार्फत सुनको सिक्का प्राप्त (फोटो सहित )

चितवन । ए टु जेड मोबाइल हाउसको मोबाइल फेस्टिभल अफरको तेश्रो दिनमा ७ जनाले लक्की ड्र मार्फत सुनको सिक्का प्राप्त गरेका छन् ।

विभिन्न अफरहरु राखिएको उक्त कार्यक्रममा कुनै पनि मोबाइल किन्दा ५५ प्रतिशतसम्मको छुट, मोबाइल किन्दा हात खाली नजाने हिसाबले विभिन्न आकर्षक उपहारहरुका साथै आकर्षक खेल खेल्दै विभिन्न उपहारहरु जित्न सकिने व्यवस्था र मोबाइल किन्दा लक्की ड्र मार्फत सुनको सिक्का जित्ने अफर रहेको ए टु जेड मोबाइल हाउसका संचालक दिवाकर गुरुङले बताउनुभयो ।

सुनको सिक्का प्राप्त गर्नेहरुमा विकास अधिकारी, प्रशान्त थापा, दीपशिखा गिरी, शर्मिला सूवेदी, सलिना ढकाल, खगराज कुंवर र समिर कोइराला रहेका थिए ।

कार्यक्रममा १५० जना भन्दा बढी ग्राहकहरुको उपस्थिति रहेको थियो । यस मोबाइल फेस्टिभल अफर असोज २५ गतेसम्म सन्चालन हुनेछ ।

Loading...