बालिका तथा महिला हिंसाको विरोधमा शनिबार भरतपुर चौबिसकोटीमा शान्तिपुर्ण विरोध (फोटो सहित)

चितवन । देशमा बढ्दो अवस्थामा रहेको बालबालिका तथा महिला हिंसाविरुद्ध नाटक कविता गजल वाचनसहित रामपुर यूथ नेटवर्कले र सामाजिक सञ्जाल फेसबुकको हेल्प फर ह्याप्पीनेस नामक ग्रुपमा आवद्ध युवाहरुको समूहले बालिका तथा महिला हिंसाकोे विरोधमा शनिबार भरतपुर चौबिसकोटीमा शान्तिपुर्ण विरोध कार्यक्रम गरेको छ ।

देशमा दिनदिनै भैरहेको बलात्कार एवंम् महिला हिंसाको बिरुद्ध सरकार अहिले सम्म मौन रहेको र आज सम्म बलात्कार एवंम महिला हिंसा सम्बन्धि घटनामा संलग्न रहेका अपराधिहरुलाई कानुनी कठघरामा उभ्यान नसकेको भन्दै सो नेटवर्कको सन्चालक बाला शर्माले बताउनुभयो ।

हाम्रो आह्वान, महिला तथा बालिकाको सुरक्षा र सम्मान भन्ने मूल नारा रहेको कार्यक्रममा मलाइ स्वतन्त्र भइ बांच्न देउ, महिला हिंसा बन्द गर दोषीलाइ कार्वाही, नारी मोज मस्तीका लागि होइनन् उनीहरुलाइ इज्जत गर्न सिकौं लगायतका प्ले कार्ड बोक्दै नारा समेत लगाएका थिए ।

दुई तिहाइको सरकारले बलात्कारपछि हत्या गर्ने अपराधिलाई कारबाही गर्न नसकेको भन्दै उनीहरुले सरकारको राजीनामा समेत माग गरेका थिए ।

Loading...