टोलस्तरीय नकआउट फुटवलः विन्देश्वरी विजयी

चितवन, रत्ननगर । रत्ननगरमा जारी टोल स्तरीय नकआउट फुटवल प्रतियोगिता अन्र्तगत शनिवारको(आज) खेलमा विन्देश्वरी टोल विकास संस्था विजयी भएको छ । ईन्द्रेणी कृषक समुह रत्ननगर १५ ले आयोजना गरेको टोलस्तरीय नकआउट फुटवल अन्र्तगत शनिवारको खेलमा विन्देश्वरी विजयी भएको हो ।

गतबर्षको विजेता विन्देश्वरी टोलले ७ गोल गर्दा अन्नपुर्ण टोल १ मै सिमित रह्यो । पहिलो हापमा दुवै टिमविच कुनैपनि गोल नभएपनि दोस्रो गोल अन्नपुर्णको लागी निकै घातक बन्न पुग्यो । अन्नपुर्णको क्पाप्टेन द्रविन लामीछानेले आत्मघाती गोल गर्दै विन्देश्वरीलाई १ गोल थपिदिएका थिए । आज भएकोे खेलमा ३ गोल गरेका विन्देश्वरीका खेलाडी सुमित वाईवा खेलको म्यान अफ दी म्याच घोषित भएका छन् । आजवाट समुह चरणको खेल सकिएको छ ।

रत्ननगरको वडा नम्मर १५ मा रहेका १९ टोल मध्ये १४ वटा टोल विकास संस्थाले खेलमा सहभागीता जनाएका छन् । खेलमा प्रथम टोलले ३० के.जी.को खसी, सिल, मेडल, प्रमाणपत्र तथा दृतिय टिमले २५ के.जी.को खसी, सिल, मेडल तथा प्रमाणपत्र पाउनेछन् । भोलीको खेल सुरक्षित टोल र गणेश टोल विच हुदैछ ।

Loading...