सिटिहलको बिषय पेचिलो बन्दै , सिटिहल सिटि मै बन्नु पर्ने : सरोकारवाला

चितवन । भरतपुर महानगरपालिकाले निर्माण गर्ने भनिएको सिटिहल भरतपुरको केन्द्र भागमा नै उपयुक्त हुने सरोकारवालाले निचोड निकालेका छन् । आज धनौजीमा भएको नागरिक समाजको भेलामा भरतपुर महानगरले विकास निर्माणको परियोजनामा पश्चिम चितवनलाई हेला गरेको अधिकांशको भनाइ थियो ।

सिटिहल भरतपुर महानगरले भरतपुर मै बनाउने भनिरहदा पश्चिम क्षेत्रमा बन्नु पर्ने आवाज चर्किदै गरेको छ । नागरिक समाज पश्चिम चितवनले आयोजना गरेको छलफल कार्यक्रममा भरतपुर महानगर पालिकाको कार्य शैली प्रती सबै सरोकारवाला हरुले चिन्ता एवम बिरोध गरेका छन ।

मुलत भरतपुर महानगर पालिकामा निर्माण हुने सिटी हलको बिषयमा आबस्यक छलफल गर्न पश्चिम चितवनका जनप्रतिनिधी लगायत सम्पुर्ण सरोकारवाला सबै एकै स्थानमा उपस्थिती भएर छलफल गरेका थिए । उपस्थित अधिकासले गेस्टहाउस चौर सान्स्कृतिक एवम राजनैतीक ईतिहास बोकेकाले एऊटा खुल्ला क्षेत्र रूपमा सारक्षण गर्नु पर्ने बताए ।

नेपाली काङ्रेस्सका दिनेश कोइरालाले खुल्ला क्षेत्र जोगाएर महानगरको केन्द्रमा लैजानु पर्ने बताय । लामो बिकास र बातावरण पत्रकारिता गरेका भुपेन्द्र बस्नेतले
सिटी हलकालागी गेस्टहाउस चौर बिबिध कारण हरुले अनुपयुक्त भएकाले यसलाई बचाउदै, बिकास बिकेँद्रिकरण गर्नु पर्ने बताये ।

महानगरले राजनैतीक सहमति भनी रहदा यो राजनैतीक धोका हो भने । उनले बिकास सबै वडामा समान बितरण हुनु पर्ने बताये । कार्यक्रममा उपस्थित सबैले
महानगरको निर्णय सच्याउनु पर्ने बताए ।

साबिक पटिहानी गाबिसका पूर्व उपाध्यक्ष रामजी सापकोटाले सिटिहल भरतपुरको केन्द्र भागमा नै उत्तम भएको दाबि गर्नु भयो । “ यहा होटेल पनि खूल्ने क्रम जारी छ , हलमा आउने पाउनालाई ब्यबस्थित बसोबासको बन्दोबस्त मिलाउने क्षमता पश्चिम चितवन सगं छ ।

”उहाले २रद्ध जनाले उचालेको भरमा अपरिपक्क निर्णय नगर्न महानगर प्रतिनिधिलाइ सचेत गराउनु भयो ।त्यस्तै बाबुराम दाहालले चैत्र महिनामा नै सिटिहलका बिषयमा मध्ये भागमा नै बहस भएको बताए । ूबिचमा फेरी क्यान्सर अस्पतालमा चर्चा भयो । क्यान्सर अस्पतालको निर्णय बिवादमा परेपछि गेस्ट हाउसमा पनि बिवाद भयो ।अब केन्द्र भागमा नै उत्तम हुन्छ । ”

भुपेन्द्र बस्नेतले मेयरले सच्यायर गेस्ट हाउसमा गरिएको निर्णयलाई महानगरको मध्ये भागमा सार्न सकिने बताए । उनले महानगर बन्न मेघौली गोलाघाट पटिहानी चाहिने तर बिकासमा हेला गर्ने प्रवृति प्रति आक्रोश ब्यक्त गरे । पटिहानी गाबिसका पुर्ब अध्यक्ष मधुसुधन सापकोटा को सभापतित्वका भएको सो कार्यक्रममा चेतनाथ न्यौपाने , रमेश कोइराला , हरी आर्चाय , कल्पना सापकोटा लगाएत नागरिक अगुवाले बोलेका थिए ।

Loading...