भीमसेन आदर्श नवलपुर माविमा निशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरबाट एक सय १० जना लाभान्वित

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ७ रामबासमा रहेको भीमसेन आदर्श माविमा आयोजना गरिएको निशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरबाट एक सय १० जना बिरामी लाभान्वित भएका छन् ।


शनिबार विद्यालयमा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा दुई जना आयुर्वेदिक चिकित्सकले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

भीमसेन मावि एलुमनाई एशोसिएसनको आयोजना तथा रोट्रयाक्ट क्लब अफ भरतपुर, लायन्स क्लब अफ नारायणगढ बालकुमारी, लायन्स क्लव अफ नारायणगढ नारायणी र परिवर्तनका लागि युवा नेपालको सह आयोजनामा स्वास्थ्य शिविर गरिएको हो । गैंडाकोट नगरपालिका वडा नम्बर २ कालिगण्डकी चोकमा रहेको सम्बोधन फर्माले स्वास्थ्य शिविरमा प्राविधिक सहयोग गरेको थियो ।
बिरामीहरुलाई सम्बोधन आयुर्वेद फर्माको पहलमा ८५ हजार रुपैयाँ बराबरको औषधि समेत निशुल्क वितरण गरिएको लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेले जानकारी दिए ।

भीसानका अध्यक्ष शेर बहादुर पौडेलको अध्यक्षमा समापन भएको कार्यक्रममा भीमसेन आदर्श मा।वि।का शिक्षक अभिभावक संघका अध्यक्ष बलिराम सापकोटा प्रमुख अतिथि तथा सम्बोधन आयुर्बेद फर्माका सञ्चालक युवराज काफ्ले विशेष अतिथि रहेका थिए ।

भीसानका सदस्य जगदिश तिवारीले सञ्चालन गरेका कार्यक्रममा भिसानका उपाध्यक्ष प्रकाश काफ्लेले स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिए ।

Loading...