विकल्पराजलाई “चितवन जिम”ले गर्यो सम्मान

चितवन । चितवन फिजिकल फिटनेशले समय–समयमा चर्चा पाउँदै आएको छ । चितवन जिमबाट प्रतिनिधित्व गर्नेहरुले विभिन्न स्थानीय तथा राष्ट्रिय उपाधिहरु हात पार्दै आईरहेका छन् । हालै मात्र शारीरिक सुसंगठित खेल (जिम) को राष्ट्रियस्तरमा सम्पन्न खेलहरुमा चितवन जिमको तर्फबाट पनि एउटा सम्मानजनक जित हासिल भएको छ ।

चितवन जिमका प्रशिक्षक विकल्पमान श्रेष्ठले यही असोज १३ गते काठमाण्डौंमा सम्पन्न “मिष्टर नेपाल वल्र्ड–२०१८” को उपाधि हासिल गरी चितवन जिमलाई उच्च स्थानमा पु¥याएको भन्दै चितवन जिमले एक कार्यक्रमको बीच सम्मान गरेको थियो । चितवन जिमको मुख्य कार्यालय क्षेत्रपुरमा सम्पन्न कार्यक्रममा चितवन जिमका प्रबन्ध निर्देशक प्रकाश गुरुङ्ग, चितवन जिमका प्रमुख सल्लाहकार राकेशमान श्रेष्ठ र चितवन जिमकी संचालिका लक्ष्मी गुरुङले संयुक्त रुपमा विकल्पराज श्रेष्ठलाई मायाको चिनो र प्रशंसापत्रले सम्मान गरेका थिए।

सम्मानपछि बोल्दै विकल्पराज श्रेष्ठले चितवन जिमको सहयोग र हौसलाको कारणले आफूले यो उपाधि हात पारेको र आफू बिजेता हुनुमा चितवन जिम परिवारको महत्वपूर्ण योगदान रहेको समेत बताए ।

सम्मान कार्यक्रममा चितवन जिमका प्रमुख सल्लाहकार राकेशमान श्रेष्ठ, सल्लाहकार प्रविन सिंह, प्रशिक्षकहरु मनबहादुर थापा, सन्देश राई, सुरेश राजवंशी, केवल महत्तो संचालिका लक्ष्मी गुरुङ र चितवन जिमका म्यानजेर नविन राना मगरको सहभागतिा रहको थियो ।

सम्मान कार्यक्रममा चितवन जिमका प्रबन्ध निर्देशक प्रकाश गुरुङले चितवन जिमबाट प्रतिनिधित्व गरेर “मिष्टर नेपाल वल्र्ड–२०१८” को उपाधि हासिल गरेकोेमा प्रशिक्षक विकल्पराज श्रेष्ठलाई बधाई दिनुका साथै अबको दिनमा समेत आफ्नो साथ र सर्मथन हुने समेत धारणा राखे ।

Loading...