कर्मा ईभेन्टस्द्धारा मिस्टर नेपाल वल्र्ड २०१८ का विजेता बिकल्पराज श्रेष्ठलाई सम्मान

- आशिष उप्रेती

चितवन । मिस्टर नेपाल वल्र्ड २०१८ का विजेता भरतपुर ४, रामघाट चितवनका बिकल्पराज श्रेष्ठलाई आज कर्मा ईभेन्टस्ले एक कार्यक्रमका बिच सम्मान गरेको छ । गत असोज १३ गते एक्सपोजले काठमाण्डौको होटल अन्नपुर्णमा आयोजना गरेको राष्ट्रिय स्तरको मिस्टर नेपाल वल्र्ड २०१८ को विजेताको रुपमा १६ जना प्रतिस्पर्धिहरुलाई उछिन्दै बिजेता भएका थिए ।

उनि चितवनबाट मिस्टर नेपाल हुने पहिलो ब्यक्ति हुन् । जसले नेपालको प्रतिनिधित्व गर्दै मिस्टर वल्र्डमा सहभागी हुन यहि जनावरीमा फिलिपिन्स जाने समेत बताईएको छ ।

श्रेष्ठ कर्मा ईभेन्स्द्धारा आयोजित मिस्टर कलेज २०१७ का बिजेता समेत रहेका थिए । सो कार्यक्रममा कर्मा ईभेन्ट्सका सल्लाहाकार निशान ढकाललाई समेत सम्मान गरीएको थियो ।

Loading...