लायन्स निर्बानाद्वारा न्यौपाने सम्मानित

लायन्स क्लब्स इन्टरनेशनल ३२५ बि२, नेपाल अन्तर्गत रहेकोे लायन्स क्लब अफ काठमाडौं निर्बानाले उत्कृष्ठ कार्य गरेको लायन्स सदस्यहरुलाई आइतबार काठमाडौमा एक बिशेष समारोहका बीच सम्मान गरिएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेशनल ३२५ बि२, नेपालका डिस्ट्रिक्ट एडभाइजर भोजराज न्यौपानेले मिननाथ न्यौपानेलाई समाजिक सेवा क्षेत्रमा उत्कृष्ठ योगदान गरे बापत सम्मान गरेका हुन् ।

त्यस्तै, उत्कृष्ट योगदान गरे बापत सबिता ढकाल अर्याललाई पनि सम्मान गरिएको छ । निर्बानाले आफ्ना सदस्यहरुले गरेको योगदानलाई मुल्यांकन गरिसम्मान गर्दा थप समाजिक क्षेत्रमा कार्य गर्ने उत्प्रेरणा मिल्ने लायन्स क्लब्स इन्टरनेशनल ३२५ बि२, नेपालका जोन चियरपर्सन आदर्श प्रधानले बताए ।

लायन्स क्लब अफ काठमाडौं निर्बानाले समाजिक क्षेत्रमा आफू कम अबसर पाएकाहरुलाई सहयोग गर्दै आएका र थप उत्कृष्ठ समाजिक सेवाहरु गर्ने क्लबका अध्यक्ष कुलराज थापाले बताए ।

उक्त कार्यक्रमको संचालन क्लबका सचिब मिलन खतिवडाले गरेका हुन् ।

Loading...