चाडपर्व नजिकिंदै गर्दा चितवनमा भारतीय खसिबोका भित्रिने क्रम बढ्दै ?

दशैंका बेला १५ दिनमा करिब १५ हजार खसीबोकाको मासु बिक्री

चितवन । चाडपर्व नजिकिंदै गर्दा चितवनमा भारतीय खसिबोका भित्रिने क्रम बढ्दै गएको छ । सुनौली नाका हुंदै भित्रिएका खसीबोका चितवनका मासु पसलमा बिक्री हुंदै आएका छन् । गतवर्षको तुलनामा यसवर्ष भन्सार तथा अन्य करमा भएको वृद्धिसंगै खसीबोका आयात गर्दा मूल्यसमेत बढी तिर्नुपरेको व्यवसायी बताउंछन् ।

खसीबोका मासु व्यवसायी संघका अनुसार दशैंका बेला १५ दिनमा करिब १५ हजार खसीबोकाको मासु बिक्री हुन्छ । संघका महासचिव गणेशप्रसाद कंडेलले सोह्रश्राद्ध सकिएपछि मासुको कारोबार बढ्ने बताउनुभयो ।

उहाले भारतबाट आयात गरिएका खसीबोकामा प्रतिगोटा करिब १ हजार रकम एजेण्टलाइ कमिसन बुझाउनुपर्ने वताउनुभयो । दशैं तिहार र छठ पर्वको समयमा सामान्य पसलले समेत १० देखि १२ वटा खसी दैनिक काटेर बेच्ने उहाले वताउनुभयो ।

संघमा खसीबोकाको मासु बेच्ने ९६ वटा पसल आबद्ध छन् । स्थानीय उत्पादनले यहांको बजार थेग्न नसक्ने भन्दै उहाले आयातीत खसीबोकाकै भर पर्नुपरेको वताउनुभयो । औसत १६ केजीका खसीबोका भित्रिने गरेको बताउनुभयो ।

ढुवानी र कमिसन रकम बुझाउंदा आयातित खसीबोकाको मुल्य बढी परेको गुनासो गर्नुभयो । साविक जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख वरिष्ठ पशु चिकित्सक चेतनारायण खरेलले चितवनमा खसीबोकाको मासुको उत्पादन बढाउनुपर्ने देखिएको बताउनुभयो ।

खसीबोकाको मासु भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको भन्दै उहाले स्थानिय स्तरमा खसीबोको उत्पादनले बढाउनुपर्ने देखिएको वताउनुभयो ।

Loading...