तेक्वादो खेल सामाग्री हस्तान्तरण

चितवन । चितवन जिल्ला भित्र रहेका ३५ वटा तेक्वान्दो डोजाङलाई मंगलवार खेल सामाग्री हस्तान्तरण गरिएको छ । विजया दशमीको अबसर पारेर नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति चितवनले खेल सामाग्री वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नगर स्तरीय खेलकुद विकास समितिका संयोजक केशव आचार्य र नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति चितवनका अध्यक्ष पुष्प जोशीले डोजाङ प्रमुखलाई किक प्याड,व्याच लगायतका खेल सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति चितवनका अध्यक्ष जोशीले चितवनको तेक्वान्दोको थप विकासको लागि डोजाङलाई आवश्यक खेल सामाग्री प्रदान गरिएको बताए । संघका सहसचिव तथा कार्यक्रम संयोजक प्रदिप श्रेष्ठले कार्यक्रमको उद्देश्यका वारेमा प्रकास पारेका थिए ।

कार्यक्रममा वडा नं १ का कार्यबहाक वडाध्यक्ष बाबुराम गौतम,संघका उपाध्यक्ष सुदिप गिरी,कुमरोज तेक्वान्दो डोजाङका प्रमुख अभिषेक गौतम लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका विजय दशमीको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

Loading...