जिल्ला प्रशासन कार्यालय चितवन र युनिलिभर कम्पनिद्वारा संयुत्त अनुगमन

पुतली बजारका अधिकांश कस्मेटिक पसलले डुब्लिकेट कस्मेटिक सामान बिक्री ?

चितवन । पुतली बजारका अधिकांश कस्मेटिक पसलले डुब्लिकेट कस्मेटिक सामान बिक्री गर्ने गरेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय चितवन र युनिलिभर कम्पनिले गरेको संयुत्त अनुगमनका क्रममा नारायणगढको बजार क्षेत्रमा रहेका अधिकाम्स होलसेलर पसलहरुले अधिकाम्स सामान डुब्लिकेट बिक्री गर्ने गरेको भेटिएको हो ।

कम्पनीकै आधिकारीक मानिसहरुको सहभागितामा गरिएको अनुगमनमा युनिलिभरको नाममा डुब्लिकेट सामान बिक्री गरेका पसलहरुको अनुगमन गरि सामान बरामद गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरिक्षक प्रबिण तिवारीले बताउनु भयो ।

टोलिले पुतली बजारको के एन स्टोर,नरदेवी जनरल स्टोर, मा अन्नपुर्ण ऋंगार, कमलेस जनरल स्टोर, सदाम जनरल स्टोर, जयमातादी कस्मेटिक, बजरंग जनरल स्टोर, र एसियन कस्मेटिक अनुगमन गरेको हो ।

यी पसलहरुबाट लेक्मी,पोण्डस, फेयर एण्ड लब्ली, डोभ,सनसिलक युनिलिभर ट्ेडमार्कका डुब्लिकेट सामान बिक्री गरेको पाईएको र सो सामान बरामद गरिएको तिवारीले बताउनु हुन्छ । कुर्था सुरुवाल डिजाइन

Loading...