विजया दशमीको पूर्वसन्ध्यामा बागेश्वरी आध्यात्मिक परिसर र गहु संरक्षण केन्द्रमा सरसफाई

चितवन । विजया दशमीको पूर्वसन्ध्यामा बागेश्वरी आध्यात्मिक परिसर र गहु संरक्षण केन्द्रको प्राङ्गणमा बुधबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

 बुधवार घटस्थापनाको अवसरमा व्यापक रुपमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आंपटारीको सहयोगमा सशस्त्र प्रहरी र समितिका सदस्य मिलेर सरसफाई गरेको हो ।

यो कार्यक्रम आगामी लक्ष्मी पूजाको दिनलाई मध्यनजर गर्दै बिहिबारबाट प्रारम्भ भएको गहु संरक्षण केन्द्रका अध्यक्ष तथा बागेश्वरी आध्यात्मिक परिसरका उपाध्यक्ष टंकनाथ पौडेलले बताउनुभयो ।

यो सरसफाइ अभियानलाई घटस्थापनाका दिनदेखि लक्ष्मी पूजाका दिनसम्म अगाडि बढाउदै लैजाने उहाको भनाई छ ।

 

Loading...