मर्मत सम्भार नहुदा हुप्सेकोट गाउँपालिका –५, धौवादी रुद्रपुरमा हावाबाट निकालिएको बिजुलीको उत्पादनमा ठप्प

- बिबेक भण्डारी

नवलपुर । मर्मत सम्भार हुन नसक्दा नवलपरासीको हुप्सेकोट गाउँपालिका –५, धौवादी रुद्रपुरमा हावाबाट निकालिएको बिजुलीको उत्पादनमा ठप्प भएको छ । २०६८ साल एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा पाइलट प्रोजेक्टको रुपमा धौवादीमा हावाबाट बिजुली निकालिएको थियो । २ करोड बढीको लागतमा संचालनमा आएको परियोजना अहिले विद्युत उत्पादन नहुँदा स्थानीयबासीका लागि समस्या भएको छ।

हावाबाट १० किलोवाट र सोलार बाट २ गरी १२ किलोवाट क्षमताको यस परियोजनाको अहिले ममर्त सम्भार हुन नसक्दा बिद्युत उत्पादनमा कमी आएको स्थानीय नागरिक गमबहादुर राना मगरले बताए । यस परियोजनाको विद्युतबाट धौवादी रुद्रपुरमा रहेको इलाका प्रहरी कार्यालय र ४२ घर धुरीका स्थानीय लाभान्वित भएका थिए।

अहिले विद्युतको कमीका कारण ईलाका प्रहरी कार्यालय धौवादीले सौर्य उर्जा जडान गरेको छ भने कतिपय स्थानीयले पनि सौर्य उर्जा जडान गरेका छन् । पहिले–पहिले टीभी चलाउन, रेडियो बजाउन, मोबाइल चार्ज गर्न सबै मिल्ने गरेकोमा अहिले लघु विधुतको साहायताले मात्र बत्ती बाल्ने गरेको स्थानियको भनाइ छ ।

हावाबाट विद्युत उत्पादनका लागि ५÷५ किलोवाटका दुई वटा टर्बाइन राखिएको छ । मर्मतको अभावले अहिले एकै पटक दुई वटा पंखा चल्न सकेको छैन । परियोजनामा विद्युत उत्पादनका लागि ३६ वटा ब्याट्री राखिएको छ । ब्याट्री काम गर्न छाडेको र स्थानीयले नया“ ब्याट्री राख्न पनि नसकेका कारण चाहे अनुसारको विद्युत उत्पादन हुन सकिरहेको छैन ।

Loading...