मोबाइल फेस्टिभल अफरको सातौं दिनमा करिब ७०० जना सहभागीता

चितवन । ए टु जेड मोबाइल हाउसको मोबाइल फेस्टिभल अफरको सातौं दिनमा १० जनाले लक्की ड्र मार्फत सुनको सिक्का जितेका छन् ।

विभिन्न अफरहरु राखिएको उक्त कार्यक्रममा कुनै पनि मोबाइल किन्दा ५५ प्रतिशतसम्मको छुट, मोबाइल किन्दा हात खाली नजाने हिसाबले विभिन्न आकर्षक उपहारहरुका साथै आकर्षक खेल खेल्दै विभिन्न उपहारहरु जित्न सकिने व्यवस्था र मोबाइल किन्दा लक्की ड्र मार्फत सुनको सिक्का जित्ने अफर रहेको ए टु जेड मोबाइल हाउसका संचालक दिवाकर गुरुङले बताउनुभयो ।

सुनको सिक्का प्राप्त गर्नेहरुमा समिरा ढकाल, रामु सुनार,सोम बहादुर तामाङ, भास्कर दवाडी, सुजन सापकोटा, विशाल तामाङ, ममता गैरे, प्रदीप प्याकुरेल, मंगल तामाङ र स्वयं पौडेल रहेका थिए ।

सातौं दिनको कार्यक्रममा ७०० जना भन्दा धेरै ग्राहकहरुको उपस्थिति रहेको थियो । यस मोबाइल फेस्टिभल अफर असोज २५ गतेसम्म सन्चालन हुनेछ ।

Loading...