सातौ अन्र्तराष्ट्रिय बालीका दिवसको अवसरमा गैडाकोट इड्डलीस स्कुल आयोजित बिशेष कार्यक्रम सम्पन्न

गैडाकोट । बालीकाहरुको अधिकारका लागि समाजका सबै पक्ष एक भई लाग्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन ।

सातौ अन्र्तराष्ट्रिय बालीका दिवसको अवसरमा गैडाकोट नगरपालीका वडा न. २ मा पर्ने गैडाकोट इड्डलीस स्कुल आयोजित बिशेष कार्यक्रममा सरोकारवालाहरुले बालीकाको बिकास र उनीहरुलाई हक अधिकार प्रदान नगरिकन देश र समाजको बिकास हुनै नसक्ने बताएका हुन ।

कार्यक्रममा बोल्दै गैडाकोट नगरपालीकाका उपमेयर बिष्ष्नुु कुमारी कडेलले बाल बालीकालाइ समान रुपमा हेरुनु पर्ने र बालक र बालीका लैड्डीक हिसाबले फरक भएपनी अरु सबै हिसाबमा समान्तर रहेको बताउनुभयो ।

यसै गरी गैडाकोट नगरपालीकाका महिला बिकास अधीकृत दिपा घिमीरेले हाम्रो समाजमा फरक तरीकाले पुर्खादेखी नबुजेको भयकाले कस्ले के गर्न सन्छ सक्दैन भनी बिभाजन गरेकाले अहिले असहज भएको बताउदै हामीसबै बालक र बालीका सबैले सबै काम गर्न सकिन्छ भनेर हौसला दिन पर्नेमा जोड दिनुभयो ।

गैडाकोट इड्डलीस स्कुलका प्राचार्य हिरालला अर्यालले बालीकाहरुले आफ्नोे अधिकारको बिषयमा जानकार हुनुपर्र्ने बताउनुभयो , बालीकाहरु नडराई आफना कुराहरु व्यक्त गर्न अघि बढनुपर्ने र बिद्यालयले सो बातावरण बनाउन बिद्यालयमा बिभिन्न किसिमका कार्यक्रम गर्दे आएको जानकारी दिनुभयो ।

Loading...