बलियो सरकारले समृद्धि ल्याएन: वरिष्ठ नेता पौडेल

- बिबेक भण्डारी

नवलपुर । दुई तिहाई र स्थायी सरकार हुदा पनि कम्युनिष्ट सरकारले देशलाई सुसान दिन नसकेको नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन ।

शुक्रवार नवलपुरको कावासोतीमा प्रेस युनियन नवलपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बरिष्ठ नेता पौडेलले सरकार संग आवस्यक पर्ने सबै कुराहरु हुदा पनि देशमा कुनै खाले परवर्तन ल्याउन नसक्नु यो सरकारको कमजोरी भएको बताए ।

‘ कम्युनिष्ट सरकार संग दुई तिहाइ बहुमत पनि छ, स्थाई सरकार पनि छ , उनिहरुलाई कसैले हल्लयाउन पनि नसक्ने अवस्थामा छन तर देशमा शुसासन, राजनितिक स्थाइत्व ,देशमा संबृद्धी बढाउनु पर्ने ठाउमा सरकार कहा अलमलिएको छ थाहा छैन’ नेता पौडेलले भने ।

नेता पौडेलले यतिका साथ र सहयोग हुदा पनि यो सरकारले देश विकासको प्राथमिकता समेत छुट्याउन नसकेको बताए । यो सरकारले केवल आफ्नै कुरा र आफ्नै प्रचारमा लागेको नेता पौडेलको आरोप छ ।

सरकारले रेल र पानी जहाजको कुरा त गरे तर अझै पनि नेपालका विकट स्थानमा पक्कि सडक समेत पुग्न नसकेको बताए । नेता पौडेलले महालेखा परिक्षकले समेत अबैध र गैरकान्ुनी भनेको ह्वाइट बडि जहाजमा भएको घोटालाको विषयमा काग्रेसले छानविनको माग गरेको बताए ।

यस्तै बुडिगण्डकीको खर्बोँँ योजना विना प्रतिस्पर्था विदेशीलाई दिनु राष्ट्रबाद नभएको बताए । अब नेपाली काग्रेस आफै सुध्रीएर यो दशेमा लोकतन्त्रको रक्षा गर्ने जिम्मेवार काग्रेसले लिनुपर्ने बताए ।

Loading...