प्रेस स्वतन्त्रतालाई कुनै पनि बहानामा अंकुश लगाउन नपाईने: सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतालाई कुनै पनि बहानामा अंकुश लगाउन नपाईने बताउनुभएको छ । प्रेस युनियन चितवन शाखाको नवनिर्मित भवन एवंम् आठौं अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोध गर्दै देउवाले प्रेस माथि हस्तक्षेप भए नेपाली कांग्रेसलाई सहिया नहुने बताउनुभयो ।

उहाले प्रेस स्वतन्त्रताको पक्षमा नेपाली कांग्रेस लड्दै आईरहेको बताउदै पन्चायत कालमा पनि प्रेस स्वतन्त्रताका लागि अवाज उठाएको उहाले बताउनुभयो । प्रेसलाई अप्ठारोमा पार्न खोजे चुप लागेर नबस्ने बताउदै उहाले प्रेस युनिययनले पार्टीको घोषित सिद्धान्त नीतिलाई पे्रस मार्फत नेपाली जनताको घर घरमा सुचना प्रवाह गर्ने जिम्मेवार रहेको भन्दै निर्धक्क भएर अगाडि बढ्न समेत आग्रह गर्नुभयो ।

उहाले प्रेस माथि हस्तक्षेप भए कांग्रेस प्रतिकारमा उत्रने चेतावनी समेत दिनुभयो । प्रेस युनियनको अधिवेशबाट सर्वसम्मत रुपमा नया समिति गठन गर्न शुभकाना व्यक्त गर्दै उहँले पार्टीको तर्फबाट कुनै पनि हस्तक्षेप नहुने उल्लेख गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री शशांक कोईरालाले प्रेस स्वतन्त्रताको लागि नेपाली कांग्रेस सदैव पत्रकारहरुको साथमा रहने बताउनुभयो ।

त्यस्तै भरतपुर महानगरका प्रमुख रेणु दाहालले पत्रकारको हक हितका लागि महानगर पत्रकारहरुसंग हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताउनुभयो । प्रेस युनियन चितवनले चिजकुमार विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७१÷०७२,÷ ०७३ क्रमश ः पत्रकारहरु किशोर नेपाल, तेजप्रकाश पण्डित र कुलचन्द्र वाग्लेलाई प्रदान गरेको छ ।

पुरस्कारको राशी नगद ५१ हजार १ सय ५१ रुपैया रहेको छ ।

Loading...