पर्यटनको विकासका लागि प्रदेश सरकारले तिब्रताका साथ काम गर्ने: मुख्यमन्त्री पौडेल

चितवन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राज्यका सवै तहको समन्वयमा मात्रै प्रदेशको विकास सम्भव भएको बताउनुभएको छ । उहाले स्थानिय तह,प्रदेश र केन्द्रिय सरकार मिलेर अघि बढे मात्र विकास र आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

पश्चिम चितवनका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन पश्चात मुख्यमन्त्री पौडेलले गँउ–गँउमा विकासको लहर चलाउन आग्रह गर्नुभयो । उहाले प्रदेश ३ सबै कुराले सम्भावना बोकेको प्रदेश हो, प्रदेशको प्राथमिकतामा रहेको पर्यटन क्षेत्रले प्रदेशलाई संमृद्ध बनाउन महत्वपूर्ण योगदान दिन सक्ने बताउनुभयो ।

पर्यटनको विकासका लागि प्रदेश सरकारले तिब्रताका साथ काम गरिरहेको उहाले बताउनुभयो । पर्यटन मार्फत मुलुकको अर्थतन्त्र सुदृढ हुने दावी गर्दै उहाले आपसी सहकार्यबाट समृद्धिको ढोका खोल्न सकिने बताउनुभयो । प्रदेश सरकार कानुन निर्माणको क्रममा रहेको भन्दै उहाले काम देखिन केही समय लाग्ने बताउनुभयो ।

उहाले अहिले हामी तिब्रताका साथ काम गर्ने अभियानमा छौं, तर केही कानुनको ब्यवधानका कारण समस्या सृजना भैरहेको बताउनुभयो । धेरै कानुनहरुको सुधार आवश्यक छ यही कानुनबाटै संमृद्धी सम्भव छैन् । पुरानो कानुनमा टेकेर काम गर्न सकिने अवस्था नरहेको मुख्यमन्त्री पौडेलको गुनासो छ ।

उहाले छिटो छरितो काम सम्पन्न गर्नका लागि पनि पुराना झन्झटिला कानुनी प्रकृया हटाउनुपर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले गर्ने विकासका योजना छुट्टाउन जरुरी रहेको बताउनुभयो । उहाले पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न ठोस कार्ययोजना भए संरचनाहरु तयार गर्न सरकार तत्पर रहेको जानकारी दिनुभयो । जनताको काम गर्नका निम्ति प्रदेशको नेतृत्व सम्हालेको भन्दै मुख्यमन्त्री पौडेलले सुखी नेपाली र संमृद्ध नेपाल बनाउने अभियान सार्थक पारेरै छाड्ने दावी गर्नुभयो ।

उहाले निजी क्षेत्रसग सहकार्य गरेर प्रदेशमा विभिन्न साना ठूला परियोजना निर्माण गरिने बताउनुभयो । मुख्यमन्त्री पौडेलले पश्चिम चितवनको शिवालय पार्क,राइनो पार्क, गोलाघाट ,सिमरीटाउन, थारु संग्रहालय, मदन स्मृती पार्क र ज्ञानेश्वर ब्लकको अवलोकन गर्नुभएको थियो । मुख्यमन्त्री पोडेललाई चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीले पश्चिम चितवनको पर्यटकीय क्षेत्रका बारेमा जानकारी गराउनुभएको थियो ।

सो अवसरमा राष्ट्रिय सभा अन्र्तगतको राष्ट्रिय सरोकार समितिकी सभापती दिलकुमारी रावल पार्वती ,प्रदेश सभा सांसद विजय सुवेदी, कृष्ण भुर्तेल लगाएतको सहभागिता रहेको थियो ।

Loading...