तालमेलको चपेटामा महिला उम्मेदवार

काठमाडौँ । पाल्पामा राजनीतिक दलहरूले गरेको चुनावी तालमेलको मारमा महिला उम्मेदवार परेका छन् । उपप्रमुखको प्रचारप्रसारमा घरदैलोमा हिँडेका महिला उम्मेदवारको सट्टा तालमेलबाट पुरुष उम्मेदवार बनेपछि महिला अलमलमा परेका हुन् । बगनासकाली गाउँपालिकामा नेपाली कांग्रेसकी उपाध्यक्ष उम्मेदवार पेमा चिदी मगरको स्थानमा पार्टीले माओवादी केन्द्रसँग तालमेल गरेपछि उनको उम्मेदवारी खोसिएको छ । पेमा चिदीलाई हटाएर माओवादी केन्द्रका […]

जातिय विभेद र छाउप्रथाको अन्त्यको चाहन्छन् मतदाता

काठमाडौँ । ‘मुखको आहारा कैबैरीले खोसी खायोर ।, कोइ छैन सहारा बालिबैस गैजान लाग्यो ।’ यस्तै दुःखका देउडा भाका गाउँदै बाजुराका सबै गाउँमा निर्वाचन अगावै धान रोपेर सक्ने चटारो देखिन्छ । दलका उम्मेदवार गाउँमा मतदाता नभेटिएपछि खेतमै भोट माग्न व्यस्त छन् । जिल्लाका पाँच गाउँपालिका र चार नगरपालिकामा दोस्रो चरणको निर्वाचनका लागि जिल्लाका दुर्गम मतदान […]

लुम्विनी हाँक्न तम्सिएका मुस्लिम, धार्मिक सद्भावको नमुना हेर्ने भए लुम्बिनी आउनुहोस् !

काठमाडौँ । बुद्धको जन्मस्थल लुम्बिनीको थप सौन्दर्य हो– वरिपरि बस्तीमा रहेका बहुसंख्यक मुस्लिम । त्यही भएर सबैजसो राजनीतिक दलले लुम्बिनी सांस्कृतिक नगरपालिकामा मुसलमान समुदायबाटै प्रमुख उम्मेदवार बनाएका छन् । मेयर प्रतिस्पर्धी नै स्वतन्त्रसहित ७ जना छन् । कांग्रेसले मोहम्मद सइद खाँ, संघीय समाजवादी फोरमले फखरुद्दिन खान, राप्रपाले मोहम्मद सफिक, लोकतान्त्रिक फोरमले सजरुद्दिन मुसलमानलाई मेयरको प्रतिस्पर्धामा […]

गोर्खाल्याण्ड अान्दोलनः जीटीएका सबै सभासदले दिए राजिनामा

काठमाडौँ । भारतको पश्चिम बंगालमा अलग गोर्खाल्यान्ड राज्य मागसहित नेपाली भाषीको आन्दोलन चर्किंदै जाँदा शुक्रबार गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेटिभ (जीटीए) का सभासदहरूले संयुक्त रूपमा राजीनामा दिएका छन्। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष तथा जीटीए प्रमुख विमल गुरुङ, महासचिव रोशन गिरी, सहसचिव विनय तामाङ, नारी मोर्चा प्रमुख आशा गुरुङसहित ४३ सभासद्ले राजीनामा दिएको मोर्चाकी नेत्री निरा शर्माले जानकारी […]

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, परराष्ट्रमन्त्री महरा दिल्ली जाँने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीस्वरुप उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा दोस्रो चरणको स्थानीय तह निर्वाचनलगत्तै नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् । सानो टिम लिएर उनी भारत जाने परराष्ट्र उच्च स्रोतले बतायो । उनको दिल्ली यात्रामा प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण तय हुनेछ । परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार महरा असार २० मा […]

उस्तै नामका स्थानीय तह

काठमाडौँ । त्रिपुरासुन्दरी नामको नगरपालिका डोल्पामा छ । त्रिपुरासुन्दरी नामकै गाउँपालिका धादिङ र सिन्धुपाल्चोकमा पनि छ । बागमती नगरपालिका महोत्तरीमा छ, सोही नाममा लतिलपुरमा र मकवानपुरमा गाउँपालिका छन् । त्रिपुरासुन्दरी र बागमती मात्रै होइनन, त्रिवेणी नगरपालिकाका रुपमा बाजुरामा छ भने सीमा जोडिएका रुकुम र सल्यानमा गाउँपालिकाका रुपमा छन् । मुलुकभरिका ७४४ स्थानीय तहमध्ये नाम जुधेका […]

जनताबीच मधेसवादी दलः कोही मत माग्दै कोही विगार्दै

काठमाडौ । प्रमुख तीन मधेसवादी दल यतिबेला जनताको घरदैलोमा व्यस्त छन् । संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरम जनताको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् । अर्को मधेसवादी दल राष्ट्रिय जनता पार्टी नेपालका नेताहरू भने निर्वाचन बहिष्कारको एजेन्डासहित जनताबीच पुगिरहेका छन् । फोरम नेपाल र लोकतान्त्रिक फोरमका नेता संबिधान संशोधन र आर्थिक समृद्धिका […]

देउवाका गाउँले भन्छन्, देउवाले देश बन्याउन्या हुन्, गाँउ हाम्ले

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको घरवारि मूल सडकमै एउटा चिया पसल । दाउरा बलिरहेको चुलोमा चिया पाक्दै थियो । चिया झुपडीको पुरानो बेन्चमा बसेर गन्यापधुरा गाउँपालिकाका माओवादी अध्यक्ष उम्मेदवार ईश्वरीदत्त भण्डारी आफूले पाउन सक्ने मतको हिसाब निकाल्दै हुनुहुन्थ्यो । डलेल्धुरा जिल्लाको यही गाउँपालिका वडा नं. १ मटेलामा हो प्रधानमन्त्री देउवाको गाउँ । यो गाउँपालिकामा माओवादीका […]

राष्ट्रिय राजमार्ग दैनिक अवरूद्ध हुँदा लाखौँ यात्रु अलपत्र

काठमाडौँ । नारायणगढ–मुग्लिङ सडकको स्तरोन्नति कार्य गत चैतमै सकिनुपर्ने थियो, तर अहिलेसम्म आधा मात्र काम भएको छ । दिनमा ६ घन्टासम्म अवरोध गरेर, दशौं हजार यात्रुलाई अलपत्र पारेर निर्माण भइरहेको सडकमा जम्मा ५० कामदार कार्यरत छन् । राजधानीबाट पूरै देशलाई जोड्ने यो नै मुख्य सडक हो । स्तरोन्नतिमा ढिलाइ हुँदा दिनमा हजारौं यात्रुले सास्ती बेहोर्नुपरिरहेको […]

एउटै मञ्चमा देउवा-प्रचण्ड

काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका १४ फूलबारीमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मञ्च सेयरिङ गरेका छन् । धनगढी उपमहानगरपालिकाको डिपो बजारमा दुवै नेताले आ–आफ्नो चुनावी सभालाई सम्बोधन गर्न अलग–अलग समयमा एकै मञ्च प्रयोग गरेका हुन् । कार्यकर्ताले बनाएको मञ्चमा बिहान ११ बजेदेखि प्रचण्डले र दिउँसो २ बजेदेखि देउवाले भाषण गरेको आजको […]