भारतमा माअोवादी अाक्रमणामा २६ प्रहरी मारिए

नयाँ दिल्ली । भारतको माओवादी प्रभावित छत्तिसगढको सुकमामा भारतीय माओवादीले गरेको आक्रमणमा परी २६ जना केन्द्रिय रिजर्ब प्रहरी बल (सीआरपीएफ) का जवान मारिएका छन् । माओवादी छापामारहरुले गरेको सो भिषण हमलामा परी प्रहरीहरु सम्हालिन समेत नपाउँदै ठूलो क्षति ब्येहोरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो स्थानमा करिब ३ सय माओवादीले प्रहरीमाथि आक्रमण गरेको रिपोर्टमा जनाइएको […]

उत्तर कोरियको अाणविक कार्यक्रमलार्इ अमेरिका र चीनले निष्तेज पार्ने

बेइजिङ्ग, ११ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा चिनियाँ राष्ट्रपति सि जिनपिङ्गबीच आज बिहान टेलिफोन वार्ता भएको छ । उक्त वार्तामा दुई देशका बीच रही आएको दौत्य सम्बन्ध र हालै उत्पन्न उत्तर कोरियाली समस्याको गम्भीर छलफल तथा बिश्लेषण गरिएको जनाइएको छ । केही हप्ता अघिदेखि उत्तर कोरियाले लगातार आफ्नो आणविक शक्ति र क्षेप्याश्त्र परीक्षण […]

कोरियाली प्रायद्वीपमा बढ्दो द्वन्द्व र समाधान

पछिल्लो समय कोरियाली प्रायद्वीपमा अमेरिकाले युद्धपोत तैनाथ गरेपछि उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्धमा झनै दूरी बढेको छ । उत्तर कोरियाले आफ्ना नेता किम इल सुङको जन्मोत्सवमा सैन्य प्रदर्शन गर्दै अमेरिकालाई खुला चुनौती दिएको छ । पछिल्लो समय अमेरिकाले सिरिया र अफगानिस्तानमा गरेको आक्रमणलाई चुनौती दिँदै उत्तर कोरियाले अमेरिकालाई एकैपटक ठूलो चुनौती दियो । उसले आणविक […]

भारतमा मे १ गते देखि मन्त्रीका गाडीमा बत्ती राख्न नपाइने

काठमाडौँ । भारतमा मन्त्री तथा संसदहरुले चढ्ने सवारी साधनमा लगाइँदै आएको साइरन जडित रातो बत्ति हटाइने भएको छ । केन्द्र सरकारले एक मे देखि लागु हुने गरी पुरै देशभर ‘लालबत्ति’ लगाउन रोक लगाउने भएको हो । यो फैसला भएसँगै केन्द्रीय मन्त्रीहरुले आफ्ना सवारी साधनमा लगाइएका वत्तिहरु निकाल्न सुरु गरेका छन् । भारतीय केन्द्रीय मन्त्रिपरिषदको बैठकले […]

बाबरी मस्जिद काण्डमा आडवाणीसहित १३ भाजपा नेता विरुद्ध मुद्दा दर्ता गर्न अनुमति

काठमाडौँ । बाबरी मस्जिद काण्डमा भाजपाका १३ नेताहरुमाथि अपराधिक गतिविधिमा संलग्न भएको भन्दै सर्वोच्च अदालतको मुद्दा चलाउनका लागि अनुमति दिएको छ । सीविआइले भाजपाका १३ नेतामाथि मुद्दा दायर गर्नका लागि अनुमती माग गरेको थियो । ९ डिसेम्बर १९९२ मा भएको सो घटनामा पूर्व उपप्रधानमन्त्री लालकृष्ण अडवाणी, पूर्व मानव संसाधन मन्त्रि मुरली मनोहर जोसीसहित हालकी जल […]

अमेरिकालाई उत्तर कोरियाको चेतावनीः कुनै पनि वेला परमाणु युद्ध छेड्न सक्छौँ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वलाई थर्मो–न्यूक्लियर युद्धतर्फ धकेल्न खोजेको आरोप उत्तर कोरियाले लगाएको छ । उसले यसको प्रतिकार गर्न उत्तर कोरिया तयाररहेको समेत चेतावनी दिएको छ । उत्तर कोरियाका भाइस मिनिस्टर हान साङ रयोलले ट्रम्पलाई कोरियाली प्रायद्वीपमा तनाव पैदा गरेको आरोप लगाउँदै उत्तर कोरियाको सेनालाई उत्तेजित बनाउने काम नगर्न समेत चेतावनी दिएका छन् […]

अमेरिकाले अफगानस्तानमा खसाल्यो अहिलेसम्मकै सबैभन्दा ठूलो बम

काठमाडौँ । अमेरिकी सेनाले अफगानिस्तानमा अहिलेसम्मकै सबैभन्दा ठूलो नन न्यूक्लियर बम खसालेको छ । अमेरिकी अधिकारीहरुले यस प्रकारको बम पहिलो पटक प्रयोग गरिएको जनाएका छन् । जीबियू ४३ नाम दिइएको यो बमलाई ‘मदर अफ अल बम्स’ को नाम दिइएको छ । अफगानिस्तान मिसनबारे प्रत्यक्ष जानकारी भएका अमेरिकी सैनिक अधिकारीहरुले यो बम स्थानीय सयमअनुसार बिहीबार राति […]

यस्तो देश जहाँ महिलाहरू अाफ्नो दुध बेच्छन्, अमेरिकीहरू किन्छन्

काठमाडौँ । कम्बोडियामा केही महिलाले आफ्नो दूध अमेरिकी महिलाका लागि बेचिरहेको विषयमा विवाद सिर्जना भएपछि प्रतिबन्ध लगाइएको छ । महिलाको दूध बिक्रीको विषयलाई लिएर उनीहरुको शोषण भएको हो वा यस्तो गर्नु उनीहरुको अधिकार भएका भन्ने विषयमा विवाद चुलिएको हो । पछिल्ला दुई वर्षदेखि दर्जनौं महिलाहरु आफ्नो स्तन बच्चालाई चुसाएर बाँकी रहेको दूधलाई अम्ब्रोसिया ल्याब नामको […]

छोरी ज्वार्इँको सल्लाहमा गुड्दै ट्रम्प प्रशासन

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्कालाई ह्वाइट हाउसमा अर्को पनि जिम्मेवारी दिने तयारी गरिएको छ । ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पको प्रशासनमा बेतलबी कर्मचारीका रुपमा राष्ट्रपतिको सहायकको जिम्मेवारी दिन लागिएको जनाएको छ । ह्वाइट हाउसमा उनलाई यसअघि नै बेग्लै कार्यालय उपलब्ध गराइएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाई जेर्ड कुश्नरलाई यसअघि नै आफ्नो सल्लाहकारमा […]

बग्दादतमा अात्मघाती हमला कम्पतिमा १५ को मृत्यु

काठमाडौँ । इराकको राजधानी बगदादमा एक आत्मघाती ट्रक हमलामा कम्तीमा १५ को मृत्यु भएको छ । हमलामा लगभग ४५ जना घाइतेमध्ये धेरैजसो पुलिस अधिकारी रहेको बीबीसीले जनाएको छ । एक ट्रकभित्र पुलिस नाकानजिकै बम बिस्फोट गराइएको थियो । अहिले कुनै पनि समूहले हमलाको जिम्मेवारी लिएको छैन ।