टेक्सासमा गोली चल्यो २७ को मृत्यु

काठमाडौँ । अमेरिकाको टेक्सास प्रान्तको एक चर्चमा अन्धाधुन्द गोली प्रहार हुँदा २७ जनाको मृत्यु भएको छ । आइतबार सन्डरल्याण्ड स्प्रिङ्सका विलसन काउन्टी इलाकामा फस्ट वाप्टिस्ट चर्चमा प्रार्थना सभा भइरहेको बेला बन्दुकधारीले गोली चलाएको हो । स्थानीय मिडियाका अनुसार कालो कपडा लगाएको करिब २०-३० वर्षको गोरो युवकले बिहान साढे ११ बजे चर्चभित्र घुसेर गोली चलाएको थियो […]

साउदी अरबका ११ राजकुमार पक्राउ

काठमाडौँ । साउदी अरेबियामा भ्रष्टाचारविरुद्ध गठित नयाँ निकायले ११ जना राजकुमार, चारजना बहालवाला मन्त्रीहरु र दर्जनौं पूर्व मन्त्रीहरु नियन्त्रणमा लिएको रिपोर्टहरुमा जनाइएको छ। राजकीय आदेशमार्फत युवराज मोहम्मद बीन सलमान नेतृत्वको नयाँ समिति गठन भएको केही घण्टामै मानिसहरुलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएकाहरुको नाम सार्वजनिक गरिएको छैन । बीबीसीका सुरक्षा संवाददाता फ्र्याङ्क गार्डनर भन्छन्- सुधार कार्यक्रमको […]

क्याटोलनियाका नेताद्वारा वेल्जियम प्रहरी समक्ष अात्मसमर्पण

काठमाडौँ । बर्खास्त गरिएका क्याटोलनियाका नेता कारलस पुज्डमोनले बेल्जियमको प्रहरी समक्ष आफैलाई बुझाएको अधिकारीहरुले बताएका छन्। केही दिनयता बेल्जियममा बसिरहेका उनीविरुद्ध स्पेनी सरकारले पक्राउ पुर्जी जारी गरेको थियो। एक स्पेनी न्यायाधीशले विद्रोहको अभियोगमा भइरहेको छानविनसँग सम्बन्धित रहेर उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेका थिए। क्याटलान सरकारका अन्य चार मन्त्री पनि उनीजस्तै प्रहरीसमक्ष पुगेका छन्। बेल्जियम सरकारले […]

ट्रम्पको ११ दिने एसियाली राष्ट्रहरूको भ्रमण सुरू

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एसियाली मुलुकहरुको ११ दिने भ्रमणमा निस्केका छन् । भ्रमणका क्रममा उनी जापान, दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्स जानेछन् । गत २५ वर्षयता कुनै पनि अमेरिकी राष्ट्रपतिले गरेको एसियाको यो सबैभन्दा लामो भ्रमण हुनेछ । उत्तर कोरियाको पारमाणविक कार्यक्रम र क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव चुलिएका बेला ट्रम्प […]

पाँच वर्षका लागि सीका यी सैन्य सारथी

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले जनमुक्ति सेनामा केही उच्च अधिकारीलाई बढुवा गरेका छन् । राष्ट्रपति सी प्रमुख रहेको केन्द्रीय सैन्य आयोग (सीएमसी)ले चाङ सेङमिनलाई चिनियाँ सेनाको उच्च अधिकारी ‘जर्नेल’ तोकेको छ । उनी सशस्त्र फौजको भ्रष्टाचारविरोधी एकाइका प्रमुख थिए । ५९ वर्षिय चाङलाई जनमुक्ति सेनाका एड्मिरलसँग काम गर्ने जिम्मेवारी सुम्पिइएको छ । उनी हालै […]

न्यूयोर्कमा ट्रकले किचेर ८ को मृत्यु

अमेरिका । न्युयोर्कको लोअर म्यानहटनमा ट्रकले किचेर ८ जनाको मृत्यु भएको छ। ट्रक ड्राइभरले ट्रकलाई फुटपाथ र साइकल लेनमा लगेपछि ८ जनाको मृत्यु भएको छ भने ११ जना घइते भएका छन्। प्रहरीले यसलाई आतंकवादी हमला भएको बताएको छ। घटनामा संलग्नलाई प्रहरीले हिरासतमा लिएकोछ। ड्राइभरले जानिजानि साइकलमा हिंडिरहेका मानिसलाई ठक्कर दिएका थिए। २९ वर्षका ति ड्राइभरको […]

कुर्दिस्तानका राष्ट्रपतिद्वारा राजिनामा, स्वतन्त्रताको पक्षमा लडिरहने उद्घोष

काठमाडौँ । इराकको कुर्दिस्तानका राष्ट्रपति मसुद बर्जानी राजिनामा दिएका छन् । उनले आफूले कार्यालय छोडे पनि आफ्ना जनताका लागि स्वतन्त्र राज्यका लागि निरन्तर लडिरहने बताएका छन्। टेलिभिजनमार्फत गरिएको सम्बोधनमा उनले गत महिनाको स्वतन्त्रतासम्बन्धी जनमतसंग्रहमा मतदान गरेपछि कुर्दहरुको पक्षमा कोही पनि नबोलेको अारोप् लगाए । उक्त जनमतसंग्रहपछि उत्पन्न भाँडभैलोका माझ कुर्दहरुले जमिनको ठूलो क्षेत्र गुमाएका छन् […]

अफगान कुनुर प्रान्तको उपराज्यपाल अपहरणमा

इस्लामाबाद । अफगानस्तानको कुनुर प्रान्तका उपराज्यपाल (डेपुटी गर्भनर) नबी अहमदी अपहरणमा परेका छन् । पाकिस्तानको खैबर प्ख्नुनक्वाबाट उनलाई अपहरण गरिएको बताइएको छ । अहमदी स्वास्थ्य उपचारका लागि स्थलमार्गबाट सीमा पार गर्दै पाकिस्तानको पेशावर आएका थिए । पाकिस्तानको प्रहरीले भने अहमदीको भ्रमणबारे अफगान सरकारले कुनै जानकारी नदिएको भन्दै उनलाई सुरक्षा दिन नसकेको बताएको छ । प्रहरीका […]

भारतमा अर्का महन्त विरुद्ध दुराचारको मुद्धा

नयाँ दिल्ली/एजेन्सी । भारतमा फेरी अर्का योगीमाथी यौन दुराचारको आरोप लगेको छ । राजस्थान जोधपुर निवासी महन्त सुन्दर दास महारज विरुद्ध उत्तरी दिल्ली स्थित सब्जी मन्डी थानामा एक महिलाले यौन हिंशा तथा ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी दायर गरेकी छिन् । यसअघि ती महिलाले उनी विरुद्ध गालीगलौजको उजुरी दिएकी हुन् । प्रहरी अधिकारीका अनुसार […]

मोगादिसुमा अर्को आक्रमण, दक्षिण–पश्चिम प्रान्तका मन्त्री सहित २९ को मृत्यु

काठमाडौँ । ३५० जनाको मृत्यु हुने गरी भएको विष्पोटको घाउ सेलाउन नपाउँदै सोमालियाको राजधानी मोगादिसुमा अर्को आक्रमण भएको छ । राजधानी मोगादिसुका दुई ओटा होटल अगाडी शनिबार बम हमला भएको हो । हमलामा परी एक प्रान्तीय मन्त्रीसहित कम्तीमा २९ जनाको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । घटनामा परी […]