अमेरिकी राष्ट्रपति निर्वाचनः साइवर ह्याकिङको अाशंका

न्युयोर्क ।  निर्वाचनसम्बन्धी कानुनविद र तथ्याङ्क विज्ञहरुको एक समूहले अमेरिकामा यसै महिनामा भएको राष्ट्रपतिय चुनावमा साइबर ह्याकिङ्गको शङ्का व्यक्त गरेका छन् । यसकै कारण यो समूहले हिलारी क्लिन्टनलाई तीनवटा राज्यमा खसेको भोटको पुन:गणना गर्ने सल्लाह दिएको छ । साइबर ह्याकिङबाट भोटमा तलमाथि गरिएको दाबी गरिएका राज्यहरुमा विस्कन्सिन, मिसिगन र पेन्सिलभेनिया रहेका छन‍् । समाचार अनुसार […]

जापानमा फेरी शक्तिशाली भूकम्प

काठमाडौँ, मंसिर ९ । जापानमा अर्को शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहीबार विहान ६ बजेर ३० मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको हो । र, भूकम्पको केन्द्रविन्दु नामीबाट ३७ किलोमिटर पश्चिमा रहेको जापानको मौसम विज्ञान विभागले जनाएको छ । त्यही क्षेत्रमा तीन दिन अघि मात्र ७.१ रेक्टरको भूकम्प गएको थियो । यो […]

सडक दुर्घटनामा १७ को मृत्यु, ३७ जना घाइते

चीन, मंसिर ७ । चीनको उत्तरी क्षेत्रमा पर्ने बेइजिङ—कुनमिङ राजमार्गमा ५६ ओटा सवारीसाधन एकै ठाउँमा परेर भएको दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य ३७ जना घाइते भएका छन् । सान्सी राज्यमा पर्ने सो ठाउँमा स्थानीय समयानुसार सोमबार बिहान ९ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना भएका बेला सडकमा […]

जापानमा शक्तिशाली भुकम्पः सुनामीको खतरा, क्षतीको विवरण अाउन बाँकी

काठमाडौँ, मंसिर ७ । जापानको उत्तर–पूर्वी तटमा शक्तिशाली भूकम्प गएको छ । फुकुशिमाबाट ७० किलोमिटर टाढा ११ किमि पर केन्द्रविन्दु बनाएर ७.२ म्याग्नेच्यूडको भूकम्प जाँदा सुनामी उत्पन्न भएको छ । करिब १० फिट सम्म अग्लो सुनामीमा छाल समुन्द्रमा देखिएका छन् । अाज गएको भूकम्प र सुनामीले कुनै मानविय क्षती नभएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् […]

संकटमा दक्षिण कोरियाली राष्ट्रपति पार्कः प्रमुख प्रतिपक्षी दुर्इ दल महाअभियोग लगाउने पक्षमा

काठमाडौँ । दक्षिण कोरियाली राष्ट्रपति पार्क गुएन हाइमाथि महाअभियोग लगाउन प्रमुख प्रतिपक्षी पार्टीले अभियान चलाएको छ । प्रमुख प्रतिपक्षी डेमोक्र्याटिक पार्टीले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेबारेमा पार्टीमा छलफल चलाउन थालेको छ । दक्षिण कोरियाको  पिपल्स पार्टीले यसअघि देखि नै राष्ट्रपति पार्कलार्इ अपदस्त गर्न माग गर्दै सडक संघर्ष चलार्इ रहेको छ । उसले राष्ट्रपति विरूद्ध महाअभियोग लगाउन हस्ताक्षर […]

इन्डोर रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३३ पुग्यो ६० को सनाखत

काठमाडौँ । भारत कानपुरमा अाइतबार भएको रेल दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १३३ पुगेको छ । घटनामा १०० जना भन्दा बढी घाइते छन् । उनीहरूको उपचार भइरहेको छ । मृतक तथा घाइतेको हेरचाह गरिरहेका सरकारी डाक्टर राकेश यादवले १३३ जनाको ज्यान गएको पुष्टि गरेका छन् । यी मध्ये ६० जनाको सनाखत भएको इण्डिया टुडेले समाचार […]

भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या १०० नाघ्यो

नयाँदिल्ली । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा आइतबार भएको रेल दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १०० नाघेको छ । दुर्घटनामा परी १५० भन्दा बढी घाइते भएका छन् । उत्तर प्रदेशको कानपुर सरहसँग पुख्रायान क्षेत्रनजिकै स्थानीय समयानुसार आइतबार बिहान ३ः३० इन्डोर पटना एक्सप्रेसको रेल दुर्घटना भएको थियो ।   सो रेलका करिब १४ वटा डिब्बा पटरीबाट […]

उल्फा विद्रोहीको एम्वुसमा तीन सैनिकको ज्यान गयो

भारत । भारतको असम राज्यमा स्थानीय उल्फा विद्रोहीहरुको आक्रमणमा परी तीन भारतीय सैनिकको ज्यान गएको छ । शनिबार तीनसुकिया जिल्लाको पेनगरी क्षेत्रमा गस्तीमा खटिएका सैनिकको गाडीलाई उल्फा विद्रोहीहरुले एम्बुसमा पारेका थिए । एम्वुस विष्पोटसँगै दुबै पक्षबीच गोली प्रहार भएको थियो । घटनामा तीन सैनिकको ज्यान जानुका साथै ४ सैनिक जवान घाइते भएको भारतीय सञ्चार माध्यमले […]

भारतको हरियाणामा भूकम्पको झड्का

काठमाडौँ, मंसिर २। भारत हरियाणालाई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । विहान साढे ४ बजे हरियणाको बवाला केन्द्रविन्दुभएर ४.२ रेक्टरस्केलको भूकम्प गएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ । भूकम्पले पुर्‍याएको क्षतिको विवरण आइनसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हरियणाको बावलबाट १३ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको थियो । भूकम्पको झड्का पछि हरियणका मानिस […]

भारतीय विदेशमन्त्रीको किड्नी फेल

काठमाडौँ, मंसिर १ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज मिर्गौला रोगको उपचारका लागि अस्पताल भर्ना भएकी छन् । उनले ट्वीटरमार्फत् आफ्नो किड्नी फेल र उपचारका लागि भर्ना भएको जानकारी दिएकी छन् । उनको उपचार अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स अस्पताल)मा भइरहेको छ । उपचारमा प्रोफेसर बलराम एरन नेतृत्वको चिकित्सकको टोली संलग्न छ । I am in […]