वनारसमा भागदौड मच्चिँदा चौबिसको ज्यान गयो

भारत, असोज ३० । वनारसको बाहिरी इलाकामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा परी ज्यान गुमाउनेको संख्या २४ पुगेको भारतीय प्रहरीले जनाएको छ । घटनामा घाइते भएका अन्य २० जना भक्तजनमध्ये अझै केहीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको प्रहरीलार्इ उदृत गर्दै स्थानी संचार माध्यमले जनाएका छन् । वनारसमा गुरुदेवका समर्थकद्वारा आयोजना गरिएको धार्मिक कार्यक्रममा आयोजकको अपेक्षाभन्दा बिसौँ […]

सीमाक्षेत्रमा उच्च सतर्कता भारत प्रवेश गर्ने माथि कडा निगरानी

वीरगन्ज, २८ असोज । पाकिस्तानसँग तनाव बढेपछि भारतीय पक्षले नेपाल भारत सीमाको दशगजा क्षेत्र तथा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । खुला सीमाको फाइदा उठाउँदै आपराधिक समूहको घुसपैठ हुनसक्ने आशङ्का गर्दै भारतीय सुरक्षाकर्मीले सीमा नाकामा कडाइ गर्नुका साथै सुरक्षा व्यवस्था कडा पारेको छ । बारा जिल्लाको सीमा क्षेत्रमा पर्ने भारततर्फका आदापुर, घोडादाना, घोडासहाय लगायतका […]

रक्षामन्त्री खाँणद्वारा चिनियाँ समकक्षीसँग छलफल

काठमाडौँ, असोज २७ । ‘सुरक्षा संवाद र सहयोग अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ ढाँचा निर्माण’ सम्बन्धी साताँै सियाङसान सम्मेलनमा भाग लिन पुगेका रक्षामन्त्री बालकृष्ण खाँडले चीनका समकक्षीसँग भेटवार्ता गरेका छन् । रक्षामन्त्री खाँणले मङ्गलबार चिनियाँ समकक्षी छाङ वान छ्वानसँग द्विपक्षीय सैन्य सहायताबारे छलफल गरेका हुन् । झन्डै एक घन्टा लामो छलफलमा नेपालको संविधान, चिनिया राष्ट्रपतिको […]

सिल्क रोडको निर्माणमा युक्रेनको चासो

किभ, २५ असोज । चीनले निर्माण गर्न लागेको एक ठूलो आयोजना सिल्क रोडको निर्माणमा युक्रेनले पनि भूमिका निर्वाह गर्ने इच्छा देखाएको छ । युरोप, अफ्रिका र एसियाका दर्जनौँ देशलाई जोड्ने गरी चीनले तयार गरेको महत्वकांक्षी योजना सिल्करोड विस्तारका लागि युक्रेनले पनि सहयोग र सम्लग्नताबारेमा चासो देखाएको छ । चीनको यो सिल्करोड आयोजनामा युक्रेन पनि सम्लग्न […]

चीनका राष्ट्रपति कम्बोडियामा

न्होमपेन्ह, असोज २७ । चीनका राष्ट्रपति सि जिङ्गपिङ औपचारिक भ्रमणका लागि बिहीबार कम्बोडिया पुगेका छन् । परम्परागत मित्रवत सम्वन्धलाई निरन्तरता दिँदै आपसी सहयोग अभिवृद्धिका लागि सदासयता देखाउन र दुई देशबीचको रणनीतिक सहकार्यका लागि उहाँले कम्बोडियाको औपचारिक भ्रमण गर्नुभएको बताइएको छ । दक्षिणपूर्वी एसियामा सिको राष्ट्रपति भएयता यो नै पहिलो भ्रमण हो । उनले यसअघि उपराष्ट्रपतिको […]

ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चीनका राष्ट्रपति निस्किए

बेइजिङ्ग, २७ असोज । भारतको गोवामा आयोजना हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग बिहीबार बिहान हिँडेका छन् । शिखर सम्मेलन शुरु हुनुपूर्व उनले कम्बोडिया र बङ्गलादेशको औपचारिक भ्रमण गर्ने छन् । शिखर सम्मेलन स्थलतर्फ जाने बाटोमा पर्ने चीनका मित्र राष्ट्रप्रमुखहरुः कम्बोडियाका नरेश नरोडम सिंहामोनि र बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदले चिनियाँ […]

पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेरेस नयाँ राष्ट्रसङ्घको महासचिव

काठमाडौँ, असोज २१ । पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेर्रेस संयुक्त राष्ट्रसङ्घको महासचिवमा चयन भएका छन् । सुरक्षा परिषद्बाट महासचिवका लागि गुटेर्रेसलार्इ बुधवार अनौपचारिकरुपमा छनौट गरिएको हो । “महासचिवका लागि हामीले एन्टोनियो गुटेर्रेसलाई छनौट गरेका छौं,” अक्टोबरका लागि राष्ट्रसङ्घको सुरक्षा परिषद्का अध्यक्ष रहेका रुसका राजदूत भिताली चुर्किनलार्इ उदृत गर्दै सिन्ह्वाले लेखेको छ । औपचारिक मतदान भने […]

म्याथुको आतंकः हाइटीमा २८३ को ज्यान गयो

हैटी, असोज २१ । हैटीमा करिब एक दशक यताकै शक्तिशाली आँधीका कारण गुमाउनेको सङ्ख्या शुक्रबार सम्म २ सय ८३ पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । सहायता प्रदान गर्ने एजेन्सीका अनुसार हाइटीको सबैभन्दा महत्वपूर्ण शहर जेरेमी पूर्ण रुपमा ध्यस्त भएको छ । त्यहाँ ८० प्रतिशत घर ढलेको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार प्रकोपको कारण दशौं […]

भारतका रक्षा विशेषज्ञको वयानः ‘सर्जिकल स्ट्राइक’ होइन ‘क्रस बोर्डर एक्स्न’

काठमाडौँ, असोज २० । पछिल्लो समय भारत र पाकिस्तान बीच मिडिया युद्ध भइरहेको छ । दुबै देशले एक अर्का विरूद्ध युद्ध निम्त्याउन खोजेको आरोप लगाउँदै आएका छन् । भारतले पाकिस्तान विरूद्ध मिडिया युद्ध छेडेको छ । केहि दिनअघि भारतीय मिडियाले ठूलो प्राथमिकताका साथ भारतले पाकिस्तानी भूमिमा छिरेर सर्जिकल स्ट्राइक गरेको समाचार प्रकाशित प्रशारित गरे । […]

को बन्ला त राष्ट्र संघको नयाँ महासचिव

काठमाडौँ, असोज २० । संयुक्त राष्टूसङ्घको नयाँ महासचिव पदका लागि भएको दौडले निर्णायक मोड लिएको छ । महाशक्ति राष्टूहरुले पहिलो पटक समर्थन गरेका उम्मेदवार बुल्गेरियाकी क्रिस्टालिना जर्जिएभाको अग्नि परीक्षा लिन राष्टूसङ्घीय महासभाले सोमबार जनसमक्ष प्रस्तुत गरेको थियो । महासचिब पदका अन्य उम्मेदवारहरुमा अर्थशास्त्री तथा कुटनीतिज्ञ जर्जिएभासगसगै बुल्गेरियाकै इरिना बोकोभासहित अन्य सात जना पनि छन् । […]