बडिमालिकामा रोपवे सञ्चालन

बाजुरा । जिल्लाको बडिमालिकामा पहिलो पटक ग्राभिटी रोपवे सञ्चालनमा आएको छ । बडिमालिका नगरपालिका ५ र ६ का बासिन्दाले लगाएको खाद्यान्न वाली अोसारपसारका लागि रोपवे सञ्चालन गरिएको हो । रोपवे सञ्चालन उपभोक्ता समितिका अध्यक्ष प्रेम साउदका अनुसार जिल्ला कृषि विकास कार्यालय बाजुराको समन्वय र प्राक्टिकल एक्सन मानव संसाधन केन्द्र बाजुराअन्तर्गत विकास परियोजनाको आर्थिक सहयोगमा रोपवे […]

आइपीएम खेती तथा फोहोर व्यवस्थापन कार्यक्रम

चितवन । लियो क्लब अफ भरतपुर चौतारी र लायन्स क्लब अफ भरतपुर चौतारीले संयुक्त रुपमा बिहीबार आई पि एम कौसी खेती एवम फोहोर व्यवस्थापन कार्यक्रम सम्पन्न गरेको छ । कृषि सम्बन्धि समस्याहरु र यसको समाधान कसरी गर्न सकिन्छ भन्ने बिषयमा सप्ताहव्यापी कार्यक्रमहरु संचालन गरेको सो संस्थाले चौतारी कृषि सप्ताह कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमका […]

अण्डा खोष्टाउने प्रतियोगिता

चितवन । कुखुराको राजधानीको रुपमा चिनिएको चितवनमा अण्डालाई प्रवद्र्धन गर्न मंगलबार अण्डा खोस्टाउने प्रतियोगिता गरिएको छ । नेपाल अण्डा उत्पादक संघ, बाल मावि अल्मुनाई एशोसियसनको सहयोगमा लियो क्लव अफ नारायणगढ र लायन्स क्लव अफ नारायणगढको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । बालकुमारी उच्च मावि नारायणगढमा आयोजित सो कार्यक्रममा विद्यालयका ६ देखि ९ कक्षा सम्मका १२ […]

तरकारी चार वर्षयताकै सस्तो

काठमाडौँ । काठमाडौँ उपत्यकामा तरकारीको मूल्य पछिल्लो चार वर्षयताकै न्यून छ । उपत्यका वरपरका जिल्लामा उत्पादन बढेको र भारतबाट भित्रने तरकारीको परिमाण बढेपछि आपूर्ति उच्च भएका कारण मूल्य घटेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भान्साको अनिवार्य तरकारी आलुको मूल्य गतवर्ष १९ (सेतो) र २७ (रातो) रुपैयाँ प्रतिकिलो  थोक कारोबार भएकोमा […]

गैँडाकोटमा खाद्य मेला सुरु

नवलपरासी । नवलपरासीको गैँडाकोट स्थीत नारायणी नदिकिनारमा खाद्य मेलाको आयोजना भएको छ । नेपाल सरकार कृषि बिकास मन्त्रालय खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको आयोजनामा मेलाको आयोजना भएको हो । परम्परागत स्थानीय पोषिला खाद्य पदार्यहरुको प्रर्वधन गरौ असल पोषणका लागी खानेबानिमा सुधार गरौ भन्ने मुल मन्त्रका साथ आयोजना भएको मेलाको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदय […]

दुधको परिकार बनाउने तालिम सकियो

चितवन । रत्ननगरमा आयोजना गरिएको चार दिने दुधको परिकार बनाउने तालिम शनिवार सकिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको प्राविधिक तथा रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा व्यवसायिक पशुपालक कृषक समाज नगर समन्वय समिति रत्ननगरले तालिमको आयोजना गरेको हो । ३० जना  गाईपालन किसान सहभागि सो तालिममा मसला पनिर, पनिर, रसबरी, लालमोहन, गुतपाक र पुस्टकारी बनाउन सिकाईएको […]

कृषि उपजमा उत्कृष्ट किसान पुरस्कृत

चितवन । नारायणगढको नारायणी नदी किनारमा सञ्चालन भैरहेको ११ औँ चितवन महोत्सवमा प्रदर्शन गरिएका मध्ये उत्कृष्ट भएका विभिन्न कृषिबालीका किसानलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । मंगलबार महोत्सव स्थलमा आयोजीत उत्कृष्ट व्यावसायिक कृषकहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रमको आयोजना गरि उत्कृष्ट हुन सफल भएका किसानहरुलाई सम्मान गरिएको हो । महोत्सव परिसरमा राखिएका कृषि उपज […]

व्यवसायको अाधुनिकीकरणबाट मात्रै अात्मनिर्भर अर्थतन्त्रः प्रधानमन्त्री प्रचणड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवसायको आधुनिकीकरणबाट मात्रै आत्मनिर्भर अर्थतन्त्रको आधार निर्माण हुनसक्ने बताएका छन् । नेपाल पोल्ट्री महासंघको महाधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘हामीकहाँ परम्परागत सोंच छ, ब्युरोक्र्याटिक हडलहरु छन्, कानूनी जटिलता र अन्तरविरोधहरु पनि छन् । तिनलाई चिरेर मात्रै आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न सकिन्छ’, उनले भने ‘व्यवसायको आधुनिकीकरण र […]

कृषि आधुनिकीकरण परियोजनालाई दिगो बनाउन माग

चितवन । प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजनालाई दिगो बनाउन सकियो भने नेपाल कृषिमा आत्म निर्भर हुने कृषि क्षेत्रका अगुवाहरुले बताएका छन् । ११ औँ चितवन महोत्सवको अवरसमा बिहीबार नारायणगढमा आयोजना गरिएको व्यवसायिक कृषिका लागि आधुनिकीकरण कार्यशाला गोष्ठीमा आफ्नो धारणा राख्दै अगुवाहरुले परियोजनाले ल्याएको विभिन्न सात वटा जोनहरुलाई निरन्तरता दिन सकियो भने आयात प्रतिस्थापन हुने बताएका हुन् […]

भक्तपुर अालुको पकेट जोन घोषणा

भक्तपुर । भक्तपुर जिल्लामा कृषि अाधुनिकिकरण परियोजना अन्तर्गत अालुको पकेट जोन घोषणा भएको छ । कृषि विकास मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आलु जोन) सुरु भएको छ।   बिहीबार भक्तपुरमा विशेष कार्यक्रमको अायोजना गरी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अालुको पकेट जोनको घोषणा गरे । परियोजनाअन्तर्गत यस आर्थिक वर्षमा जिल्लाका लागि दुई करोड […]