विभागिय प्रमुखहरुलाई स्वागत तथा सम्मान

चितवन, मंसिर १२ । नेपाल कुखुरा व्यवसायी मञ्च चितवनले पशुपालनसँग सम्बन्धित कार्यालय प्रमुखहरुलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । भरतपुरमा आयोजित कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. विमल कुमार निर्मल, कृषि तथा वन विश्व विद्यालयकि पशु विज्ञान पशु चिकित्सा तथा मत्स्य विज्ञान शंकायका डिन शारदा थपलिया, जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा. वरिष्ठ […]

कफी खेती गराैँ भन्दै सूर्यकुमारको गित

काठमाडौँ । व्यवसायीक कफी खेती तर्फ अाकर्षित गराउनका लागि चेतनामुलक गीत तयार भएको छ । सूर्यकुमार लामाले लेखेको गीतमा कल्याण अाले र मिलना रार्इले श्वर दिएका छन् । गीतमा सामूहीक रूपमा व्यवसायीक कफी खेती गरे अार्थिक उन्नती हुने बताइएको छ । गीतमा संगीत युवराज गुरूङले भरेका छन् ।

खेतीयोग्य जमिन खण्डिकरण रोक्न राज्यमन्त्री तामाङको आग्रह

चितवन, मंसिर ५ । कृषि राज्यमन्त्री राधिका तामाङले जग्गाको अव्यवस्थित प्लटिङ्का कारण उत्पादन घटने भएकाले कृषकहरुलाई सजग र सचेत रहन आग्रह गर्नुभएको छ । जिल्ला कृषि विकास कार्यालयमा आईतबार देखि सुरु भएको जिल्लास्तरीय तेलहन अगुवा कृषक तालिमको उद्घाटनका क्रममा उहाँले खेतीयोग्य जमिन खण्डीकरण हुँदै जाँदा उत्पादनमा पनि कमी आउने बताउनु भएको हो । प्लटिङ रोक्नका […]

सुपर जोन बनाएर डेढ महिनामा उद्घाटनको व्यवस्था गर्न कृषिमन्त्रीलार्इ प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, कार्तिक ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिकीकरण परियोजना लगायत कृषि मन्त्रालयका कामलाई युद्धस्तरमा सञ्चालन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले कृषि  कृषिमन्त्री गौरीशंकर चौधरीलाई कार्यकक्षमा बोलाएर यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले प्रत्येक प्रदेशमा एकएक वटा सुपरजोन बनाएर कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । झापामा धान, बारामा माछा, […]

७५ जिल्लामा कृषि ‘सुपर जोन’ ल्याउँदै सरकार

कैलाली, कार्तिक ३० । कृषिमन्त्री गौरीशङ्कर चौधरीले  ७५ वटै जिल्लामा ‘सुपर जोन’ कार्यक्रम अगाडि बढेको बताएका छन् । सोमबार धनगढीमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’मार्फत ७५ वटै जिल्लामा ‘सुपर जोन’ कार्यक्रम अघि बढेको जानकारी दिए । सुपर जोन कार्यकमका लागि दशवर्षीय कार्यनीति तय भएको र यसका लागि रु एक खर्ब ३० […]

पशुपालनसँगै दुध उत्पादनमा वृद्धि

चितवन, कार्तिक २७ । चितवनमा दूध उत्पादनमा वृद्धि भएको छ । पशुपालन बढेसँगै दूधको उत्पादन समेत बढेको जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख एव बरिष्ठ पशु विकास अधिकृत डा.डिल्लीराम सेढाँइले जानकारी दिए । उनका  अनुसार आर्थिक वर्ष २०७२– ७३ मा चितवन जिल्लामा ८७ हजार सात सय ९७ मेट्रिक  टन दूध उत्पादन भएको छ । जिल्लामा […]

कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला सुरु

नवलपरासी, कार्तिक २६ । नवलपरासीको वर्दघाटमा कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला सुरू भएको छ । बिहीबारबाट सुरू मेलाको पूर्व मन्त्री गोकर्ण विष्ठले उद्घटान गरे । मेलाको उद्घाटन गर्दै उनले मुलुकबाट युवा शक्ति पलायन रोक्न सके नेपालको गरिबी न्यूनीकरण हुने बताए । नेता विष्टले संविधानमा सबै नागरिकको हक अधिकार सुरक्षित रहेको उल्लेखगर्दै संविधानको प्रभावकारी कार्यान्वयनमा […]

रोगसँग लड्ने क्षमता भएको कालो धान सिन्धुपाल्चोकमा पहिलो पटक उत्पादन

काठमाडौँ, कार्तिक ११ । रोगसँग लड्न सक्ने क्षमता भएको कालो धान सिन्धुपाल्चोकमा पहिलोपटक उत्पादन भएको छ । नेपालमै दुर्लभ मानिने ‘जी-६०’ नामक धान मेलम्ची नगरपालिकामा उत्पादन गरिएको हो । मेलम्चीका युवा कृषक  कुमार सिग्देलले नयाँ प्रजातिको धान १४ रोपनी क्षेत्रफलमा लगाएर यो वर्ष झन्डै १ हजार ५ किलो उत्पादन गरेका हुन् । यो जातको चामलको […]

कृषक पुरस्कृत

धादिङ, कार्तिक ९ । छत्तिसौँ विश्व खाद्य दिवसका अवसरमा  जिल्ला कृषि विकास कार्यालयले कृषकहरूलार्इ पुस्कार प्रदान गरेको छ । जिल्लामा कृषि क्षेत्रसँग आबद्ध सरकारी कार्यालय गैरसरकारी सङ्घसंस्थाहरुको समन्वयमा सम्पन्न कार्यक्रममा कार्यालयले रु १० हजार राशिको पुरस्कार र सम्मानपत्रद्वारा नलाङ–१ का कृषक केशव अर्याल, कुम्पुर–३ का दीपक श्रेष्ठ र बेनीघाट–१ का अर्जुन त्रिपाठीलाई उष्कृष्ट राष्ट्रिय कृषक […]

‘राष्ट्रिय किसान आयोग’ गठनको तयारी

काठमाडौँ, कार्तिक ८ । कृषि विकास मन्त्रालयले ‘राष्ट्रिय किसान आयोग’ गठनको तयारी थालेको छ । मन्त्रालयले राष्ट्रिय किसान आयोग तथा कार्य सञ्चालन आदेश–२०७३ को मस्यौदा तयार गरी कार्यान्वयनका लागि गृहकार्य गरिरहेको मन्त्रालयले जनाएको छ । उक्त मस्यौदामा किसानको हक, हित तथा अधिकारलाई संरक्षणका साथै कृषि क्षेत्रको प्रवद्धनका गर्न सात सदस्यीय आयोगको परिकल्पना गरिएको छ । […]