निःशूल्क पशु स्वास्थ्य शिविर

चितवन । विश्व भेटेरिनरी दिवसको अवसर पारेर चितवनमा आयोजना गरिएको निशुल्क पशु स्वास्थ्य शिविरबाट छ सय पशुहरुको स्वास्थ्य परीक्षण गरिएको छ । भरतपुरमा रहेको नेपाल पोलिटेक्निक ईन्स्टिच्युटमा भेटेरिनरीको पँचौँ ब्याचमा अध्ययनरत विद्यार्थी तथा रोट्रयाक्ट क्लब अफ रत्ननगरको आयोजनामा कालिका नगरपालिकाको वडा नम्बर ६ मा पशु शिविर आयोजना गरिएको थियो । पशुहरुको बाझोपनाको परीक्षण र उपचारलाई […]

कृषि यान्त्रिकरणमा जोड

चितवन । कृषिमा यन्त्रीकरण भित्राउन सके नेपाल कृषिक्षेत्रमा आत्मनिर्भर हुने रत्ननगरमा आयोजीत कार्यक्रमका सहभागीले वताएका छन् । ईन्दे्रणी कृषक समुह रत्ननगर १५ को १४ औं बार्षिकोत्सव तथा तेस्रो अधिवेशनमा सहभागीहरुले कृषिमा आधुनिक यन्त्र भित्राउन सके किसानहरुलाई अभिप्रेरीत गर्न सकीने वताएका हुन् । उत्पादनको लागत बढी लाग्दा किसानहरु कृषिक्षेत्रवाट विस्तापित हुदै आएको कृषिसेवा केन्द्र टाडीका प्रमुख […]

चितवनमा बर्डफ्लुको आशंका, एकै फर्ममा ३७ सय कुखुरा मरे, तीन दिन देखि कुखुरा गाड्न व्यस्त छन् सञ्चालक

चितवन । चितवनको रत्ननगर १५ माधवपुरको एक कुखुरा फर्ममा हप्ता दिनमा ३ हजार ७ सय कुखुरा मरेका छन् । लामिछाने पोल्ट्री फर्मको ४ वटा खोरका कुखुराहरु अचानक मर्न थालेपछि बर्डफ्लुको आशंका गरिएको छ । स्थानीय अमृत लामिछाने र द्रोण लामिछानेले सञ्चालन गरेको फर्ममा पालिएका कुखुरा एक पछि अर्को गर्दै मर्न थालेका हुन् । विगत ८ […]

माछाको भूरामा आत्मनिर्भर बन्दै चितवन

चितवन । माछाको भुरामा चितवन जिल्ला आत्मनिर्भर बनेको छ । केही वर्षअघि मात्र परनिर्भरताको अवस्थामा रहेको चितवन एक वर्षदेखि आत्मनिर्भरतामा रहेको हो । जिल्लामा अहिले एक सरकारीसहित आठवटा माछाको भुरा उत्पादन गर्ने ह्याचरी केन्द्र रहेको छ । भण्डारा मत्स्य विकास केन्द्रमा सरकारी तहबाट एउटा ह्याचरी र जिल्लाका विभिन्न स्थानमा सातवटा गरी आठवटा ह्याचरी रहेको जिल्ला […]

पूर्वी चितवनका किसानलाई चैते धान लगाउने चटारो

चितवन । चितवन जिल्लाको पूर्वी क्षेत्रमा चैते धान लगाउने चटारो शुरु भएको छ ।उत्पादन पर्याप्त हुनेभएपछि सिञ्चित क्षेत्रमा कृषक चैते धान लगाउन लालायित भएका हुन् । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेका अनुसार पूर्वी चितवनको रत्ननगरदेखि पिप्लेसम्म राप्ती नजिकका क्षेत्रमा चैते धान लगाउन शुरु गरिएको छ । चैतको पहिलो सातावाट चैते धान रोप्न […]

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा आर्थिक चलखेल, देजमोले लगायो ताला

चितवन । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यालयमा तालाबन्दी गरेको छ । मोर्चाका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज अशोक शर्माको नेतृत्वमा गएको टोलीले आर्थिक अनियमितता गरिएको भन्दै परियोजनाको कार्यालयमा बुधबार तालाबन्दी गरेको हो । कार्यलय प्रमुख सोमनाथ घिमिरेले पदको दुरुपयोग गरेर जोन संचालक समितिका अध्यक्ष बालिका कुमारी […]

अब गाईबाट बाच्छी मात्र जन्मिने

चितवन । गाईबाट बाच्छी मात्र जन्माउन सकिन्छ भन्दा अचम्म लाग्न सक्छ। तर, अब अचम्म मान्नु नपर्ने भएको छ । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले नेपालमा गाईबाट बाच्छी मात्र जन्माउने प्रविधि प्रयोगमा ल्याएको हो । यो प्रविधि प्रयोगमा ल्याएर परीक्षण गर्दा प्रभावकारी बन्दै गएको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले जनाएको छ। उन्नत जातका गाईबाट जन्मने बाच्छाको […]

अण्डा उत्पादक संघमा कँडेल

चितवन । नेपाल अण्डा उत्पादक संघको अध्यक्षमा चितवनका त्रिलोचन कँडेल निर्विरोध निर्वाचित भएका छन् । देशभरि कुखुरापालन गरी अण्डा उत्पादन गर्ने कृषक र बिक्री गर्ने व्यवसायीहरुको छाता संगठन संघको अध्यक्षमा कँडेल निर्वाचित भएका हुन् । यसअघिको कार्यसमितिका महासचिब कँडेललाई यहाँ सम्पन्न समितिको १४ अौँ साधारणसभा तथा आठौँ अधिवेशनले अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा […]

किसानलाई उपेक्षा गर्दै राज्य

चितवन । राज्यले ब्यवसायीक किसानलाई हित नगर्दा सम्म नेपालमा कृषि क्षेत्रको बिकास सम्भव नभएको ब्यवसायीक किसानहरुले बताएका छन् । पश्चिम चितवनको चनौलि बजारमा आयोजित ब्यवसायीक पशुपालक दुग्द्ध उत्पादक कृषक समाजको भरतपुर महानगर स्तरीय भेलामा बोल्दै किसानहरुले केन्द्रको अधिकार गाउ गाउ सम्म आएपनि स्थानिय तह हरुलेनै किसानलाई बिभेद गरेको आरोप लगाए । भरतपुर महानगरले किसानका लागी […]

सरकारले तोकेको मूल्य पनि पाँउदैनन् उँखु किसान

नवलपुर । नवलपरासीका उखु किसान सस्तो मूल्यमा उँखु बिक्री गर्न बाध्य भएका छन् । सरकारले गतवर्ष तोकेको उखुको मूल्य पनि नपाएपछि उँखु किसान सस्तोमा बिक्री गर्न बाध्य भएका हुन् । नवलपरासीका किसानलाई उँखु बिक्री गर्न समस्या परेको हो । यहाँका किसानले उँखु बिक्री नहुँदा स्थानीय क्रसर उद्योगमा सस्तोमा उँखु बिक्री गर्न बाध्य थिए । गतवर्ष […]