पूनःनिर्माणमा जुटेका यी अष्ट्रेलियाली युवा भन्छन् नेपाली कसैको गुलामी गर्न नपरोस

काठमाडौँ ।  वैशाख १२ को विपत्तिपछि पनि लाखौं नेपाली युवा बिदेसिए । विभिन्न कारणले आफ्नो देशको पुनर्निर्माणमा जुट्न सकेनन् । परिवारको आर्थिक सुधार र समृद्धिका निम्ति गाउँगाउँका नेपाली युवा मजदुरी गर्न समुद्रपारि पसिना बगाउन बाध्य छन् । तर, २२ वर्षीय अस्ट्रेलियन नागरिक ‘निक अब्राहिम’ भने नेपालमा पसिना बगाउँदै वैशाख १२ को भूकम्पले भत्काएका भौतिक संरचनाको […]

पुनःनिर्माणको दुर्इ वर्षः प्रगती के त ?

काठमाडौँ । विनाशकारी भूकम्प गएको दुई वर्षको अवधिमा भूकम्पपछिको पुनर्निर्माण कार्य भने लक्ष्यको आधा पनि सुरु हुन सकेको छैन । पुनर्निर्माण कार्यलाई गति दिने उद्देश्यले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत परिवर्तन गरी काम सुरु गरेको भए पनि पुनर्निर्माणको काम भने सुस्त गतिमा मात्रै अगाडि बढेको छ । पुनर्निर्माण प्राधिकरणका अनुसार दुई वर्षको […]

कनिको छरेझैँ अनुदान छरियो अझै एउटा घर पनि बनेन

काठमाडौँ । भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि सरकारी अनुदानबाट घर निर्माण गर्ने पीडितको संख्या शून्य छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार भूकम्प प्रभावित १४ जिल्लामा अनुदान पाउनयोग्य ६ लाख २६ हजार ६ सय ९५ भूकम्पपीडित पहिचान भएका थिए, त्यसमध्ये पाँच लाख ६२ हजार दुई सय ७८ सँग अनुदान सम्झौता भएको छ । तर, पहिलो […]

चुनावी एजेण्डामा अटाएनन् भूकम्प पीडितका समस्या

काठमाडौँ । स्थानीय तह निर्वाचनमा विभिन्न आश्वासन बाँड्दै हिँडेका मकवानपुरका राजनीतिक दलले भूकम्पपीडितको एजेन्डा भने समावेश गरेका छैनन् । १२ वैशाख २०७२ मा गएको भूकम्पबाट अतिप्रभावितमध्ये मकवानपुर पनि हो । पीडितहरु हालसम्म अस्थायी टहरा र त्रिपालमै गुजारा गरिरहेका छन् । तर, राजनीतिक एजेन्डाकै भरमा राजनीतिक दलहरु मत माग्दै घरदैलो गरिरहेका छन् । २० हजार बढी […]

भूकम्पको दुर्इ वर्ष, तीन सरकार तर पीडितको टहरामै बास

काठमाडौँ । दुई वर्षको अवधिमा तीन पार्टीका तीन प्रमुख नेताले सरकारको नेतृत्व गरे पनि ९० प्रतिशत भूकम्पपीडितको बास अहिले पनि टहरामै छ । कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेका सरकारले पुनर्निर्माणका लागि ३४ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेका छन् । आजको अन्नपूर्ण […]

पुनर्निर्माणका लागि प्राविधक फिल्डमा खटिएनन्, अनुदान वितरणमा समस्या

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारले खटाएका प्राविधिक फिल्डमा जान अटेर गरेकाले भूकम्पपीडितलाई अनुदान वितरणमा समस्या परेको जनाएको छ । जसका कारण दोस्रो किस्ताबापतको अनुदान लिने पीडितको संख्या कम भएको उसको भनाइ छ । प्राधिकरणको तथ्यांकअनुसार २९ चैतसम्ममा पाँच लाख ४२ हजार नौ सय ६३ भूकम्पपीडितले पहिलो किस्ताबापतको अनुदान रकम लिएका छन् । तर दोस्रो […]

पुनःनिर्माणमा खेलवाडः २८ अर्बमा ४२० घर !

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट भूकम्पपीडितको निजी आवास निर्माणमा झन्डै २८ अर्ब रुपैयाँ खर्च भएको छ । तर, गैरसरकारी संस्थामार्फत वितरित अनुदानबाट मात्र चार सय २० भूकम्पपीडितले घर निर्माण सकेर छानो लगाएका छन् । नयाँ पत्रिका दैनिकका अनुसा प्राधिकरणको २४ चैतसम्मको विवरणमा भूकम्पपीडितको निजी आवास निर्माणमा मात्रै गैरसरकारी संस्थाको […]

पहिलो किस्ता बुझ्ने साढ पाँच लाखले घर बनाएनन्

काठमाडौँ । भूकम्पका कारण अति प्रभावित १४ जिल्लाका करिब पाँच लाख ४५ हजार भूकम्प पीडितमध्ये अनुदान पाएर पनि पाँच लाखले घर बनाउन नै थालेका छैनन् । सरकारले निजी आवास निर्माणका लागि पहिलो किस्ताको रकम वितरण गरे पनि ४५ हजारले मात्र घर बनाउन सुरू गरेका छन् । बाँकी पाँच लाख लाभग्राहीले किन घर बनाउन नथालेका हुन् […]

घर बनाइसकेका २४ घरधनीलार्इ तेस्रो किस्ता

गोरखा । घर बनाइसकेका जिल्लाका २४ भूकम्प पीडितलार्इ तेस्रो किस्ता वापतको अनुदान रकम प्रदान गरिएको छ । भूकम्पले क्षति पुगेका ७० हजारवटा नयाँ घर पुनःनिर्माण गर्नुपर्ने भए पनि भूकम्प गएको दुई वर्ष हुनै लाग्दा मसेलका पाँच र पन्द्रुङका १९ घरको मात्रै पुनःनिर्माण सम्पन्न भएको जिल्ला विकास कार्यालय गोरखाले जनाएको छ । भूकम्प प्रतिरोधी मापदण्डअनुसार यी […]

१७ जिल्लाको भूकम्प पीडितले बल्ल पाउने भए घर बनाउन अनुदान

काठमाडौँ । भूकम्पबाट तुलनात्मक रूपमा कम क्षति पुगेका १७ जिल्लाका पीडितले पनि अब पहिलो किस्तास्वरूप घर बनाउन ५० हजार रुपैयाँ पाउने भएका छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार पहिलो चरणमा १७ जिल्लाका १५ हजार ७ सय ४३ घरधुरीलाई पहिलो किस्ता वितरण गर्न लागिएको हो । अाजको नयाँ पत्रिका दैनिकका अनुसार अति प्रभावित १४ जिल्लामा जस्तै […]