तनहुँका भूकम्पपीडितलाई घर बनाउन ६ हजार क्युफिट काठ वितरण

दमौली, कार्तिक ४ । गत वैशाख १२ गते गएको विनासकारी भूकम्पमा परी पीडित भएका तनहुँका दुईसय ८२ जनालाई  ६,१७५.६९ क्युफिट काठ वितरण गरिएको छ । सामुदायिक वन उपभोक्ता समूह र जिल्ला वन पैदावर आपूर्ति समितिबाट गरी उक्त परिमाणको काठ वितरण गरिएको जिल्ला वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख अम्बिकाप्रसाद पौडेलका अनुसार दुई सय ८१ […]

स्थानीयको प्रयासमा सामुदायिक भवन

म्याग्दी, असोज २९ । जिल्लाको दोवका स्थानी बासिन्दाले सामाजिक काममा उपभोग गर्ने उद्देश्यले सामुदायिक भवन निर्माण गरेका छन् । सभाकक्ष सहितको दुईतले सो भवन निर्माणका लागि रु सात लाख लगानी भएको छ । जिल्ला विकास समितिको लक्षित समुदायअन्तर्गत जनजातितर्फको पाँच लाख रूपैयाँ अनुदान र समुदायको दुई लाख रूपैयाँ बराबरको श्रमदानमा भवन निर्माण गरिएको हो ।

भूकम्पले भत्याएको विद्यालय बनाउनले पूर्व विद्यार्थीले दिए पाँच लाख

म्याग्दी, असोज २९ । जिल्लाको विकट भकिम्लीमा रहेको विद्यालयको पुनःनिर्माणका लागि एक पूर्व विद्यार्थीले पाँच लाख पाँच हजार रूपैयाँ सहयोग प्रदान गरेका छन् । भूकम्पले क्षति पु¥याएको भकिम्ली–५ स्थित जयन्ती माविको भवन निर्माणका लागि हाल बेल्जियममा रहेका लोकबहादुर रानाले व्यक्तिगत रुपमा पाँच लाख पाँच हजार रूपैयाँ सहयोग प्रदान गरेका हुन् । दसैँ मनाउन आफ्नो जन्मथलो […]

शुक्रबार नमुना बस्ती शिलान्यास गर्न लाप्राक जाँदै प्रधानमन्त्री

काठमाडौँ, असोज १९ । गैरआवासीय नेपाली संघ (एनआरएन)ले भूकम्प पीडितहरुलाई बनाइदिन लागेको नमूना बस्तीको शिलान्यास शुक्रबार हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोर्खाको लाप्राकमा पुगेर नमुना बस्तीको शिलान्यास गर्ने भएका छन् । एनआरएन अध्यक्ष शेष घलेसँगले प्रधानमन्त्रीले बुधबार भेट गरी नमुना बस्तीको शिलान्यास गर्न आग्रह गरेका हुन् । भेटमा प्रधानमन्त्रीले उक्त आग्रहलाई स्वीकार […]

भूकम्प प्रभावित जिल्लाका सांसद परिचालन गरिने

काठमाडौँ, असोज १९ । पुनर्निर्माण प्राधिकरण परामर्श परिषदमा भूकम्प प्रभावित जिल्लाका सांसदहरुलाई पनि परिचालित गरिने भएको छ । मंगलबार बसेको परिषद्को बैठकले प्रभावित जिल्लाका सांसदमध्ये समावेशी सिद्धान्तका आधारमा १४ सांसद्लाई सदस्य मनोनीत गर्ने जिम्मेवारी प्राधिकरणका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । यसअघि नै सांसदहरू मनोनयन गर्ने निर्णय भए पनि अहिलेसम्म कार्यान्वयन भएको […]

पुनःनिर्माणमा काठको कमी मन्त्रालयको निर्देशन

काठमाडौँ, १८ असोज । वन तथा भू–संरक्षण मन्त्रालयले भूकम्प प्रभावित जिल्लामा पुनःनिर्माणका लागि  काठको कमी हुन नदिने भएको छ । पुनःनिर्माणका लागि काठको कमी हुन नदिन मन्त्रालयले  विभिन्न कार्ययोजना अघि सारेको छ । भूकम्पपीडित जनतालाई काठ वितरण गर्न मन्त्रालयले एक वर्षअघि नै ‘भूकम्पपीडितका लागि काठ उत्पादन, आपूर्ति र व्यवस्थापन निर्देशिका, २०७२’ जारी गरिसकेको मन्त्रालयले भूकम्प […]

पुनर्निर्माण प्राधिकरण परामर्स समितिको बैठक सम्पन्न

काठमाडौँ, असोज १८ । पूनर्निर्माण प्राधिकरण परामर्श समितिको बैठक मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले भूकम्पबाट अति प्रभावित १४ जिल्लाको प्रतिनिधित्व हुने गरी परामर्श समितिमा १४ जना सांसद थप गर्ने अधिकार प्रधानमन्त्री तथा परामर्श समितिका अध्यक्ष प्रचण्डलाई दिएको छ । बैठकले दातृ निकायसँग […]

सिमेन्टका घरमात्र बलियो भन्ने हुँदैन्, ढुंगामाटोबाट पनि भूकम्प प्रतिरोधी घर बनाउन सकिन्छ

गत वैशाख १२ गएको विनासकारी भूकम्पका कारण ठूलो जनधनको क्षती भयो । भौतिक संरचनाहरु ध्वस्त भए । भूकम्पमा परी ज्यान गुमाउनेहरुमा भत्किएका अव्यवस्थित संरचनामा पुरिएका धेरै छन् । घरलगायतका भौतिक संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधी नबनाएकै कारण ठूलो क्षती भएका हो । अहिले भूकम्पले ध्वस्त बनाएका संरचनाहरुको पुनःनिर्माण सुरु भएको छ । मानिसहरु आफ्ना भत्किएको […]

सोलु जाँदा कोदालो बोक्यौँ

सोलुखुम्बु जिल्ला भन्ने बित्तिकै हिमाल नै हिमाल र एकदम दूर्गम सम्झेको थिएँ ।  सोलुखुम्बुको यात्रा हामीहरूको पहिलो थियो । हाम्रो समूहमा मेनुका थापा, सरिता शाह, अमेरिकी नागरिक मेगेन, लोचना शर्मा, शिक्षा, सभ्यता र म लगाएर सात जना महिलामात्र थियौँ । हामी बसेको जिप चालक अरुण कुस्लेक (२५) थिए । काठमाडौंदेखि सोलुखुम्बु सल्लेरीसम्म उनले जीप चलाएको […]

भुकम्प पछिको सामाजिक कम्पनः साँखुले पाएन अझै राहत

काठमाडौँ । गत वैशाक १२ गते गएको शक्तिशाली भुकम्पका कारण हजारौँको ज्यान गयो, लाखौँले आफन्त गुमाए, घरबार बिहिन भए । अहिले भुकम्प गएको चार महिना वितिसक्दासमेत अझै कयौँ स्थानमा सरकारको उपस्थिती पुगेको छैन् । सरकार पुगेको स्थानमा पनि आफ्नाहरुलाई हेरिएको छ । आफ्ना कार्यकर्ता, आफन्तहरुले मात्र राहत पाएका छन् । ‘हलकारो’ ‘महाभुकम्प पछिको सामाजिक पराकम्प’को […]