आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेड बिच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुवँर क्षेत्रीले हस्ताक्षर गर्नुभएको छ । सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका गा्रहकहरुले […]

मोवाईल बैंकिङ बढ्दो

नवलपुर । प्छिल्लो केहि वर्ष यता मोबाइल बैंकिङ उपयोग गर्ने ग्राहक संख्या नवलपुरमा मात्र करिब सवा ७० हजार बढेको छ । कारोबारका लागि बैंकसम्म पुग्नुनपर्ने, आफूलाई पायक पर्ने स्थान तथा समयमा बैंकिङ कारोबार गर्न सकिने, अनावश्यक झन्झट नहुनेलगायत कारण मोबाइल बैंकिङमा ग्राहकको आकर्षण बढेको हो । सरल र सहज भएको कारण नै मोबाइल बैंकिङ सेवा उपयोग गर्दै […]

एनबी इन्सुरेन्स आइएमई जनरल इन्सुरेन्समा परिणत

काठमाडौँ । साबिकको एनबी इन्सुरेन्स कम्पनी लिमिटेड आइएमई जनरल इन्सुरेन्स लिमिटेडमा परिणत भएको छ । बीमा समितिको निर्णयानुसार एनबी इन्सुरेन्सको नाम र लोगो परिवर्तनसहित आइएमई जनरल इन्सुरेन्समा रुपान्तरण भएको हो । निर्जीवन बीमा क्षेत्रम २० वर्षदेखि सेवारत उक्त कम्पनीलाई आइएमई ग्रुपले नाम र लोगो परिवर्तनसहित सञ्चालनमा ल्याएको हो । चुक्ता पुँजी रु ५४ करोडमा थप […]

गोर्खाज फाइनान्स नारायणगढ आफ्नै भवनमा

चितवन । गोर्खाज फाइनान्स लिमिटेड नारायणगढको शुक्रबार भवन उदघाटन गरिएको छ । भरतपुर महानगरपालिकाका उप मेयर पार्बती शाहले भवनको उद्घाटन गर्नु भएको हो । गोर्खाज फाइनान्स बाइस बर्ष पुगि तेइस बर्षमा प्रबेश गरेको अवसरमा शाखाको उदघाटन गरिएको फाइनान्सका अध्यक्ष महेन्द्रलाल राईले बताउनु भयो । हालसम्म उन्नाइस वटा शाखा रहेकामा यहि मंसिर भित्रमा पच्चिसवटा शाखा पुर्याइने […]

११ औँ वर्षमा ओम विकास बैंक, नारायणगढमा प्रभातफेरी

चितवन । ओम डेभलपमेन्ट बैंक लि. ले ११ औं बार्षिकोत्सवको अवसरमा विहीबार प्रभातफेरी कार्यक्रम गरेको छ । नारायणगढ पोखरा वसपार्कबाट सुरु भएको प्रभातफेरी पुल्चोक, लायन्सचोक, चौविसकोठी हुँदै मालपोत चोकमा पुगेर समापन भएको थियो । प्रभातफेरी कार्यक्रममा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो । पोखरा चिप्लेडुंगामा मुख्य कार्यालय रहेको यस बैंकको ४१ शाखा रहेका छन् । चितवनमा […]

भित्रिन थाले भारतमा प्रतिबन्धित भारतीय रूपैयाँ

काठमाडौं । भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन् । खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो । आन्तरिक राजस्व विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले प्रतिबन्धित भारतीय नोट आएको जानकारी दिए । ‘प्रतिबन्धपछि भारतबाट नेपालमा यस्ता नोट आउने क्रम बढेको छ’, उनले भने, ‘नेपालमा साटिन्छ […]

बाकसमा विदेश जान्छ नेपालबाट पैसा

काठमाडौं । नेपालबाट सामान मात्र होइन, हरेक साताजसो बैंक नोटसमेत कार्टुनमा प्याक भएर सिंगापुर जान्छ । गत आर्थिक वर्षमा ३१ पटक यसरी बैंक नोट कार्टुनमा प्याक भएर कार्गोमार्फत सिंगापुर पुगेको राष्ट्र बैंकको अभिलेखले देखाउँछ । आर्थिक वर्ष २०७३/७४ मा १२ करोड ५४ लाख २० हजार अमेरिकी डलर बराबरको विभिन्न देशका मुद्रा कार्गोमार्फत नेपालबाट सिंगापुर पठाइएको […]

पूर्वाधार विकास बैंक स्थापनाको बाटो खुल्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक स्थापना गर्न अनुमति दिएको छ । राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्दै पूर्वाधार विकास बैंकको अनुमति खुलाएको हो । अब राष्ट्र बैंकले तोकेको प्रक्रिया पूरा गरेर लगानीकर्ताले पूर्वाधार विकास बैंक स्थापनाका लागि आवेदन दिन सक्नेछन् । मन्त्रिपरिषद्ले गत फागुनमा पूर्वाधार विकास बैंक स्थापना गर्ने निर्णय गरेको थियो । […]

भण्डारामा नेपाल बैंकको १३१ शाखा स्थापना

चितवन । नेपाल बैंक लिमिटेडले १३१ औं शाखाको रुपमा चितवनको भण्डाराबाट कारोबार सुरु गरेको छ । द्धन्द्धकालमा बन्द भएको उक्त शाखा अहिले नयाँ शाखाको रुपमा कारोबार सुरु गरेको हो । साउन ९ गते सफ्ट लन्च गरि उक्त शाखा संचालनमा ल्याइएको हो । यही साउन १५ गते आईतबारदेखि शाखा पूर्ण रुपमा संचालनमा आउने शाखा प्रवन्धक हिमाल […]

अब नेपालमा पनि महिला बैंकको अवधारणा

काठमाडौं । अब नेपालमा पनि महिलाका लागि छुट्टै बैंक स्थापना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग सहकार्य गरेर महिलाका लागि छुट्टै बैंक स्थापना गर्न तयारी थालेको हो । यसका लागि आईएफसीसँग प्रारम्भिक सहमति भइसकेको महासंघ अध्यक्ष भवानी राणाले बताएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । […]