निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा राजस्व सचिव खनाल नियुक्त

काठमाडौँ, कार्तिक १९ ।  निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा राजन खनाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले कोषको अध्यक्षमा अर्थ मन्त्रालयका, राजस्व सचिव राजन खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले ख्वपः विश्वविद्यालयसम्बन्धी विधेयकलाई थप छलफलका लागि विधेयक समितिमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले […]

जनता बैंकले पचास प्रतिशत हदप्रद सेयर खुला गर्ने

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडले मंसिर १ गतेबाट पचास प्रतिशत हदप्रद शेयर बिक्रि खुल्ला गर्ने भएको छ । २ बराबर १ अनुपातमा बैंकले ५० प्रतिशत हकप्रद शेयर बिक्री खुल्ला गर्ने जनाएको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ३ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो । हकप्रद शेयरमा कात्तिक १० […]

सिद्धार्थ बैंकको हदप्रद सेयर निष्काशन

काठमाडौँ । सिद्धार्थ बैंकले २५ प्रतिशत अर्थात ४ः१ को अनुपातमा आज हकप्रद सेयर निष्काशन खुला गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका ७५ लाख ५५ हजार एक सय ९३ कित्ता हकप्रद सेयर आज ९विहिबार० देखि निष्काशन खुल्ला गरेको हो । उक्त सेयरका लागि गत असोज १६ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् […]

प्रोफेशनल दियालो लक्ष्मी बैंकसँग एक्वीजीसनमा जाने

काठमाडौँ । क्षेत्रीयस्तरको वित्तीय कारोबार गदै आएको प्रोफेसनल दियालो विकास बैंकले एक्विजिसनको प्रस्ताव पारित गरेको छ । दश जिल्लामा वित्तीय कारोबार गदै आएको बैंकले लक्ष्मी बैंकसँग एक्विजिसनमा जाने प्रस्ताव पारित गरेको छ । बैंकको १० औ वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । प्रा. राजेन्द्र प्रसाद सुवेदीको सभापतित्वमा सम्पन्न सभाले प्रोफेसनल दियालो विकास […]

अरूण काबेलीको ३० लाख कित्ता शेयर निष्काशन

काठमाडौँ । ताप्लेजुङ र पाँचथरको चार गाविसमा २५ मेगावाटको बिद्युत आयोजना निर्माण गरिरहेको अरुण काबेली पावर लिमिटेडले मंगलबार देखि सर्वसाधारणको लागि ३० लाख कित्ता सेयर निश्कासन गरेको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । निष्काशन गरिएको ३० लाख […]

गोर्खाज फाइनान्सलाई धितोपत्र बोर्डको प्रश्न शेयर कारोबार किन नगरेको

काठमाडौँ, ३ कात्तिक । नेपाल धितोपत्र बोर्डले गोर्खाज फाइनान्सलार्इ शेयर कारोवार नगरको भन्दै त्यस बारे जवाफ माग गरेको छ । गोरखा विकास बैंक र काठमाडौँ फाइनान्स गाभिएर बनेको गोर्खाज फाइनान्सलाई बोर्डले दुई संस्था गाभिएर एकीकृत कारोबार भएको लामो समय बितिसक्दा पनि सेयर अभिलेखीकरण नगरेको भन्दै किन नगरेको भन्दै लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ […]

विपन्नको पढ्ने आकांक्षा पूरा गर्न आइएमई तथा ग्लोबल आईएमई बैंको छात्रवृत्ति

काठमाडौँ, कार्तिक ३ । आइएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा ‘आईएमई-ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति’ का लागि आवेदन खुला गरेको छ । छात्रवृत्ति अन्तर्गत सार्वजनिक, नीजि तथा सामुदायीक विद्यालयमा कक्षा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार विद्यार्थीलाई शैक्षिक सत्र २०७३ का लागि छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ । आईएमई […]

एसबिआइ बैंकले सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ, असोज १७ । नेपाल एसबिआई बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभँंस दिने प्रस्ताब गरेको छ । बैंकको सोमबार बसेको ३९८औं सञ्चालक समितिको बैठकले बोनस सेयरको प्रस्ताव गरेको हो । अघिल्लो वर्षको तुलनामा बैंकले २५ प्रतिशत नाफा बढाउँदै गत वर्ष […]

कुमारी बैंकले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार र पश्चिमाञ्चललाई एक्वायर गर्ने

काठमाडौँ, असोज १७ । कुमारी बैँकले तीन वटा विकास बैँक र एक फाइनान्सलाई एक्वायर (प्राप्ति) गर्ने भएको छ । बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने भएको हो । अढाई महिनाअघि एनसीसी बैंकसँगको मर्जर प्रक्रिया टुटेपछि कुमारी बैंकले मर्जर तथा एक्वायरका लागि पार्टनरको खोजीलाई तीब्र बनाएको थियो […]

इन्भेष्टमेन्ट बन्यो ८ अर्ब चुक्ता पुँजी पुर्‍याउने पहिलो निजी बैंक

काठमाडौँ , असोज १४ । नेपाल इन्भेष्टमेन्ट बैंक निजी क्षेत्रका प्रवर्द्धकहरुद्धारा सञ्चालित बैंकहरुमध्ये ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने पहिलो बैंक बनेको छ । बैंकको मंगलबार सम्पन्न ३०औं वाषिर्क साधारणसभाले २० प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेसँगै बैंकको चुक्ता पुँजी ८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । साधारणसभाले बोनस सेयरका साथै […]