चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा

चितवन । साल्ट ट्रेडिङ कर्पाेरेसन चितवन शाखाले चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । साल्ड ट्रेडिङ कर्पोरेसनको कार्यालय नारायणगढको लीलाचोकमा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको उक्त पसल आगामी कात्तिक २७ गतेसम्म चल्ने शाखा प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिनुभयो। हरेक दिन बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालनमा रहने सो पसलमा अन्य निजी पसलमा भन्दा […]

बजाज महा एक्सचेन्ज मेला, असोज १७ देखि १९ गतेसम्म

चितवन । हंसराज हुलासचन्द एण्ड कम्पनीले राजधानी बाहिर पहिलो पटक चितवनमा बजाज महा एक्सचेन्ज मेला गर्न लागेको छ । असोज १७ गते बुधबारदेखि तीन दिनसम्म भरतपुरमा रहेको केन्द्रीय बस टर्मिनलमा महा एक्सचेन्ज मेलाको आयोजना गर्न लागिएको मंगलबार नारायणढमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । चितवनमा रहेका बजाज कम्पनीका आधिकारिक बिक्रेताहरु नारायणी मोटर्स नारायणगढ, एन […]

नारायणी मोटर्सको दशैं तिहार अफर

चितवन । नेपालीहरुको महानपर्व दशैं तिहारको अवसरमा बजाज कम्पनीको आधिकारिक विक्रेता नारायणी मोटर्स प्रा.लि.ले विभिन्न अफरहरु ल्याएको छ । नारायणी मोटर्स प्रा.लि.ले बजाज कम्पनीको जुनसुकै मोटरसाइकल खरिद गर्दा बजाज पाकेट फुल अफर अन्तर्गत ६ हजार देखि १ लाख सम्मको स्त्राट्च कुपन प्राप्त गर्न सकिने नारायणी मोटर्स प्रा.लि.का सन्चालक बालगोपाल चुकेले जानकारी दिनुभयो । साथै साप्ताहिक […]

बजारमा हुने कालो बजारी नियन्त्रण गर्न अनुगमनलाई तीव्रता

चितवन । चाडपर्व नजिकिएसगै बजारमा हुने कालो बजारी नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले अनुगमनलाई तीव्रता दिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय चितवनको नेतृत्वमा आयोजना गरिएको अनुगमनका क्रममा बजार तथा भरतपुर खानेपानी व्यवस्थापन बोर्डको पानी ट्यांकी अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक प्रविणकुमार तिवारीका अनुसार खानेपानी व्यवस्थापन बोर्डको पानी जम्मा […]

पेट्रोल र डिजलको भाउ फेरी बढ्यो ।

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल र डिजलको भाउ बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको निगमका प्रबक्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो। अब पेट्रोल लिटरको ११४ रुपैयाँ पुगेको छ । डिजल र मट्टीतेलको भाउ १०१ रुपैयाँ भएको छ । निगमले […]

मदिरा तथा प्रोभिजनल संघको अध्यक्षमा पाण्डे

चितवन । चितवन मदिरा तथा प्रोभिजनल व्यवसायी संघको प्रथम अधिवेशन गोविन्द पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै आज (सोमबार) सम्पन्न भएको छ । समितिको उपाध्यक्षमा निरेशकुमार सिंह, महासचिवमा राम बस्नेत, सचिवमा निर्मल शर्मा, कोषाध्यक्षमा लेखनाथ पौडेल निर्विरोध निर्वाचित हुनु भएको छ । समितिको सदस्यहरुमा यमबहादुर गुरुङ, नमराज रेग्मी, तुलनारायण श्रेष्ठ, युवराज क्षेत्री, रामबाबु रेग्मी, सुरज […]

महिलाहरु रोजागर संगै व्यवशायिक कार्यतर्फ आकर्षित

नवलपुर । नवलपुरको कावासोती वडा नंः १५ का महिलाहरुद्धारा संञ्चालित अथिति गृहले महिलाहरुलाई रोजागर संगै व्यवशायिक कार्य तर्फ आकर्षित तुल्याएको छ । तिन महिना अघि देखि संञ्चालित थारु महिला अतिथि गृहमा अहिले महिलाहरुलाई अतिथि स्वागत संस्कार गर्न भ्याई नभ्याई रहेको देखिएको छ । पहिले स्थानिय महिलाहरु सानो बचत गर्न समुह गठन गरेका थिए। समुह गठन […]

नारायणी मोटर्सको उपहार

चितवन । चितवनका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता नारायणी मोटर्सले सुरु गरेको लक्की ड्र अन्तर्गत साउन महिनामा मोटर साइकल खरिद गर्ने मध्ये दुई जना ग्राहकलाई पुरस्कृत गरेको छ । शनिबार खोलिएको लक्की ड्रमा भरतपुर १० का प्रमोद भट्टराईले मोबाइल प्राप्त गरेका छन् । भट्टराईले नारायणी मोटर्सबाट साउन महिनामा १५० सिसिको पल्सर मोटरसाइकल खरिद गरेका थिए […]

पल्सरको १५० ट्वीन डिस्कको नयाँ मोडल बजारमा

चितवन । चितवनका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता नारायणी मोटर्सले पल्सर १५० ट्विन डिस्कको नयाँ मोडल सार्वजनिक गरिएको छ । नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाईकलको रुपमा रहेको बजाजले निकालेको पल्सर १५० ट्वीट डिस्क स्पोर्टी मोडलको भएको नारायणी मोटर्सका सञ्चालक बालगोपाल चुकेले बताए । एक भव्य समारोहकाबीच आइतबार नारायणी मोटर्समा आयोजना गरिएको कार्यक्रममा जनता ग्लोब आईएमई […]

घट्दै ल्याण्डलाइन टेलिफोन प्रयोगकर्ता

नवलपुर । प्रविविधको तिब्र विकास भए संगै हाल सबैको हातहतमा मोवाइल सेवा पुगेको छ । तर मोवाइलको प्रयोग संगै ल्याण्डलाइन टेलिफोनको प्रयोग कर्ता भने घटेका छन । सरल र सर्वसुलभ दरमा हाथ हाथमा मोवाइल भए संगै लेनलाईन फोनको प्रयोग गर्नेको संख्या घट्दो क्रममा रहेको नेपाल टेलिकम शाखा कावासोतीले जनाएको छ । ‘अहिले मानिसलाई सजिलो चाहिएको […]