लगानी संरक्षण हुने गरी सहकारी ऐन आउने

धादिङ,  असोज १७ । सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले संशोधन हुन लागेको सहकारी ऐन सहकारीमैत्री हुनेमा विश्वस्त हुन सहकारीकर्मीलाई आग्रह गरेका छन् । नेपाल प्रेस युनियन धादिङले आज गरेको पत्रकार सम्मेलनमा मन्त्री थानीले ५३ लाखभन्दा बढी जनता सहकारीमा आबद्ध रहेकाले उनीहरुको लगानी संरक्षण हुने गरी ऐन संशोधन हुने बताए ।