चौथो भरतपुर महोत्सव सुरु

चितवन, मंसिर २२ । चौथो भरतपुर महोत्सव बुधबारबाट सुरु भएको छ । हरेक २÷२ वर्षमा सामाजिक कार्यमा सक्रिय युवा समाज भरतपुरको आयोजना गर्दै आईरहेको छ । भरतपुर स्थित राष्ट्रिय सहकारी विकास बोर्डको खुल्ला मैदान केन्द्रीय बस टर्मिनलमा सम्पन्न हुने महोत्सव मंसिर २२ गते बुधबार देखि पौष २ गते सम्म सञ्चालन भईरहेको छ । जसका लागि […]

चितवनमा ६०६ भूकम्प पीडित बढे

चितवन, मंसिर २२ । चितवनमा जिल्लामा ६०६ भूकम्प पीडित थपिएका छन् । हालै सुरू भएको भूकम्पपीडितको पुनः लगत संकलनका क्रममा ६०६ भूकम्प पीडित थपिएका हुन् । यसअघि चितवनमा १५ हजार ७४९ भूकम्प पीडित लगत संकलन गरिएको थियो । यसपटक यो संख्या बढेर १६ हजार ३५५ पुगको जिल्ला विकास कार्यालयले जनाएको छ । सामान्य क्षतिसहित चितवनमा […]

चितवन, मंसिर २१ । भरतपुर महोत्सव २०७३ को बुधबार गृहमन्त्री बिमलेन्द्र निधीले उद्घाटन गर्दै छन् । हरेक २÷२ बर्षमा सामाजिक कार्यमा सक्रिय युवा समाज भरतपुरको आयोजनामा भरतपुर महोत्सव २०७३ हुने र त्यसको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । घरेल उत्पादन, कृषि, हस्तकला, स्थानीय बजार एवं आन्तिरक पर्यटन प्रवद्र्धनका निमित्त आयोजना गर्न लागिएको भरतपुर […]

नेपालको निजि क्षेत्र विश्वकै शक्तिशाली

चितवन, मंसिर २० । नेपालको निजी क्षेत्र विश्वको कुनै पनि क्षेत्र भन्दा शक्तिशाली रहेको उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताएका छन् । उद्योग वाणिज्य संघ चितवनको ५० औँ साधारण सभाको आज उद्घाट्न गर्दै अध्यक्ष मुरारकाले व्यवसायीहरुलाई कर मैत्री बनाउन वातावरण सिर्जना गर्नुपर्ने बताए । कुनै पनि सामग्रीमा लगाइने कर तथा त्यसको भन्सार मुल्यांकन प्रणालीलाई […]

एक करोड मूल्य भन्दा बढीको अवैध दाल बरामद

वीरगन्ज, मंसिर २० । अवैध रूपमा नेपाल भित्रिएको करौडौँ मूल्य बराबरको दाल प्रहरीले बरामद गरेको छ । सीमावर्ती भारतको खमिया गाउँबाट अवैधरुपमा तस्करी गरी नेपालतर्फ ल्याइँदै गरेको करोडौँ मूल्य बराबरको मासको दाल आज बिहान पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो । तस्करहरूले भारत पश्चिमी चम्पारनको खमिया गाउँको बाटो भएर छवटा भारतीय नम्बरको ट्र्याक्टरमा अवैधरुपमा ल्याइरहेको करिब […]

खाद्य पदार्थमा उच्च मिसावटः चार महिनामा २२ उद्योगलार्इ कारवाही

काठमाडौँ । बजारमा बिक्री हुने अधिकांश खाद्य तथा पेयपदार्थमा उच्च मिसावट हुने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुसन्धानले खाद्यान्न, पानी, तेल, घिउ र दुग्धजन्य पदार्थमा मिसावट बढी हुने गरेको देखाएको हो । बजारमा व्यवसायीले नाफा कमाउने नाममा उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पर्ने दूषित उत्पादन बिक्री गरेको अध्यनले देखाएको छ […]

वनमारा झारबाट अाम्दानी गर्दै स्थानीय

काठमाडौँ । हरियो वन नेपालको धन’ भन्ने उक्तिका आधारमा सामान्यतया वनबाट पाइने काठको सदुपयोगलाई मात्र सम्झने गरिन्छ । वनमा काठमात्र नभई बहुमूल्य वनस्पति, पात–पतिङ्गर, जरा, फल, फूल अनि पानीको स्रोत पनि हुन्छ । काठको उपयोगलाई मात्र बढी ध्यान दिइने गरेकै हुनाले होला वन संरक्षणको प्रसङ्ग आउँदा सबै क्षेत्रका मानिसको काठमै धेरै चासो रहनेगरेको । नेपालको […]

भरतपुरमा गुड्यो सुविधासम्पन्न मेट्रो सिटी बस

चितवन, मंसिर १९ । ग्लोबल मेट्रो सिटी बस प्रा.लि.ले आइतबार देखि चितवनमा सुविधा सम्पन्न सिटी बस संचालनमा ल्याएको छ । आईतबार एक औपचारिक समारोहकाबीच भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा निमित्त प्रमुख जिल्ला अधिकारी रामराजा सुवेदीले बस सेवाको उद्घाटन गरे । भरतपुर, नारायणगढ, गैंडाकोटमा रहेका उद्योगी व्यापारी तथा सामाजिक व्यक्तित्वहरुको अगुवाईबाट सो बस सेवा सुरु भएको हो […]

सुरक्षित घरकर्जाको फाईदा बुझाउँदै सनराईज बैंक

चितवन, मंसिर १९ । बैंकहरुले धेरै नयाँ–नयाँ कार्यक्रमहरु ल्याई रहेका हुन्छन् । तर ती योजनाहरु बारे आममानिस बेखबर हुँदा खासै प्रभावकारी हुँदैन् । त्यसैले आममानिस सम्म सनराई बैंक लिमिटेडले देशव्यापी अभियान सुरु गरेको छ । बैंकले ल्याएको ‘सनराईज सुरक्षित घरकर्जा’ कार्यक्रमलाई गाउँ–गाउँसम्म जिल्लाव्यापी अभियान सुरु गरेको हो । सोही अभियान अन्तरगत बैंकले आज (आईतबार) चितवनको […]

कृषि उत्पादन विषयमा छलफल

चितवन, मंसिर १८ । चितवन शान्ति समाजले शनिबार नारायणगढमा जिल्लास्तरिय कृषिका उत्पादन र उत्पादकत्वका सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न गरेको छ । सो समाजले जिल्ला स्तरिय राजनितिक समाज प्राज्ञिक समाज तथा जमिन जल उद्यम समाज र उद्योग व्यवसायी समाज बिच उत्पादन बृद्धिका सम्बद्ध छलफल गरेको हो । सो छलफल कार्यक्रमको प्रमुख अतिथी बरिष्ठ चिकित्सक डाक्टर सुन्दर […]