राष्ट्रिय ध्वजाबहाकले अनलार्इन टिकट बुकिङ सुरू गर्दै

काठमाडौँ । नेपाल वायु सेवा निगमले यही वर्षभित्र अनलाइन टिकट बुकिङ सुरू गर्ने भएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी)ले अनलाइन टिकट बुकिङ सिस्टम बनाउन र व्यवस्थापन गर्न दुई विदेशी कम्पनीलार्इ जिम्मा पाएको छ । निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारका अनुसार निगम सुधार योजना अन्तर्गत अनलाइन टिकेटिङसमेत समावेस भएको र अबको ५ महिनाभित्र अनलाइन […]

सिङ्गापुरबाट एक करोड डलर अाज नेपाल अाइपुग्ने

काठमाडौँ । बजारमा डलरको अभाव देखिएपछि राष्ट्र बैंकले सिंगापुर देखि डलर खरिद गरी ल्याउन लागेको छ । बजारमा देखिएको नगद डलर अभाव कम गर्न नेपाल राष्ट्र बैंकले सोमबार सिंगापुरबाट १ करोड अमेरिकी डलर ल्याउँदै छ । सिल्क एयरबाट दिउसो १२ बजे अमेरिकी डलर नेपाल भित्रिने छ । राष्ट्र बैकका सहप्रवक्ता राजेन्द्र पण्डितका अनुसार राष्ट बैंकले […]

पश्चिमाञ्चल फाइनान्स बेनी शाखाका तत्कालीन प्रबन्धक पौडेल पक्राउ

काठमाडौँ, कार्तिक २९ । पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेड, बेनी शाखाका तत्कालीन शाखा प्रबन्धक गणेशप्रसाद पौडेललाई संस्थाको रकम हिनामिना गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । शाखा प्रमुखको अधिकार दुरुपयोग गरी पौडेलले संस्थाको रकम हिनामिना गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलार्इ पक्राउ गरि आइतबा सार्वजनिक गरेको हो । पौडेलले पश्चिमाञ्चल फाइनान्समा रहेको गरिमा विकास बैंकको […]

बन्दले छोएन् नेप्सेलार्इ

काठमाडौँ, कार्तिक २९ । नेकपा (माओवादी)को बन्दको कारण सवारी साधन सामान्य रुपमा चले पनि धितोपत्र बजारमा भने त्यसले कुनै प्रभाव परेन् । नेपाल स्टक एक्चेन्जकाअनुसार निरन्तर ओरालो लाग्दै आएको नेप्से परिसूचक आइतबार भने २.८३ अङ्कले बढेर एक हजार ७०० बिन्दुमा पुगेको छ । गत साता करिब ५२ अङ्कले घटेर एक हजार ६९६ बिन्दुमा रोकिएको बजार […]

बैंकिङ प्रक्रियाबाट होइन बाहिरबाटै भित्रए करोडौँको भारतीय ५०० र १००० का नोट

काठमाडौँ । नेपालमा प्रचलनमा रहेका ५०० र १००० का भारतीय नोटहरु बैंकिङ प्रक्रियाबाट नभएर कामदार र अन्य स्रोतबाट आएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्रबैंकले १०० दरका नोटमात्र ल्याउने गरेकाले अन्य नोटहरु कामदार र अन्य स्रोतबाट आएको राष्ट्र बैंकका बिनिमय व्यवस्थापन बिभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताए । नेपाल-भारत खुल्ला सीमा व्यापार र कामदार मार्फत […]

पशुपालनसँगै दुध उत्पादनमा वृद्धि

चितवन, कार्तिक २७ । चितवनमा दूध उत्पादनमा वृद्धि भएको छ । पशुपालन बढेसँगै दूधको उत्पादन समेत बढेको जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख एव बरिष्ठ पशु विकास अधिकृत डा.डिल्लीराम सेढाँइले जानकारी दिए । उनका  अनुसार आर्थिक वर्ष २०७२– ७३ मा चितवन जिल्लामा ८७ हजार सात सय ९७ मेट्रिक  टन दूध उत्पादन भएको छ । जिल्लामा […]

विराटनगर जुट मिल पुनः सञ्चालन गर्छौः प्रधानमन्त्री प्रचण्ड

विराटनगर, कार्तिक २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशकै सबैभन्दा जेठो उद्योग बिराटनगर जुट मिलको पूनः सञ्चालन गरिने बताएका छन् । शुक्रबार मोरङको बिराटनगर जुट मिलको स्थलगत निरीक्षणपछि निश्चित उद्देश्य लिएर अवलोकन गर्न आएको भन्दै नेपालकै औद्योगिक इतिहासमा अग्रणी भूमिका खेलेको यो उद्योग बन्द हुनु लज्जा, हृदय बिदारक भएको बताए । ‘विगतमा नीजिकरणका नाममा थुप्रै […]

कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला सुरु

नवलपरासी, कार्तिक २६ । नवलपरासीको वर्दघाटमा कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला सुरू भएको छ । बिहीबारबाट सुरू मेलाको पूर्व मन्त्री गोकर्ण विष्ठले उद्घटान गरे । मेलाको उद्घाटन गर्दै उनले मुलुकबाट युवा शक्ति पलायन रोक्न सके नेपालको गरिबी न्यूनीकरण हुने बताए । नेता विष्टले संविधानमा सबै नागरिकको हक अधिकार सुरक्षित रहेको उल्लेखगर्दै संविधानको प्रभावकारी कार्यान्वयनमा […]

नेपाली जनतासँग कति छ भारू, कसरी व्यवस्थापन गर्ने ? राष्ट्र बैंक नै अन्यौलमा

काठमाडौँ । बैंकिङ प्रणालीभन्दा बाहिर रहेका पाँच सय र हजार दरका भारतीय नोटको व्यवस्थापन अन्योलमा छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग रहेको भारु व्यवस्थापनका लागि भारतसमक्ष अनुरोध गरेको भए पनि जनतासँग भएको रकम के गर्ने भन्ने विषय छलफलमै आउन सकेको छैन । ‘बैंकिङ प्रणालीमा रहेको भारु व्यवस्थापनका लागि भारतीय रिजर्व बैंक (आरबिआई) […]

भारतमा पाँच सय र हजारका नोटमा प्रतिवन्द

नयाँ दिल्ली । भारतले पाँच सय र एक हजारको नोट प्रयोगमा प्रतिबन्ध लगाएको छ । मंगलबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै मध्यरात १२ बजेबाटै पाँच सय र १ हजार रुपैयाँका नोट प्रयोगमा प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन् । भारतीय मिडियाहरूले जाली नोट कारोबारीलाई निरत्साहित गर्न भारतले आफ्नै मुलुकभित्र त्यस्ता नोट प्रयोगमा […]