साझा बसका नयाँ बस थपिए

काठमाडौँ, मंसिर १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साझा बसले सञ्चालन ल्याएका नयाँ बसको उद्घाटन गरेका छन् । बसको उद्घाटनसँगै प्रधानमन्त्री साझा बस चडेर ललितपुर देखि सिंहदरबारसम्म यात्रा गरे । काठमाडौं उपत्यकामा कम्तिमा ३० वटा साझा बस थप्न दिएको निर्देशन बमोजिम आइतबार बसको उद्घाटन गरिएको हो ।

जगदम्बा सिमेन्टको भूकम्प प्रतिरोधात्मक निर्माणबारे अन्तरक्रिया

काठमाडौँ । जगदम्बा सिमेन्टले दिगो तथा भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा अवलम्वन गर्नुपर्ने विविध प्राविधिक जानकारी प्रदान गर्दै मंसिर शुक्रबार दोलखाको चरिकोटस्थित संगम होटलमा राजमिस्त्रीहरुसँगको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा १०० भन्दा बढी राजमिस्त्री तथा डिलरवर्गहरुको सहभागिता रहेको थियो । जगदम्बा सिमेन्टले उपभोक्ता तथा समाज प्रति उत्तरदायी रही विविध उपभोक्तामुखी कार्यक्रम समेत गरिरहेको […]

ठूला जहाज किन्दै अान्तरिक वायुसेवा कम्पनी

काठमाडौँ । निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनी क्षमता विस्तारका लागि साना जहाज विस्थापित गरेर ठूलो क्षमतामा जान थालेका छन्। आन्तरिकमा नियमित उडान गरिरहेका यती, बुद्ध, सिम्रिक, सीता, सौर्यलगायतका वायुसेवा क्षमता विस्तार गर्न ठूला जहाज भित्र्याउन थालेका छन्। आन्तरिक उडानमा नेपालको स्थापित वायुसेवा कम्पनी यती एयरले २९ र ३० सिट क्षमताका जहाज विस्थापन गरेर एटिआर ७२ […]

राजधानीसहित विभिन्न शहरमा मिट मार्ट खुल्दै

काठमाडौँ, मंसिर ११ । सरकारले यसैवर्ष देखि देश भर २० वटा अत्याधुनिक मिट मार्ट स्थापना गर्न लागेको छ । काठमाडौँ सहित विभिन्न शहरी क्षेत्रमा २० वटा ‘मिट मार्ट’ स्थापनाका लागि सरकारले ७० प्रतिशत अनुदान दिन लागेको हो । पशुपंछी विकास मन्त्रालयले अनुदानका लागि ‘मिट मार्ट’ को बिजनेश प्लान बुझाउन सार्वजनिक सूचना गरेको थियो । त्यसअनुसार […]

दुर्इ वटा रेमिट हाइड्रोको लाइसेन्स जारी

काठमाडौँ, मंसिर ११ । सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले लगानी गर्न पाउने गरी दुईवटा जलविद्युत गृहलार्इ उत्पादन अनुमती दिएको छ । अब वैदेशिक रोजगारिमा गएका नेपालीहरूको लगानीमा दुर्इ वटा ‘रेमिट हाइड्रो’ बन्ने छन् । उर्जा मन्त्रालयले ताप्लेजुङमा बन्ने घुन्साखोला र सिम्बुवाखोला जलविद्युत आयोजनालार्इ रेमिट हाइड्रोको रूपमा लाइसेन्स जारी गरेको छ । यी आयोजना निर्माणको काम […]

सिटी एक्सप्रेस र मलेसियाको म्याक्स मनी बीच कारोवार सम्झौता

काठमाडौँ । विगत ३० वर्षदेखि सञ्चालनमा रहेको म्याक्स मनी मलेसिया तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरले आगामी नोभेम्बर महिनादेखि रकम आदान प्रदानको सेवा प्रदान गर्ने सम्झौता गरेका भएको छ । यो सम्झौताबाट म्याक्स मनीको नेपालमा सञ्जाल बिस्तार भएको छ । म्याक्स मनीमार्फत अब नेपालमा रहेका सिटी एक्सप्रेसका कुनै पनि काउन्टरबाट रकम प्राप्त गर्ने सेवा उपलब्ध हुनेछ […]

चित्रवन साकोसले मनायो २० औं वार्षिकोत्सव

चितवन, मंसिर ९ । नेपालको सहकारीहरुको भिडमा आफ्नो छुट्टै पहिचान वनाउन सफल चितवनको भरतपुर उपमहानगरपालिका वडा नं ७ स्थित चित्रवन वचत तथा ऋण सहकारी संस्थाले आज भरतपुरको बुद्घचोकमा संस्थाका अध्यक्ष  भुवन आचार्यको अध्यक्षतामा प्रमुख अतिथी नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका केन्दीय सदश्य शान्ति अधिकारीको उपस्तिथीमा संस्था २०औ बार्षिकोत्सब कार्यक्रमको अवसरमा सप्ताहब्यापी कार्यक्रम गरी […]

भरतपुर महोत्सव २०७३ मंसिर २२ गते देखि हुने

भरतपुर, मंसिर ९ । महोत्सवमय बनिरहेको चितवनमा फेरी अर्को महोत्सव हुने भएको छ । हरेक २–२ वर्षमा सामाजिक कार्यमा सक्रिय युवा समाज भरतपुरको आयोजनामा भरतपुर महोत्सव २०७३ हुने भएको हो । घरेलु उत्पादन, स्थानीय बजार एवं आन्तिरक पर्यटन प्रवद्र्धनका निमित्त महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।   भरतपुरस्थित राष्ट्रिय सहकारी विकास बोर्डको खुल्ला […]

प्रथम उद्योग दिवस मनाइयो

चितवन, मंसिर ९ । आज प्रथम उद्योग दिवस । ‘औद्योगिक क्षेत्रमा लगानी, समृद्धिको सुनौलो विहानी’ भन्ने मुल नारासहित चितवनमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । सरकारले उद्योग परिषद् गठनको दिन पारेर मंसिर ९ गतेलाई उद्योग दिवस मनाउने निर्णय गरेपछि आज भरतपुरमा र्यालीसहित यो दिवस मनाईएको हो । जिल्ला विकास समितिको अगुवाईमा यो दिवस मनाइएको हो […]

क्षेत्रीय होटल संघ चितवनको अध्यक्षमा सुमन घिमिरे

चितवन, मंसिर ८ । क्षेत्रिय होटल संघ नेपाल चितवनको अध्यक्षमा सुमन घिमिरे निर्विरोध निर्वाचित भएका छन् । मंगलबार भएको संघको १५ औं साधारण सभा तथा ८ औ अधिबेशनले घिमिरेको नेतृत्वमा आगामी दुई वर्षे कार्यकालको लागि ८ जना पदाधिकारी सहित २१ सदस्यीय नयाँ कार्यसमिति समिति चयन गरेको हो । अधिबेशनले संघको प्रथम उपाध्यक्षमा दिपक भट्टराई, द्धितीय […]