कवि समालोचक विर्खे अञ्जान सम्मानित

स्याङजा । तिला कुमारी स्मृति साहित्यिक प्रतिष्ठानले मकवानपुरका कवि र समालोचक विर्खे अञ्जानलाई सम्मान गरेको छ । शनिबार स्याङ्जाको वालिङ नगरपालिकामा बृहत् साहित्य सम्मेलनको आयोजना विर्खे अन्जाललाई सम्मान गरेको हो ।   नेपाली भाषा, साहित्यको क्षेत्रमा बिगत लामो समय देखि क्रियाशील प्रतिष्ठानले हरेक बर्ष बार्षिक कार्यक्रम गर्दै आएको रहेको छ । प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद बनवासीको […]

थाहा छैन् म फेरी गाँऊ फिर्छु या फिर्दिन्

हतारमा छु म हतारमा छु म यतिवेला यो शहरको भिडबाट गुज्रिरहेका मानिस जस्तै सुन्दर सपना खोज्ने रहरमा राजधानी छिरेको यो ठिटो अनिश्चयको घेरमा बन्देज छ, फेरी गाँउ फिर्छु या फिर्दिन् । राजधानीको धुलोमा नै विलिन हुँदै जाँदा सपना राजधानीबाट पलायन हुने विरक्त विचारसँगै गाँउ फिर्ने चाहना पनि मरेका छन् । हो आँमाको सपना बोकेर बाबाको […]

सांस्कृतिक आन्दोलनले गम्भीर आत्मसमीक्षा र संश्लेषणको माग गरेको छ

आज चैत्र ५ । आजकै दिन २०५५ सालमा काभ्रेको अनेकोटमा कमरेड च्याङ्वा लामासहित ७ जना कमरेडहरूको हत्या भएको थियो । कलाकार साथीहरूको त्यो प्रतिरोधपूर्ण इतिहासलाई उदात्त उदाहरणका रूपमा लिएर हामी माओवादीहरूले आजको दिनलाई सांस्कृतिक प्रतिरोध दिवसका रूपमा मनाउँदै आएका छौँ । यस सांस्कृतिक प्रतिरोध दिवसका सन्दर्भमा म सबैभन्दा पहिले २०५५ साल चैत ५ मा अनेकोट […]

सहिद शिव पौडेल स्मृति पुरस्कार सूर्यप्रसाद शर्मालाई

चितवन । साहित्य सङ्गम, चितवनले मङ्गलबार एक विशेष कार्यक्रमको आयोजना गरेर २०७३ सालको सहिद शिव पौडेल स्मृति पुरस्कार ‘जीवनका सुसेलीहरू’ पुस्तकका लागि लेखक सूर्यप्रसाद शर्मालाई प्रदान गरेको छ । सङ्गमका अध्यक्ष द्वारिका नेपालको अध्यक्षता तथा पुरस्कारका संस्थापक नारायण पौडेलको प्रमुख आतिथ्यमा भएको पुरस्कार समर्पण कार्यक्रममा पुरस्कृत स्रष्टाको व्यक्तित्व तथा कृतित्वका बारेमा प्रा.कपिल अज्ञातले प्रकाश पार्नुभएको […]

एकल कवितामा गुञ्जिय विनोदी

चितवन । साहित्य सृजनामा जीवन बिताएका गोविन्दराज विनोदीको शनिबार एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । कवि विनोदीका छन्दका कविता सुन्न साहित्यप्रेमीहरु टिकट काटेर कार्यक्रममा पुगेका हुन् । चितवन साहित्य परिषदको २८ औं स्थापना दिवसको अवसरमा आयोजित शब्दहरुका माझ कवि गोन्दिराज विनोदी कार्यक्रममा कवि विनोदीले छन्दका कविता सुनाउंदा स्रोताहरु मन्त्रमुग्ध भएकाथिए । छन्दोवद्ध कवितालाई […]

जनसाँस्कृतिक महासंघको अध्यक्षमा इश्वरचन्द्र ज्ञावाली चयन

काठमाडौं । शुक्रबारबाट सुरु भएको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघको राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले इश्वरचन्द्र ज्ञावालीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबारै बेलुका सम्पन्न भेलाले महासंघको उपाध्यक्षमा प्रा.डा. जगदिशचन्द्र भण्डारी र रोशन जनकपुरीलाई चयन गरेको छ भने महासचिवमा हिरामणि दुःखी छानिएका छन् । महासंघको सचिवमा […]

कथाः गँवार केटी

दिनभरीको कामको चटारोपछि साँझको घरधन्दा समेत भ्याइवरी आमाको सुत्ने बेला हुँदा घडीले ११ बजाइसकेको थियो । सधैंभन्दा केहीवेर ढिलैगरी सुत्न गएकी ओमालाइ निंद्रा भने पटक्कै थिएन । आँखा चिम्लिएर जतिनै निदाउन खोजेपनि मनमा उठेका तर्कनाले समुद्रका छालछै किनार नाघ्न खोजेपछि उनको निंद्रा उडेको थियो । “आँ मैले चिन्ता गरेर मात्र केही हुन्न” भन्दै उनले मन […]

कविता: हार्दिक श्रद्धान्जली !

इतिहासमा विस्मृतिको पर्यायबनिसकेको बेबिलोनको एकान्त बगैंचामा सुनिरहेको छु म क्रिष्टिनाको बिलौना र ईश्वरसंगको एकतर्फी वार्ता: “एक निरिह जुलियाको अन्जानमा ज्यान गयो प्रिय भ्यालेण्टाइनको निर्मम हत्यासँगै, पाप वा पुण्य त मैले गरेकी थिएँ भ्यालेण्टाइनसँग .. मैले किन सहनु पर्यो अन्तिम बियोग भ्यालेण्टाइनसँगको र आज एक्ली एक्ली छु कहिले देख्न / भेट्न पाउँछु म प्रिय भ्यालेन्टाइनलाई ? […]

प्रेम कविताः निलो सूर्यास्थको एक साँझ, तिमीसंग !

म खोजिरहेछु केहि सायद आफैंलाई, तर म ‘सिद्धार्थ’ हैन । ए मेरी यशोधरा ! यो निलो सूर्यास्थको अलौकिक साँझ देउरालीको पातीमा बेरेर एक आल्हादित प्रेमील मुटु लिएर आएको छु एकदम खुला किताब जस्तै मेरो मुटुको हरेक कुनामा तिम्रो तस्विर कोरेर आफैंलाई खोज्दै ! कति अवोध थियौ तिमी वा, कति अवोध थियौँ हामी दुबै ? एक-अर्काको […]

प्रेमपत्रः हाम्रो प्रेमका बारेमा इतिहासकारहरुले ठेली तयार पार्नेछन्

 च्याटमा भेटिएकी भर्चुअल प्रेमिका, प्रेमदिवसको अवसरमा लाखलाख शुभकामना स्वीकार ल..! हाम्रो भेटको पहिलो वर्ष नाघ्यो आजको यो दिनसँगै । हाम्रो भेट हुँदा त्यो दिन म च्याटमा मस्त थिएँ । तिमी पनि अनलाइनमा रमिरहेकी रहिछ्यौ । फेसबुकमा नोटिसिफिकेसन आउँदा म झुक्किँए । तिमीले मलाई साथी बनाएकी रहिछ्यौ । मैले पनि स्वीकार गरेँ । त्यतिले मात्र पुगेन, […]