यात्रा संस्मरणः परिवर्तनको पर्खाइमा बैतडी

जीवन  यात्रा हो र जीविका पनि । उकाली ओराली, श्रमको पसिना र विश्रामको शितलता अनुभूतिका पारखहरुले पाउने स्वाद र पारख हो । नयाँ ठाउँको अवलोकन भ्रमण मनोरञ्जनको विषय मात्र होइन सोचाइ, मानसिकता र जीवनशैलीमा समयानुकूल परिवर्तन गर्ने सशक्त माध्यम पनि रहेछ । स्वास्थ्य, समय र परिस्थिति यस अनुकूल नभए पनि यात्रा मेरो जीवनको मूल शोखको […]

कथाः धरहरा प्रेम

फुंग उडेको कंक्रिटको जंगल पृष्ठ भागमा छ । अग्रभागमा मुसुक्क हाँसेको ‘सेल्फी’ । बैशाख १२, २०७२ विहान ठीक ११ः५० को समयमा फोटो फेसबुकमा पोस्ट गरी । र लेखी– ‘म धरहराको सातौं तलामा छु ।’ बैशाखी हावामा उसका केश राशी नृत्यरत थिए । सँधै मुस्कुराई रहने उसको मुहार त्यो सेल्फीमा पनि उस्तै जादुयी मुस्कान छरिरहेको थियो […]

कविता पाठकका लागि बोझ हुनु हुँदैन्ः कवि सुमन घिमिरे

चितवन नेपाली साहित्यको उर्वर भूमि हो । वैंशको क्यालेण्डर कविता संग्रहदेखि उदाएका चितवनको सौराहा निवासी कवि सुमन घिमिरे उपन्यासकारको रुपमा परिचय खोज्दै छन् । ‘मौनता’ उपन्यास बजारमा ल्याउने तरखर गरिरहेका युवा साहित्यकार घिमिरेसँग हलकारोका लागि आदर्श प्रधानले साहित्य वार्ता गरेका छन् । प्रस्तुत छ साहित्यकार घिमिरेसँग गरेको कुराकानीको संक्षिप्त अंशः आज भोलि के मा ब्यस्त […]

छुटेको जुत्ता :मानवीय संवाद र संवेदना !

सरल, भद्र, लगनशील र स्वअनुशासित जीवन जिउन रुचाउने भोजराज न्यौपाने अनावश्यक शब्द आडम्बर र विद्धताको पाखण्डबाट मुक्त रहेर जनसरोकारका विषयमा लेख्न रुचाउने कविको नाम हो । ‘कवितामा सरलता र सरलतामा सुन्दरता’ का पक्षधर उनी साक्षर बाबु÷आमाहरूले समेत बुझ्न सक्ने ढङ्गले कविता लेख्न रुचाउँछन् । त्यसरी लेख्ने क्रममा लेखिन सक्ने कोरा नारा, गाली गलौज र हुन […]

होइन भने नेपाली नभन

मेरो टोपी कैलाशको शिर जस्तो मेरो टोपी हिमाली भीर जस्तो कहिले पनि झुक्न नजान्ने कहिले पनि लुक्न नजान्ने मेरो टोपी नेपाली वीर जस्तो दार्जी्लिङ्को साँघुरो परिवेशबाट आफूलाई नेपाली खुला आकाशमा विचरण गराउन साथ गोपाल योञ्जनले यस्ता कालजयी गीत–संगीत सिर्जना गरे । राष्ट्रभक्तिले ओतप्रोत गीत–संगीत शिर्जनाको लहर नै ल्याए योञ्जनले । लाग्थ्यो, नेपाल आएपछि मात्रै उनले […]

कोलकाता कोलाज

जीवनमा कोलकाता पुग्नु सयोग थियो मेरा लागि । भारतका कुनै सहरको नामै नसुन्दा मैले कोलकाताको नाम सुनेको थिएं । मेरा कान्छा काका विकासको अनुहार नदेखेको काभ्रेको एउटा गाउंबाट ‘फ्रस्टेटेड’ भएर कोलकाताका गल्लीहरूमा लामो समय भट्किएका थिए । मेरा बाले उनलाई त्यहांका गल्लीबाट उतारेर यतै फर्काएका थिए । तर, काभ्रेको मझौला आकारको चिसो सहरमा उनको मन […]

मायाको लाइन

यहीनेर उनीसंग भेट भयो । मायाको लाइनमा । लाइनमा महिलाहरु छन् र आफ्नो पालो पर्खिरहेछन् । उनी पनि मायाको लाइनमा आफ्नो पालो पर्खिरहेकी थिइन् । २६ वर्षकी उनले तीन वर्ष अघि लोग्ने गुमाएकी हुन् । आंतककारी विस्फोटमा परी उनका लोग्ने मारिएका । म पनि मायाको लाइनमा नै छु । तर म पालो पर्खिरहेकी छैन । […]

कविताः सपनाको खोज

ए कमरेड ! हामी मालेमावाद पढेर माओवाद जिन्दावाद भन्दै मुक्ती संग्राममा उत्रिएर जाली फटाहा र सामन्तीका विरुद्ध नारा घन्काउँदै साम्यवादी समाजको परिकल्पनामा लिप्त जोश र जाँगरका साथ यो समाज फेर्ने अभिभारा बोकेर हिँडेका हैनौँ र ? आज प्रश्नहरुको पहाडमा उभिएर मेरो यान्त्रिक पाइलाहरु मेरो उद्देश्य र प्रतिफल खोजि रहेछन् कमरेड ! हजारौँ सहिदको रगतले कोरिएको […]

कविताः बाजे र परी

बेगले कालो धुवाँलाई आकाशमा मडारेर हुइकिन्छ बस काठमाडौँवाट धनगढी चाउरिएका, तीन बिस उकालो लागेका बाजे पहाडी गन्ध बोकेर बस्छन् मेरो छेउ । अनि सुरु गर्छन आफ्ना गनथन बह पोख्न थाल्छन् आफ्ना छोरालाई झै इतिहासका अकंहरु पल्ट्याउछन् बैसमा गरेका काउकुति लाग्ने प्रेमलाप पस्कन्छन् । थैलीवाट एउटा सेल रोटी झिक्छन् खाउ भन्दै मलाई दिन्छन् अनि फेरि थाल्छन् […]

मेरो कोख जस्तै बाँझो देश

यो भुगोलको म एक अघोषित बेश्या म शरिर बेच्छु, सपना किन्छु उनिहरु मेरो शरिर किनेर मेरा सपनाहरु लिलाम गर्छन् दिनै पिच्छे हप्तै पिच्छे मेरा सपनाहरु तुहिन्छन् मेरा जिजीबिषाहरु तुहिन्छन् जसरी बर्षै पिच्छे मेरो गर्भ तुहिन्छ म उर्वर भुमि भएर पनि बाँझो खेत न स्थायी किसान न कोही रखवाला दिनहुँ आउने ती दलालहरु खण्डिकृत मेरो अस्तित्व […]