कविताः बाजे र परी

बेगले कालो धुवाँलाई आकाशमा मडारेर हुइकिन्छ बस काठमाडौँवाट धनगढी चाउरिएका, तीन बिस उकालो लागेका बाजे पहाडी गन्ध बोकेर बस्छन् मेरो छेउ । अनि सुरु गर्छन आफ्ना गनथन बह पोख्न थाल्छन् आफ्ना छोरालाई झै इतिहासका अकंहरु पल्ट्याउछन् बैसमा गरेका काउकुति लाग्ने प्रेमलाप पस्कन्छन् । थैलीवाट एउटा सेल रोटी झिक्छन् खाउ भन्दै मलाई दिन्छन् अनि फेरि थाल्छन् […]

मेरो कोख जस्तै बाँझो देश

यो भुगोलको म एक अघोषित बेश्या म शरिर बेच्छु, सपना किन्छु उनिहरु मेरो शरिर किनेर मेरा सपनाहरु लिलाम गर्छन् दिनै पिच्छे हप्तै पिच्छे मेरा सपनाहरु तुहिन्छन् मेरा जिजीबिषाहरु तुहिन्छन् जसरी बर्षै पिच्छे मेरो गर्भ तुहिन्छ म उर्वर भुमि भएर पनि बाँझो खेत न स्थायी किसान न कोही रखवाला दिनहुँ आउने ती दलालहरु खण्डिकृत मेरो अस्तित्व […]

म सक्दिन, आमा कोतर्ने काँडा हसाँउन

तिम्रो नजरमा देखिने विशाल शहरभित्र के नै अर्थ छ र पस्नुको म खित्का छाडेर हाँस्दा छिमेकीलाई ‘डिस्टर्ब’ हुन्छ भने । बरु फिर्ता देउ सानू तिम्रो चोलीमा बाँधिएको मेरो प्रेमको तुनाहरु, तिम्रो चुल्ठोमा सिउरिएको मेरो विश्वासको सुनगाभाहरु, तिम्रो दिलमा सजिएको मेरो दिलको टुक्राहरु । मेरी आमाको चरचर चिरिएको पैतालाको छापहरु अपवित्र लाग्छ भने तिमीलाई । जाउ, […]

गजल

मकै कोदो उमार्नेछौ यिनै पाखा पखेरामा! पसीनाले भिजाएरै उज्यालामा अधेरामा!! तरी जाने छ पक्कै नै अभावैका सबै पीडा, खुशी केही भरीनेछन गरीबैका कटेरामा!! ठुलोसानो बनेका यी छिमेकीका विचार जस्तै, हटी जावोस कु प्रथा त्यो अगेनामा पधेरामा!! हिडेकै थे लुकाएरै परेलामा तिमीलाई , झरी गैछौ जसै आँखा पुगेका थे भगेरामा!! भुली मैले जि’राको थे सबै हासो […]