रोनाल्डोको ह्याट्रिकले बचायो पोर्चुगल, स्पेनसँग बराबर

काठमाडौँ । शुक्रबार राती भएको विश्वकप २०१८ को चौँथो खेलमा दुर्इ युरोपेली महारथीहरू स्पेन र पोर्चुगलबीच बराबरी भएको छ। पुरै खेलअवधीभर ६ गोल भए दुबैले एक अर्काका पोस्टमा ३-३ गोल हाने। पोर्चुगलका तर्फबाट सबै गोल उसको सुपरस्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले गरे। एउटा पेनाल्टीमा, अर्को गोलकिपरको हातैबाट फुस्कने गरी र अन्त्यमा शानदार फ्रि किकमा। रसिया विश्वकपको […]

मोरोक्कोका अजिजको अात्मघाती गोलले इरानलार्इ तीन अंक

काठमाडौँ । खेल बराबरी तर्फ जाँदै थियो । निर्धारित ९० मिनेटको खेल सकिएर पनि थपिएको ६ मिनेटको इन्जुरी टाइमको अन्तिम मिनेट चल्दै थियो। इरानले गोलपोस्ट नजिकैबाट फ्रि किक पायो। एहसान हाजी साफीले प्रहार गरेको फ्रिकिकमा मोरक्कोका सब्स्टिच्युट अजिज बाउहाडोजले हेड गरे। तर उनले हेड गरेको बल सीधै गोलपोस्टमा छिर्यो। छनौट चरणदेखि अपराजित यात्रा जारी राखेको […]

विश्वकप २०१८ मा उरूग्गेको सुखद सुरूवात

काठमाडौँ । विश्वकप २०१८ को दोस्रो खेलमा उरूग्गे विजयी भएको छ । ९० अौँ मिनेटसम्म उरूग्गेलार्इ रोक्न सफल इजिप्टको पोस्टमा उरूग्गेले गोल गर्दै सुखद सुरूवात गर्यो । मध्यान्तरपछि पनि कसैले गोल गर्न नसक्दा खेल बराबरीमा टुङ्गिने लगभग निश्चित झैँ भइसकेको थियो। ९० औँ मिनेटमा उरूग्गेका लागि गिमिनेजले विजयी गोल गरे। योसँगै उरूग्गेले महत्त्वपूर्ण तीन अङ्क […]

विश्वकप उद्घाटन खेलः अायोजक रसियाको सानदार जित (म्याच हाइलाइटसहित)

काठमाडौँ । विश्वकपको उद्घाटन खेलमा बिहीबार आयोजक राष्ट्र रसिया विजयी भएको छ । उद्घाटन खेलमा अायोजक राष्ट्र पराजित नहुने इतिहासलाई कायम राख्दै रसियाले साउदी अरेवियालार्इ ५-० ले पराजित गरेको हो । साउदी अरेबियालाई पराजित गर्दै रसियाले सन् २००२ यता पहिलो विश्वकप खेलमा विजय हासिल गरेको हो। खेल सुरु भएको १२ औँ मिनेटमा गजिन्स्कीले हेडमार्फत् शानदार […]

किन लेखे प्यालेष्टीनी बालबालिकाले यस्तो चिठ्ठी मेस्सीलार्इ

गाजा । नौ जूनमा अर्जेन्टिनाको फुटबल टोली इजरायलसँग मैत्रीपूर्ण खेल खेल्दै छ । यो खेल मैत्रीपूर्ण र विश्वकपको तयारीको लागि त हो नै अर्जेन्टिनाका मानिसहरु यसलाई ‘लक्की खेल’को रुपमा हेरिरहेका छन् । ‘लक्की खेल’ मान्नुको कारण अर्जेन्टिनाले सन् १९८६ मा पनि इजरायल विरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो र त्यो वर्ष ऊ विश्वकप विजेता बनेको थियो […]

ई प्लानेट फुटसल हुने

चितवन । जनकल्याण यूवा क्लब इन्द्रपुरीको आयोजनामा ई–प्लानेट नक आउट फुटसल प्रतियोगिता हुने भएको छ । यहि जेठ २३ गते देखि २६ गतेसम्म हुन लागेको प्रतियोगितमा चितवनका २८ वटा क्लबले सहभागिता जनाउन लागेको भरतपुरमा आईतबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ । भरतपुर ६ इन्द्रपुरी माध्यामिक विद्यालयको प्राङगणमा हुन लागेको प्रतियोगिताको सम्पुर्ण तयारी पुरा […]

आइपीएलमा नेपालको नाम चम्काउने सन्दीप गृहजिल्ला चितवनमा

चितवन । विश्व चर्चित भारतको घरेलु क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग (आईपीएल) खेलेर एकाएक चम्किएका नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने शुक्रवार गृहजिल्ला चितवन आएका छन् । शुक्रवार अपरान्ह उनी बुद्ध एयरमार्फत चितवन आएका हुन् । एक्लै चितवन आएका सन्दीपलाई औपचारिक स्वागतका लागि भने क्रिकेटसंग सम्वन्धित कोही पनि आएनन् । उनलाई भरतपुर विमानस्थलमा दिदी भिनाजुले […]

चितवनमा ग्रेस इन्टर स्कूल सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने

चितवन, चितवनमा ग्रेस इन्टर स्कूल सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । यही जेठ ११ र १२ गते नारायणगढस्थित क्याम्पाचौरमा प्रतियोगिता हुन लागेको हो । लियो क्लव अफ भरतपुरको आयोजनामा हुन लागेको प्रतियोगिता लिग चरणमा हुनेछ । आयोजकले आज भरतपुरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । क्लवका अध्यक्ष विकास कार्कीले […]

उपराष्ट्रपति कप खेल्ने खेलाडको बिदाई

चितवन, जेठ ८ र ९ गते काठमाडौँको दशरथ रंगशालामा हुने प्रथम उपराष्ट्रपति कप खेलकुद प्रतियागिताको प्रदेश स्तरीय खेल खेल्न जाने चितवनको टोलीलाई बिदाइ गरिएको छ । जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले ३३ सदस्यीय टोलीलाई आइतबार बिहान बिहाइ गर्नुभएको हो । मार्सल आर्टको छुट्टै प्रतियोगिता गरेर खेलाडी छनौट गरिएको भएपनि अन्य विधाको खेलमा […]

इस्टर कप इन्टर स्कुल फुटवल प्रतियोगिता हुने

नवलपुर । अभिषेक चर्च देवचुली १६ रजहरको आयोजनामा मंगलबारबाट रजहर स्वास्थ्य चौकी नजिकको खेलमैदानमा इस्टर कप इन्टर स्कुल फुटवल प्रतियोगिता– २०७५ हुने भएको छ । आयोजकले प्रतियोगिताको विषयमा सोमबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो । १२ टिमको सहभागिता रहने यस प्रतियोगितामा पहिलो हुने टिमले ५० हजार, दोस्रो हुनेले २५ हजार र सेमिफाइनलसम्म पुग्ने […]