नेपालसामु भारतको १२१ रनको लक्ष्य

काठमाडौँ, मंसिर १७ । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत पाँचौँ खेलमा भारतले नेपालसामु १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर व्याटिङको निम्तो पाएको भारतले निर्धारित २० अाोभरको खेलमा पाँच विकेट गुमाएर १२० रन बनायो । भारतका लागि शिखा पाण्डेले नटआउट रहँदै सर्वाधिक ३९ रन बनाइन् भने आपनर […]

वार्सिलोना हक्र्युलिससँग बराबरीमा रोकियो

काठमाडौँ । साविकको विजेता बार्सिलोना कोपा डेल रे कपमा हक्र्यूलिससँग बराबरीमा रोकिएको छ । अन्तिम ३२ को पहिलो लेगमा बार्सिलोनाले बी डिभिजन क्लब हक्र्यूलिससँग १–१ को बराबरी खेलेको हो । शनिबार एइल क्लासिको खेल्ने तयारीमा रहेको बार्सिलोनाले अफ्ना तीन फवार्ड लिओनल मेस्सी, नेयमार र लुइस स्वरेजलाई आराम दिएको थियो । खेलको ५२ औं मिनेटमा हक्र्यूलिसले […]

एसियाकप क्रिकेटमा नेपाली महिला टोली लगातार पराजित

काठमाडौँ, मंसिर १४ । थाइल्याण्डमा जारी एशिया कप महिला ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार तेस्रो पराजय ब्यहोरेको छ । मंगलबार भएको खेलमा नेपाल बंगलादेशसँग ९२ रनले पराजित भएको हो । १३४ रनको बिजयलक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ४१ रनमै समेटियो । नेपाली ओपनर सीता रानामगरले मात्रै दोहोरो अंकको रन बनाउन सफल रहिन् । उनले १५ […]

कोलम्विया जहाज दुर्घटना अपडेटः ७६ को ज्यान गयो पाँचको जीवितै उद्दार

काठमाडौँ, मंसिर १४ । ब्राजिली फुटबल खेलाडी बोकेको एउटा विमान कोलम्बियामा दुर्घटना हुँदा ७६ जनाको ज्यान गएको छ । दुर्घटना परी घाइते भएका ५ जनाको उद्दार गरिएको बीबीसीले जनाएको छ । ८१ यात्रु बोकेर बोलिभियाबाट कोलम्बियाको जोसे मारिया कोर्डोभा अन्तर्रा्ष्ट्रिय विमानस्थल जाने क्रममा इन्धन सकिएको कारण स्थानीय समयअनुसार १०ः१५ बजे विमान दुर्घटना भएको हो । […]

ब्राजिली फुटवल खेलाडी बोकेको जहाज कोलम्वियामा दुर्घटना

काठमाडौँ, मंसिर १४ । ब्राजिली फुटबल खेलाडी बोकेको एउटा विमान कोलम्बियामा दुर्घटनाग्रस्त भएको छ । दक्षिण अमेरिकी फुटबल च्याम्पियनशीपको फाइनल खेल्न कोलम्बिया जाँदै गरेको विमान दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जनाएका छन् । ७२ यात्रु बोकेर कोलम्बियाको जोसे मारिया कोर्डोभा अन्तर्राष्ट्रिय विमानस्थल जाने क्रममा इन्धन सकिएको कारण स्थानीय समयअनुसार १०ः१५ बजे विमान दुर्घटना भएको हो । प्रारम्भिक […]

३५ औँ अन्तराष्ट्रिय हात्तिपोलो प्रतियोगीता नवलपरासीमा जारी

 नवलपरासी, मंसिर १४ । नवलपरासीको अमलटारीमा रहेको गुन्द्रही ढकाह मध्यवर्ती सामुदायिक वनको खेल मैदानमा जारी ३५ औँ अन्तर्राष्ट्रिय हात्तिपोलो प्रतियोगितामा आजपनि विभिन्न खेल हुदैंछन् । बिहान एक खेल सम्पन्न भएको छ । आज बिहान भएको पहिलो खेलमा पाउल ग्रीफिन्स युएसए विजयी भएको छ । पाउल ग्रीफिन्स युएसएले हिमालयन टाईगर फाउण्डेशन नेदरल्याण्डलाई ११–३ गोल अन्तरले पराजित […]

एसिया कप टी-२० क्रिकेटः पाकिस्तानसँग नेपाली महिला टोली ९ विकेटले पराजित

काठमाडौँ, मंसिर ११ । एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोली पाकिस्तानसँग् ९ विकेटले पराजित भएको छ । टी–२० महिला एसिया कपअन्तर्गत शनिबार बलियो टोली मानिएको पाकिस्तानसँग नेपाली टोली निरिह बन्यो । निर्धारित २० ओभरको खेलमा नेपाल १८.१ ओभरमै ४७ रन जोड्दै अल आउट भयो । जवाफमा ४८ रनको झिनो लक्ष्य लिएर व्याटिङमा […]

एसियाकपमा नेपाली महिला क्रिकेट टोली पाकिस्तानसँग खेल्दै

काठमाडौँ, मंसिर ११ । टी–२० महिला एसिया कपअन्तर्गत नेपाल आज पाकिस्तानसँग खेल्दै छ । गत असोजमा हङकङमा भएको आइसीसी महिला विश्वकपअन्तर्गत एसिया छनोटमा दोस्रो भएसँगै एसिया कप खेल्न पाएको नेपालले थाइल्याण्डको बैंककस्थित टर्ड थाई क्रिकेट स्टेडियममा पाकिस्तानको सामना गर्न लागेको हो । नेपाली महिला टोलीले एसियाली स्तरमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको यो पहिलो अवसर हो […]

सुरुङ्गा गोल्डकपको उपाधिका लागि रुपन्देही–११ र एपीएफ भिड्ने

झापा, मंसिर ९ । रूपन्देही – ११ झापाको सुरुङ्गामा जारी साहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीवार भएको सेमिफाइनल खेलमा रूपन्देही–११ ले मनाङ मर्स्याङ्दी क्लबलार्इ ट्राइब्रेकरमा पराजित गर्दै फाइनलमा विभागिय टोली एपीएफसँगको भेट पक्का गरेको हो । प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुबै टोलीले गोल हान्न नसके पछि खेलको निर्णय टाइब्रेकरमार्फत लिइएको […]

मेसीको गोलसँगै वार्सिलोना अन्तिम १६ मा

काठमाडौँ । लिओनल मेस्सीको दुई गोल गर्दा साविक विजेता स्पेनिस क्लब बार्सिलोनाले सेल्टिकलाई पराजित गरेको छ । यो जितसँगै बार्सिलोना अन्तिम खेल अघि नै समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले सेल्टिकलाई २–० गोल अन्नरले पराजित गरेको हो । सेल्टिकको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २४ औं […]