अागलागिबाट ५० लाख बराबरको क्षती

धनगढी । धनगढीको अतिव्यस्त बजार ट्राफिक चोकको ‘भट्टराई प्लष्टिक शोरुम’मा गएराति भएको आगलागीबाट झण्डै रु ५० लाख बराबरको व्यापारिक मालसामान जलेर नष्ट भएको छ । शोरुम पछाडिको खुला ठाउँमा राखिएको प्लाष्टिकजन्य व्यापारिक सामानबाट सल्केको आगो शोरुम रहेको दुईतले भवनमा लागेपछि भवनमा समेत ठूलो क्षति पुगेको छ । स्थानीयबासी रामनाथ भट्टराईले चलाएको उक्त शोरुममा भएको आगलागीबाट […]

संकृतीको संरक्षण गर्नु समुदायको पहिलो दायित्व -प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले धर्म संकृती र कला ,साहित्यको संरक्षण गर्नु आम नागरिकको दायित्व हुनुपर्ने बताएकी छन् । प्रमुख दाहालले संकृती हाम्रो पहिचानसंग जोडियकाले यसको संरक्षण र संबर्धनकोलागी समुदायको समान सहभागिता रहनु आवस्यक रहेको बताइन् । जनकल्याण पुस्तकालयको भवन पून निर्माणको अभियानमा सात नम्बर बजार ब्यावस्थापन समिति मधुपुरीमा आयोजित देउसी भैलो तथा […]

सामुहिक गौपूजा गरिँदै

चितवन । देवघाट क्षेत्र विकास समितिको क्षेत्राधिकार भित्र रहेको बागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ गौ संरक्षण केन्द्रले लक्ष्मी पुजाको दिनमा गर्ने सामुहिक गौ पुजा तयारी पुरा भएको पत्रकार सम्मेलन गरि जनाएको छ । बुधबार बागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ गौ संरक्षण केन्दमा पत्रकार सम्मेलन गरि केन्द्रका अध्यक्ष टंक नाथ पौडेलले जानकारी दिनुभएको हो । केन्द्रका […]

चितवनमा २६५ जनामा स्क्रब टाइफसको संक्रमण

चितवन । चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार साउनदेखि अहिलेसम्म २६५ जनामा स्क्रब टाइफस र १८ जनामा डेंगु रोग देखिएको छ । तीमध्ये स्क्रब टाइफसबाट दुई जनाको मृत्यु भइसकेको छ । विगत तीन महिनामा एक हजार ७६ जनामा स्क्रब टाइफसको र ६४४ जना बिरामीमा डेंगुको परीक्षण गरिएको […]

गैँडा मृत फेला

चितवन । सौराहा स्थित बाघमारा मध्यवर्ती सामुदायिक वनमा घाईते अबस्थामा रहेको गैंडा बुधबार मरेको छ । एक महिना अघि एकअर्कासंग जुधेर घाईते भएको सो गैंडा दिउसो साढे एक बजे सो सामुदायिक वनको बोद्रहनी क्षेत्रमा मृत फेला परेको हो । अन्दाजी १५ देखि २० बर्षको सो पोथी गैंडाको एक अर्कासंग जुध्दा घाँटीमा प्वाल परेको थियो । […]

तिहारलाई लक्षित गरी विशेष सुरक्षा योजना

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले चाडपर्बलाई मध्येनजर गर्दे बिशेष सुरक्षा निति अपनाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला शुरक्षा समितिको बैढक बसि बिभिन्न सुरक्षा निति बनाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दिपक थापाले बताउनुभएको छ । चितवनमा राती १० बजेसम्म मात्रै देउँसी भैलो खेल्न पाईने समेत थापाले उल्लेख गर्नुभएको छ […]

चितवन युवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अधिवेशन सम्मेलन

चितवन । नेपाल सरकारका वन भु संरक्षण मन्त्री बिक्रम पाण्डेले पछिल्लो परिबेसमा बिदेशमा युवा पठाउनु र बच्चा जन्माएर सडकमा फाल्नु उस्तै भएको बताउनु भएको छ । चितवन युवा समाज अन्तराष्ट्रिय समन्वय समितिको चौथो अधिबेसन तथा दोश्रो बिश्व सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाली युवालाई देशमै रोजगार दिलाउन नसक्नु दुखद भएको बताउनु भयो । मन्त्री पाण्डेले […]

प्रधानमन्त्री देउवाले चिन्न नसकेकी एक माअोवादी मन्त्री, अरू सबै विनाविभागीय बन्दा यीनलार्इ किन बनाइएन् ?

काठमाडौं । मंगलबार नेपालको राजनीतिमा एकाएक फेरवदल देखियो । राजिनामा दिने मुडमा पुगेका माअोवादी मन्त्रीहरू राजिनामाको घोषणा गर्न छाडेर सरकारमै बस्ने निर्णय गरे । लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार माओवादी मन्त्रीहरुलाई छानीछानी जिम्मेवारीबाट हटाएर विनाविभागीय बनाए । प्रधानमन्त्री देउवाको तारोमा माअोवादी मन्त्रीहरू परे पनि माअोवादीकी एउटी मन्त्री भने भाग्मानी सावित भइन् । उनलार्इ प्रधानमन्त्री देउवाले […]

लिंग पहिचान गरी गर्भपतन गराउनेको संख्या बढ्दो

चितवन । मध्यम वर्गीय परिवारका व्यक्तिहरुले लिङ्ग पहिचान गरि गर्भ पतन गराउने गरेका सरोकारवालाहरुले बताएका छन् । चितवनको भरतपुरमा आयोजना गरिएको लिङ्ग पहिचानको आधारमा गरिने गर्भ पतन तथा यसले समाजमा पार्ने असर र रोकथाम सम्बन्धी अन्तरक्रियाका वक्ताहरुले शिक्षित र मध्यम वर्गीय परिवारमा गर्भपतनको समस्या विकराल रहेको बताए । लिङ्ग पहिचान गरेर गरिने गर्भपतन व्यक्तिको नियतसँग […]

चोरिएका मोटरसाइकल नियन्त्रणका लागि चितवन प्रहरीको अभियान

चितवन । अन्य जिल्लाबाट चोरिएका मोटरसाइकल चितवनमा ल्याएर बिक्री गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । काठमाडौँ, मकवानपुर, पोखरासहित देशका मुख्य सहरी क्षेत्रबाट मोटरसाइकल चोर्ने र चितवनमा ल्याएर बिक्री गर्न चितवन प्रहरीले विशेष अभियान नै सञ्चालन गरेको छ । दसैँ र तिहारकोबीचमा काठमाडौँलगायत देशका अन्य ठाउँबाट चोरेर ल्याइएका मोटरसाइकल सहित केही व्यक्तिलाई […]