पहिलो पटक बाल महोत्सव हुँदै

झापा । नेपालकै पहिलो बाल महोत्सव पूर्वी नेपालको झापामा हुने भएको छ । उज्यालो बाल क्लब लखनपुरको आयोजनामा माघ १४ देखि १६ गतेसम्म बाल महोत्सव हुने  अायोजकले जनाएको छ । महोत्सवमा करिब डेढ लाखको सहभागिता रहने अपेक्षा गरिएको मुल समारोह समितिका संयोजक सन्तोष भण्डारीले जानकारी दिए । महोत्सव झापाको लखनपुरस्थित रंगशालामा हुने छ । महोत्सवमा […]

सत्तारूढ गठबन्धनलार्इ धक्काः गच्छदार भन्छन् यथास्थितीमा संशोधन पारित हुन्न

विराटनगर । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन् । उनले यथास्थितिमा संशोधन पारित नहुनेसमेत बताए । विराटनगर विमानस्थलमा आज साँझ पत्रकारसँग कुरा गर्दै उनले झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका विषयमा संशोधनको प्रस्ताव मौन रहेकाले सो प्रस्ताव अधुरो र अपुरो रहेको बताए । आठ प्रदेश […]

अवैध यौनजन्य क्रियाकलमा संलग्न चार भारतीयसहित अाठ पक्राउ

झापा । जिल्लाको बिर्तामोडस्थित नयाँ बसपार्कबाट अवैध योनजन्य क्रियाकलापमा संलग्न ८ जनालार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका मध्ये चार जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । त्यस्तै चार जना महिला यौनकर्मी रहेका छन् । पक्राउ पर्नेमा भारत विहारका २८ वर्षीय रुपेश कुमार, २७ वर्षीय विशाल कुमार, २४ वर्षीय गौरवकुमार रौवन र […]

जिप दुर्घटनामा दुईको मृत्यु

उदयपुर । सिद्धिचरण लोकमार्गअन्तर्गत हर्देनी गाविस–३ गहुँबारीमा शुक्रबार साँझ एउटा बलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारीबाट गहुँबारीतर्फ जाँदै गरेको स १ ज ४०९ नंको जिप दुर्घटनामा मृत्यु हुनेमा हर्देनी–१ का ३४ वर्षीय टङ्कबहादुर बस्नेत र ३२ वर्षीया भीमकुमारी राउत छन् । सो दुर्घटनामा […]

संशोधन विधेयक पारित नभए निर्वाचन हुन्नः महतो

मोरङ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राजनीतिक समस्या समाधान नभएसम्म मुलुक अगाडि बढ्ननसक्ने बताए । जिल्लामा भएको पत्रकार सम्मेलनमा बोल्ने अध्यक्ष महतोले संविधान संशोधन प्रस्ताव पारित नहुँदा सम्म निर्वाचन हुन नसक्ने बताए । उनले विगत १० वर्षदेखि मधेसको समस्यालाई अल्झाएर राखिएको समेत अारोप लगाए । मधेसको जनतालाई शासनको अनुभूति दिनका लागि मधेस र पहाडलाई […]

सेल्फी खिच्दा गयो ज्यान

झापा । पछिल्लो समयमा सेल्फी खिच्दा ज्यान जाने क्रम बढेको छ । नेपालमा पनि यस्ता घटना भएका छन् । मेची राजमार्गअन्तर्गत कोल्बुङ–२ मा सेल्फी खिंच्दै गरेका फिदिम नगरपालिका–१ का विशाल सम्वाहाम्फेको शुक्रबार साँझ ज्यान गयो । बाटोमा सेल्फी खिच्दै गरेका उनको बसको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । फिक्कलबाट बिर्तामोडतर्फ आउँदै गरेको […]

रेमिट्यान्सले संकटमा परेको समाजिक मान्यता (भिडियो सहित)

संकटमा पनि अर्थतन्त्रको मेरुदण्ड बनेको भनिएको ‘रेमिट्यान्स’ को सामाजिक मूल्य असाध्यै महङ्गो हुँदैछ । नेपालमा पारिवारिक विघटन र अपराधको स्रोत बन्दैछ विदेशको रोजगारी, कसरी ? पाँचथर र रोल्पाको कथा । २०७२ पुस पहिलो साता पाँचथर रानीगाउँ-२ का सोमबहादुर सम्बाहाम्फे दुई वर्ष कतारमा काम गरेर घर फर्कने  तयारीमा थिए । टिकटको टुंगो लागिसकेपछि उनले श्रीमती सरितालाई […]

बस सञ्चालकलार्इ कुटपिट गरेको विरोधमा अनिश्चितकालिन बन्द

भोजपुर । यात्रुबाहक बसका सञ्चालकलाई कुटपिट गरेको भन्दै यहाँका व्यवसायीले यातायात बन्द गराएका छन् । संयुक्त बस व्यवसायी सङ्घ भोजपुर, सगरमाथा ट्याक्सी व्यवसायी सङ्घ, ट्र्याक्टर सङ्घ, नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्गठनलगायतले प्रेस विज्ञप्ति जारी गर्दै अनिश्चितकालिन यातायत बन्द गराएका हुन् । शनिबार धरानबाट भोजपुर आउँदै गरेको ना ४ ख ७३१७ नं […]

सातौँ राष्ट्रिय खेलकुदमा सात स्वर्णसहित सेना पहिलो स्थानमा

झापा । पूर्वाञ्चलमा जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अहिलेसम्म नेपाली सेनाको त्रिभुवन अार्मी कल्ब सात स्वर्णसहित पहिलो स्थानमा छ । प्रतियोगिता अन्तर्गत धुलाबारीमा आइतबार दोस्रो दिन जुडो खेलमा नौ वटा स्वर्ण पदकको छिनोफानो भएको छ । उक्त प्रतियोगितामा नेपाली सेनाले पाँच, नेपाल प्रहरीले तीन तथा मध्यपश्चिमले एउटा स्वर्ण पदक जितको छ । हालसम्म छिनोफानो भएका […]

देश टुक्र्याउने षड्यन्त्र भएको कमल थापाको दाबी

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय स्वाभिमानलार्इ कमजोर हुन नदिने बताएका छन् । उनले अहिले विद्यमान अवस्थामा विखण्डनकारीबाट देश टुक्र्याउने डरलाग्दो खतरा बढेको भन्दै उनले यस्तो बताएका हुन् । जिल्लाको बिर्तामोडमा भएको वृहत हिन्दुत्व जागरण तथा एकता सभामा बोल्दै अध्यक्ष थापाले देश विद्यमान अवस्थामा भुसको आगोमाथि उभिएको बताउँदै देशको अखण्डतालाई अक्षुण्ण राख्नु […]