माघभित्र सबै प्रदेशसभाले सभामुख पाउने यस्ता छन् अाकांक्षी

काठमाडौँ । भोलीसम्ममा सबै प्रदेशका प्रदेशसभाको पहिलो बैठक सम्पन्न हुने छन् । प्रदेशसभाले माघभित्रमा सबै प्रदेशमा सभामुखको टुंगो लगाइसक्ने छ । यस्तोमा सभामुखका अाकांक्षीहरूको दौडधुप सुरू भइसकेको छ । सभामुख बन्नका लागि अाकांक्षीहरू केन्द्रीय नेतृत्वसँगको लविङमा जुटेका छन् । सात मध्ये ६ प्रदेशमा सभामुख र उपसभामुख बाम गटबन्धनले जित्ने पक्का छ । यी प्रदेशमा बाम […]

प्रदेश १ को पहिलो प्रदेशसभा बैठकको तयारी, २९ माघमा सभामुखको निर्वाचन

मोरङ । प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक २२ माघमा बस्दै छ । बैठकको लागि तयारी तिब्र पारिएको छ । यसैबीच शनिबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको बैठकले बैठक सञ्चालनका लागि कार्यसूती तय गरेको छ । कार्यसूची अनुसार प्रदेशको सभामुख, उपसभामुखको निर्वाचनको मिति निर्धारण गरेको छ । प्रदेश नं १ का ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीको अध्यक्षतामा […]

प्रदेश १ ः प्रदेशसभाको पहिलो बैठकका लागि तयारी तिब्र

मोरङ । प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा प्रदेशसभाको पहिलो बैठकका लागि तयारी तिब्र पारिएको छ । प्रदेशसभाको बैठकको मिति नजिकिँदै गर्दा बैठकका एजेण्डाहरूबारे छलफल सुरू भएको छ । संसद बस्ने भवनको मर्मतको काम भैरहेको छ । विराटनगरमा रहेको जिल्ला समन्वय समितिको भवनलाई संसद सभाहलका लागि तयारीलाई तीव्र बनाइएको हो । हलको रंगरोगन, एसी तथा […]

बालिकामाथि बलात्कारको अर्को घटनाः प्रहरीकै दबाबमा बलात्कारीलार्इ उन्मुक्ती

इटहरी । राजधानीको दरबारमार्गमा भएको सामुहिक बलात्कारको घटनाले सबैको ध्यान तानिरहेका बेला इटहरीमा यस्तै घटनामा भने गुपचुप रूपमै अपराधीलार्इ उन्मुक्ति दिइएको छ । प्रहरीले बलात्कारका घटना गुपचुपमै मिलाएर अपराधीलाई प्रोत्साहित गरिरहेको अर्को घटना सार्वजनिक भएको हो । कथित प्रेमी र उनका साथीबाट होटलमै बलात्कृत भएकी १४ वर्षीया बालिकाका अभिभावकलाई स्थानीय प्रहरीले उल्टै धम्क्याई ‘मिलापत्र’ गराएको […]

देशकै होची महिलालाई सामाजिक सुरक्षा भत्ता

मोरङ । नेपालकै होची महिलालार्इ सामाजिक सुरक्षा भत्ता प्रदान गरिने भएको छ । मोरङको सुन्दर हरैँचा नगरपालिकामा देशकै होची महिला फेला परेको दाबी गरिएको छ । सुन्दर हरैँचा नगरपालिका–४ निवासी रमेशप्रसाद मुररकी १९ वर्षीया छोरी मालती ऋषिदेव देशकै होचो महिला भएको दाबी गरिएको हो । १४ किलो तौल रहेकी मालतीको उचाइ ३२ इन्च छ । […]

प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक माघ २२ मा

मोरङ । प्रदेश १ को पहिलो प्रदेशसभा बैठक माघ २२ गते बस्ने भएको छ । प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङका अनुसार माघ २२ गते अपराह्न १ बजेदेखि प्रदेशसभाको पहिलो अधिवेशन सुरू हुने छ । सोमबार प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेश प्रमुख तुम्बाहाङले आज यस्तो जानकारी गराएका हुन् । कानुनविद्सँग परामर्श गरी […]

८ वर्षिया बालिकाको बलात्कारपछि हत्या

खोटाङ । खोटाङमा खोलाको बगरमा एक वालिकाको शब फेला परेको छ । जिल्लाको जिमचिमा खोलामा एक ८ वर्षीया एक बालिकाको शब फेला परेको हो । बालिकाको बलात्कार पछि हत्या गरिएको खुलासा बताइएको छ । घटनाको आशंकामा पक्राउ परेका पाथेकाका १६ वर्षीय जीउधन राईले बालिकाको बलात्कारपछि हत्या गरेर बगरमा गाडेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी […]

पाँचथरमा जीप दुर्घटनामा दुईको मृत्यु

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका वडा नं ३ ओयामको भञ्ज्याङमा शुक्रबार राति जिप दुर्घटना हुँदा दुर्इ जनाको मृत्यु भएको छ । ओयामबाट फिदिमतर्फ आउँदै गरेको ग१ज ६०८५ नंको जीप गए राति ११ बजेतिर बे्रक फेल भएर सडकबाट करिब ३०० मि तल खसेर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी सवारी चालक स्थानीयवासी १८ वर्षीय प्रवेश योङ्या […]

काठमाडौँबाट झापा जाँदै गरेको जीप दुर्घटना ६ को मृत्यु

धनुषा । काठमाडौंबाट झापा जाँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बा ९ च ३३१४ नम्बरको जीप धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ कमलापुल नजिकै शनिबार बिहान २ः३० बजे दुर्घटना दुर्घटना हुँदा अन्य ४ जना ङाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार दुर्घटनामा परी संखुवासभाका नयाँराज जिमी, मोरङकी शारदा रेग्मी […]

झापा कारागारका एक कैदीको मृत्यु

झापा । झापा कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मुटु रोगी रहेका कैदी ४१ वर्षीय नवराज श्रेष्ठको उपचारका क्रममा काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।