सप्तरी घटनाको चौविस घण्टा वित्न नपाउँदै प्रधानमन्त्रीले सिडिअो र एसपीलार्इ काठमाडौँ झिकाए

काठमाडौँ । प्रमुख विपक्षी दल एमालेको सभालाई लिएर मधेसी मोर्चा र प्रहरीबीच भएको हिंसात्मक घटनामा चार जनाको मृत्यु र दर्जनौं घाइते भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई काठमाडौं बोलाएका छन् । प्रधानमन्त्री दाहालले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई फोन गरेर प्रमुख जिल्ला अधिकारी उद्धवप्रासद तिमल्सिना र प्रहरी उपरीक्षक (एसपी) दिवेश […]

सप्तरी घटनापछि तनाबमा मधेसः दुर्इ दिन बन्द तीन दिन अभियान स्थगित

काठमाडौँ । सप्तरी घटनापछि सोमबार साँझ बसेको मोर्चाको आपत्कालीन बैठकले मंगलबार र बुधबार मधेस बन्द गर्ने निर्णय गरेको छ । सप्तरीमा प्रहरीको गोली लागेर चारजनाको निधन भएपछि मोर्चाले एमालेको मेची–महाकाली राष्ट्रिय अभियान गलत भएको टिप्पणी गरेको छ । मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिएको भनिए पनि औपचारिक विज्ञप्तिमा यो विषय उल्लेख छैन । […]

सप्तरी घटनाबारे प्रजिअको बयानः वाध्य भएर प्रहरीले गोली चलायो

सप्तरी । सप्तरिमा सोमबार भएको झडपका क्रममा चार जनाको मृत्यु भएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनका अनुसार प्रहरीले वाध्य भएर गोली चलाएको हो । राजविराजका भएको झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ता आक्रमक बनेपछि प्रहरीले बाध्य भएर प्रतिकार गरेको प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले जानकारी दिए। मधेसी मोर्चा कार्यकर्ता एमालेको कार्यक्रम स्थलमा जाने […]

सप्तरीमा प्रहरीद्वारा गोली प्रहार चारको मृत्यु

सप्तरी । सप्तरीमा भएको प्रहरी र सुरक्षाकर्मीबीच भएको झडपमा परी चार जनाको मृत्यु भएको छ । नेकपा एमालेले गरेको मेची-महाकाली अभियान अन्तरगत राजविराजको औद्योगिक क्षेत्रमा भएको सभा विथोल्ने खोज्ने मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपमा गोली चलेसँगै मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको हो । झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले गुलेलीका साथै […]

एमालेलार्इ रोक्न मोर्चाको प्रदर्शन

राजविराज । एमालेको मेची-महाकाली अभियान रोक्न भन्दै बन्द आहृवान गरेको मधेसी मोर्चाका कार्यकर्ताहरुले सोमबार विहानैदेखि प्रदर्शन थालेका छन् । मधेसी मोर्चाका कार्यकर्ताले राजविराज, कञ्चनपुर, भारदह लगायतका क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले पूर्व-पश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताले शम्भुनाथ नगरपालिकामा झण्डै आधा दर्जन सवारी तोडफोड गरेका छन् । […]

एमालेलार्इ रोक्न २६ गते रौतहट बन्द

रौतहट । नेकपा एमालेप्रति रहेको भ्रम चिर्नका लागि एमालेले सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानको विरुद्धमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले रौतहट बन्दको घोषणा गरेको छ । मधेशी मोर्चा रौतहटको शनिबार बसेको बैठकले आगामी २६ गते अर्थात बिहीबार रौतहट बन्द गर्ने र बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस निकालिने निर्णय गरेको मोर्चाका एक नेताले जानकारी दिए । एमालेको मेची–महाकाली […]

कागजमै सिमित निजगढ विमानस्थल कसले बनाउने भन्नेमा सरकार नै अनिर्णीत

काठमाडौँ । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले निर्माण तीव्रता पाउँदै गर्दा राष्ट्रिय गौरवको योजनामा रहेको बाराको निजगढ विमानस्थल निर्माणले भने गति लिन सकेको छैन । अहिले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ । त्यस्तै, पोखरा विमानस्थलको निर्माण पनि अगाडि बढेको छ । तर, राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निजगढ विमानस्थल भने कागजमै सीमित छ । नेपालको विमानस्थलको […]

धनुषामा एमाले रोक्ने अभियानमा मोर्चा २५ गते धनुषा बन्द

धनुषा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेकपा एमालेको मेची महाकाली यात्रालार्इ धनुषामा अवरोध गर्ने भएका छन् । मोर्चाले एमालेले जनताबीच द्वन्द्व बढाउने मनसायले मधेस पस्न खोजेको भन्दै प्रतिवाद गर्ने तयारी गरेको बताएको छ । मधेसी मोर्चाका संयोजक सतिशकुमार लाल दासले जारी गरेको विज्ञप्ति जारी गरी २५ गते धनुषामा आम हडताल आहृवान गरेको छ । झापाबाट सुरु भएको […]

गृहजिल्लामै माधव नेपाललार्इ अवरोध

रौतहट । एमाले नेता माधवकुमार नेपाललार्इ उनको अाफ्नै गृहजिल्ला रौतहटमा कार्यक्रममा अवरोध गरिएको छ । एमालले आयोजित कार्यक्रममाथि मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भयो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा गौर पुगेका नेता नेपालले मधेसी मोर्चा सम्वद्ध दलका कार्यकर्ताको विरोधको सामना गर्नुपर्यो । माधव नेपाल जिल्ला आउने भएसँगै मोर्चाका कार्यकर्ताहरु गौरको विपी चोकमा […]

मोर्चाको बन्दका कारण जनजीवन प्रभावित

काठमाडौँ । सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन घोषणा गरेको विरोधमा आन्दोलित भएका मधेसी मोर्चाले बुधबार मधेस बन्द गरेको छ । मधेस बन्दको क्रममा जनकपुरमा बिहानैदेखि मोर्चाका नेता कार्यकर्ताले मोटरसाइकलमा र्याली प्रर्दशन गर्दै पसल, बजार, शैक्षिक संस्थान र यातायात ठप्प बनाएका छन्। मोर्चाका कार्यकर्ताहरुले नगरका विभिन्न स्थानमा टायर बालेर विरोध प्रर्दशन गरेको छ । […]