सात जनाको हत्याका अभियुक्त पक्राउ

महोत्तरी । सात जनाको हत्या तथा दर्जनौँ साङ्गठनिक अपराधमा संलग्न रहेका एक अभियुक्तलार्इ प्रहरीले पक्राउ गरेको छ । उनलार्इ प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । नेपाल प्रहरीको उच्च खोजीको सूचीमा परी फरार रहेकामा बथनाहा गाविस–४ का दीपेन्द्र ठाकुरलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी महोत्तरी, धनुषा, […]

हात्तीको अाक्रमणबाट एकको मृत्यु

सप्तरी । जंगली हात्तीको आक्रमणबाट सप्तरी भारदहमा एक जनाको मृत्यु भएको छ । मृत्य हुनेमा रघुनाथ खंगको प्रहरीले जनाएको छ । शनिबार राति कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीले घर भत्काउन थालेपछि खंग भाग्न लागेका थिए । तर हात्तीले उनको पिछा गर्दै घरनजीकैको बारीमा कुल्चिएपछि खंगको मृत्यु भएको स्थानीय वताएका छन् । ६५ बर्षका खंगको […]

गिरानचौर पछि महोत्तरीको बर्दीबासमा मुसहर बस्ती बनाउँदै धुर्मुस सुन्तली

काठमाडौँ, पुस ६ । भूकम्प पीडितहरूको लागि दुर्इ वटा एकीकृत बस्ती निर्माण गरेका हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले महोत्तरी जिल्लामा तेस्रो एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् । भूकम्पपीडितका लागि दुईवटा एकीकृत नमूना बस्ती निर्माण गरिसकेको धुर्मुस सुन्तली फाउन्डेशनले भिडियो सार्वजनिक गर्दै मानवता र सद्भावका लागि सहयोगका लागि अपील […]

चिसोले कठ्याङ्गिएर एक जनाको ज्यान गयो

पर्सा, मंसिर २६ । चिसोले कठ्याङ्गिरएर जिल्लामा एक जनाको ज्यान गएको छ । जिल्लाको सेढवा गाविस–१ निवासी ४५ वर्षीय प्रभुराम चमारको गएराति ज्यान गएको प्रहरीले जनाएको छ । गाउँ नजिकैको नालामा मदिरा सेवन गरी लडेका चमारलाई उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । […]

चार बुँदे सहमतिसँगै तिवारीले अनशन तोडे

सप्तरी, मंसिर २५ । राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल सुधारको माग राख्दै १८ दिनदेखि अनसनरत विकास तिवारीले अनसन तोडेका छन् । स्वास्थ्य मन्त्री गगन थापाले अनशन स्थल पुगेर उनका माग पुरा गर्ने प्रतिवद्धता जनाएपछि उनले अनसन तोडेका हुन् । उनलाई पोषण पुर्नस्थापना केन्द्रमा भर्ना भएकी सप्तरीको कोचाबखारी गाविस ५ लोखरम टोल निवासी १४ बर्षीया कुपोषित बालिका […]

चिसोका कारण एक सताका लागि विद्यालय बन्द

पर्सा, २५ मङ्सिर । जाडो याम सुरू भएसँगै बढेको शितलहर र चिसोका कारण यहाँको जनजीवन प्रभावित भएको छ । त्यस्तो अत्याधिक जाडो बढेपछि यहाँका विद्यालयहरू एक साताका लागि बन्द गराएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको अध्यक्षतामा शुक्रबार बसेको दैवी प्रकोप व्यवस्थापन समिति पर्साको बैठकले एक साताका लागि जिल्लाका सबै विद्यालय बन्द गर्न […]

अनसनमा बसेका तिवारीलार्इ भेट्न स्वास्थ्यमन्त्री राजविराज जाने

काठमाडौँ, मंसिर २४ । स्वास्थ्य मन्त्री गगन थापाले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल परिसरमा १६ दिनदेखि अनशनमा बसेका विकास तिवारीलार्इ भेट्ने भएका छन् । नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का महासचिव तिवारीलाई मन्त्री थापाले शनिबार भेट्ने भएका हुन् । पटक-पटक वार्ता गर्दा पनि आफ्नो माग सम्बोधन गर्न सम्बन्धित पक्ष गम्भीर नएभएको भन्दै उनी विगत १६ […]

तिवारीको माग प्रति गोविन्द केसीको एेक्वयद्धता

काठमाडौँ । प्रा.डा.गोविन्द केसीले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको अवस्था र स्वास्थ्य सेवामा सुधारको माग गर्दै १६ दिनदेखि आमरण अनशन बसेका विकास तिवारीका मागप्रति ऐक्यबद्घता जनाएका छन्। डा.केसीले जनताको स्वास्थ्य उपचारमा प्रत्यक्ष सरोकार राख्ने मागहरू अविलम्ब पूरा गरी तिवारीको जीवन रक्षा गर्न सरकारसमक्ष आग्रहसमेत गरेका छन्। तिवारीले अस्पतालको अव्यवस्था, गडबडी लगायतको छानबिन गर्न डा.केसीको […]

अनशन १६ अाैँ दिन अझै देखेन सरकारले

राजविराज । नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का नेता विकास तिवारीले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल परिसरमा अनशन सुरु गरेको १६ दिन पुगे पनि उनका मागप्रति सरकारले वास्ता गरेको छैन। राज्यको बेवास्ताले कुनै बेलाको व्यवस्थित सगरमाथा अञ्चल अस्पताल ‘रेफरल सेन्टर’ मा परिणत भएको भन्दै सुधारका लागि उनले मंसिर ८ देखि आमरण अनशन थालेका हुन्।  राज्यको […]

ट्र्याक्टरको ठक्करबाट महिलाको ज्यान गयो

महोत्तरी, मंसिर २३ । जिल्लाको धिरापुर गाविसमा बुधबार ट्र्याक्टरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । मृत्यु भएको छ । वनबाट आफ्नो घर जाँदै गरेकी मटिहानी–५ बस्ने प्रगास यादवकी पत्नी ४२ वर्षीया पुकारीदेवी यादवलार्इ धिरापुरबाट मटिहानीको विग्ही नदीमा माटो लिन जाँदै गरेको ज १ त २३०९ नंको ट्र्याक्टरले धिरापुर–९ स्थित बाटोमा पछाडिबाट ठक्कर दिँएको थियो […]