माअाेवादी केन्द्रको पाँच नं. प्रदेशको कमाण्ड रोल्पाका अनन्तले समाल्दै

काठमाडौँ, मंसिर २१ । संविधान संशोधन विधेयकको विरोधमा प्रदेश नं. पाँचमा अान्दोलनमा चर्किएको छ । यही अवस्थामा सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले पाँच नं. प्रदेशको कमाण्डरको रूपमा पूर्व जनसेनाका डेपुटी कमाण्डर वर्षमान पुन अनन्तलार्इ जिम्मेवारी दिएको छ । मंगलबार बसेको माअाेवादी केन्द्रको पोलिटव्यूरो बैठकले प्रदेश इञ्चार्ज र प्रदेश संयोजक चयन गरेको छ । जसमा […]

सिरहामा नौ सय ७५ जना फोरम नेपाल प्रवेश

सिरहा, मंसिर २१। सिरहामा ९ सय ७५ जनाको ठूलो समूह संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी सिरहाका प्रभावशाली नेता कार्यकर्ताहरुको ठूलो समूह फोरम नेपाल प्रवेश गरेको हो ।   पार्टी प्रवेश गर्नेमा अधिकांश अञ्चल स्तरीय नेतादेखि क्षेत्रीय उपाध्यक्ष, पूर्व गाविस अध्यक्ष, वडा अध्यक्ष, […]

हरिणसँग मोटरसाइकल ठोक्किर लडेको मोटरसाइकलार्इ ट्रकले किच्यो चालको ज्यान गयो

गौशाला, मंसिर २१ । पूर्व—पश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको लक्ष्मिनियाँ जङ्गलमा सोमबार बाटो काट्दै गरेको हरिणसँग मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । मोटरसाइकल चालक धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका—२४ बस्ने ३० वर्षीय रोहितकुमार महतोको ज्यान गएको  रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिए । पूर्वबाट स ४ प २९६७ नम्बरको मोटरसाइकलमा चढी […]

सप्तरी जिल्ला प्रशासनमा बम राख्ने गोइत समूहका दुर्इ जना पक्राउ

सप्तरी, मंसिर २० । जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रेसर कुकर बम राखेर आतंक मच्चाउने जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी (गोइत समुह) का दुई जनालार्इ प्रहरीले प्रकाउ गरेको छ । उनीहरूले गत १२ गते जिल्ला प्रशासन कार्यालयमा बम राखेका थिए । बम सेनाको डिस्पोजल टोलीले निस्क्रिय पारेको थियो । घटनाको सुक्ष्म अनुसन्धानपछी सिराहाको गौरिपुर–५ बस्ने नथुनी […]

छुट्टाछुट्टै दुर्घटनामा दुर्इ जनाको ज्यान गयो

धनुषा, मंसिर १९ । जिल्लामा भएका दुर्इ छुट्टाछुट्टै दुर्घटनामा दुर्इ जनाको ज्यान गएको छ । जकपुर–ढल्केवर सडक खण्ड अन्तर्गत क्षिरेश्व्रनाथ नगरपालिका हरैयामा ढल्केवर तर्फबाट जनकपुर तर्फ आउँदै गरेको ज १ त ६६८९ नम्बरको ट्याक्टर र सोहि दिशाबाट आउँदै गरेको ज १ च १२०२ नम्बरको स्कारपिओ अकआपसमा ठोक्किँदा ट्याक्टर चालक धनुषा मिथिला नगरपालिका २ नक्टाझिजका ३० […]

पाँच नं. प्रदेश नटुक्र्याउँ भन्नेलार्इ प्रचण्डको प्रस्तावः दुर्इ नं. प्रदेशमा पनि पहाड मिसाउँ

काठमाडौँ, मंसिर १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच नं. प्रदेश विभाजन गर्दा राष्ट्रघात हुने भए एमाले अध्यक्ष केपी ओलीले संविधान बनाउँदा २ नं. प्रदेश दिएर ठूलो राष्ट्रघात गरेको अारोप लगाएका छन । शनिवार नेपाल टेलिभिजको कार्यक्रम ‘सिधा प्रश्न प्रधानमन्त्रीसँग’ मा बोल्दै उनले यस्तो अारोप लगाएका हुन् । उनले प्रमूख प्रतिपक्ष दल नेकपा एमाले संविधान […]

सशस्त्र क्रान्तिको कमाण्डर देखि सरकारी जागिरे सम्म

काठमाडौँ । २०६३ मा ललितपुरको कान्तिपुर इन्जिनियरिङ कलेजबाट स्नातक गरेपछि सप्तरीको तिलाठी–१ का राजीवकुमार झा तराईको सशस्त्र आन्दोलनमा होमिए । यसले गाउँकै माध्यमिक विद्यालयमा प्रधानाध्यापक रहेका पिता अमरनाथ झालाई निकै चिन्तित बनायो । सशस्त्र संघर्षमा राजीव ‘उत्कर्ष मुक्ति’ नामले चिनिए । तर तिनै राजीव अहिले नेपाल सरकारको अधिकृत बन्दा पिता अमरनाथ र परिवार दंग छन् […]

अपहरण मुद्दामा प्रहरी जवानसहित पाँच जनालार्इ जेल सजाय

पर्सा, मंसिर १७ । अपरहणको मुद्दामा प्रहरी जवानसहित ५ जनालार्इ जेल सजाय भएको छ । जिल्ला अदालत पर्साले बिहीबार अपहरणको आरोप लागेका प्रहरी जवानसहित पाँचजनालाई दोषी ठहर गरी नौवर्ष कैद तथा जनही रु पाँच लाख ५० हजार जरिवाना गरिएको छ । न्यायाधीश राजेन्द्र नेपालको इजलासले उनीहरूलार्इ वीरगन्ज उपमहानगरपालिका–१९ नगवा बस्ने राजेशकुमार साहलाई अपहरण गरी रु […]

रामदेवको फोन पछि वीरगञ्ज पुगे प्रचण्ड

वीरगञ्ज, मंसिर १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड योग गुरू रामदेवको विशेष आग्रहपछि वीरगञ्जमा जारी योग विज्ञान शिविरमा सहभागिहुन वीरगञ्ज पुगेका छन् । प्रधानमन्त्री प्रचण्डलार्इ रामदेवले अाइतबार फोन गरी विशेष अाग्रह गरेपछि उनी वीरगञ्ज पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड संविधान संशोधन लगायतका गृहकार्यमा व्यस्त भएपछि सो शिविरमा सहभागि नहुने बताएका थिए । तर, रामदेवले टेलिफोन […]

राष्ट्रिय समस्याको सम्बोधन नगर्ने संशोधन प्रस्ताव नमान्ने यादवको चेतवनी

सप्तरी, मंसिर ८ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय समस्याको समाधान नहुने गरी ल्याइने संविधान संशोधन प्रस्ताव मान्य नहुने बताएका छन् । पार्टी निकट पत्रकारहरूको संगठन संघीय प्रेस फोरमले राजविराजमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । राजधानीमा मोर्चा र सरकारबीच संविधान संशोधनको प्रस्ताव अगाडि बढाउने सहमति भएकै समयमा संघीय गठबन्धनका […]