राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

विराटनगर, कार्तिक २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकास योजनाहरू समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । पूर्वी क्षेत्र र मोरङ जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुलाई सामुहिक निर्देशन दिँदै प्रचण्डले भने, ‘राष्ट्रिय गौरवका आयोजना समयभन्दा अगावै सम्पन्न गर्न म क्रियाशील छु। मैले देशको समृद्धिलाई केन्द्रमा राखेर काम गर्न विशेष निर्देशित गर्दछु।’ विकासका दृष्टिले नेपाल पछि परे […]

किर्ते गरी नागरिकता लिने पक्राउ

सुनसरी, कार्तिक २६ । जिल्ला प्रशासन कार्यालय सुनसरीबाट झुट्टा विवरण पेस गरी नागरिकता लिने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मध्येहर्षाही–७ घर भई अहिले सप्तरी कटैया–४ मा बस्दै आएका ३३ वर्षीय इन्द्रदेव भन्ने उमेशकुमार दासलार्इ पक्राउ गरेको हो । उमेशले सुनसरीको पश्चिमकुशाहा–९ वस्ने ससुरा सहदेव दास र सासू अनारदेवी दासलाई बुबाआमा बनाई नागरिकता […]

पटेलको नेतृत्वमा तरूण दल पर्सा

पर्सा, कार्तिक २६ । नेपाल तरूण दल पर्साको अध्यक्षमा वीरेन्द्र पटेल चयन भएका छन् । दुई महिना लामो छलफल पछि पटेलको नेतृत्वमा जिल्ला समिति निर्विरोध चयन भएको हो । समितिको उपाध्यक्षमा आनन्द चौधरी, सचिवमा विवेककुमार चौरसिया, कोषाध्यक्षमा बालिस्टर साह कानुलाई सर्वसम्मत चयन भएका छन् । त्यस्तै, जिल्ला बाट केन्द्रीय पार्षदहरूमा हुकुम सिंह, महिला केन्द्रीय पार्षदमा […]

मोर्चाको मागका बारेमा ठोस प्रस्ताव आएनः गच्छदार

मोरङ, कार्तिक २० । मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले मधेसी मोर्चाले उठाएका मागमा ठोस कुरा नै नभएको अारोप लगाएका छन् । गच्छदारले मोर्चाका मागका विषयमा ठोस प्रस्ताव नआँउदा सहमतिको वातावरण समेत बन्न नसकेको बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष गच्छदारले सीमाङ्कनदेखि मोर्चाले उठाएका मागहरूका बारेमा ठोस प्रस्ताव नआँउदा सहमति बन्न नसकेको […]

संविधान संशोधन विनाको निर्वाचनको कुनै तुक छैनः यादव

मोरङ, कार्तिक २० । प्रचण्ड नेतृत्वको सरकार गठनका वेला भएको तीन बुँदे सहमति कार्यान्वयका लागि भन्दै मधेसी मोर्चा तथा संघीय गठबन्धनले अल्टिमेटम दिइरहेको छ । तर पनि उक्त अल्टिमेट प्रति पनि सरकार गम्भिर नभएको भन्दै मोर्चाका नेताहरूले असन्तुष्टि जाहेर गरिरहेका छन् । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्न सात पटकसम्म समय […]

छठको अवसरमा रक्तदान

कलैया, कार्तिक २० । छठ पर्वको शुभअवसरमा बाराको बेलहिया बजारमा रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ । रक्तदान कार्यक्रमका प्रमुख अतिथि एवं प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सुभाष साहले रक्तदान गरेर कार्यक्रमको उदघाटन गरेका थिए । रक्तदान नै जिवन दान भएको बताउँदै प्रमुख अतिथि साहले गाउँस्तरमा भएको रक्तदानले शहरदेखी गाउँसम्मका व्यक्तिलाई सहयोग पुग्ने आशा व्यक्त […]

कपास उद्योगमा आगलागी २५ लाख बढीको क्षती

कलैया, कार्तिक २० । कलैया–६ स्थित एक कपास उद्योगमा आज बिहान आगलागी भएको छ । करिब २ बजे विद्युत् चुहावट भएर आगलागी हुँदा उद्योगको २५ लाख रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार  कलैया–१ का इन्द्रजीत यादवको उक्त कपास उद्योगमा लागेको आगो लागेको थियो । […]

मिथिलाञ्चलमा छठको रौनक सुरु

महोत्तरी, कार्तिक १९ । मिथिलाञ्चलमा धुमधामका साथ मनाइने छटको रौनक सुरू भएको छ । महोत्तरीसहित पूर्वी तरार्इका जिल्लाहरू धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायतका जिल्लाहरूमा शुक्रबारबाट विधिवत रूपमा छठको  रौनक  सुरू भएको हो । चार दिनसम्म मनाइने यो पर्वमा मिथिलाञ्चलबासीहरू निराहार वर्त बसी यो पर्व मनाउने गरिन्छ । यी जिल्लाहरूमा रहेका पवित्र […]

भारतीय राष्ट्रपति मुखर्जीको स्वागतमा मिथिलाञ्चल बेहुली बन्दै

जनकपुर, कार्तिक १८ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई शुक्रबार गरिने नागरिक अभिनन्दनका लागि मिथिलाञ्चल तयारी अवस्थामा बसेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा शुक्रबार मुखर्जीलार्इ नागरिक अभिनन्दन गरिने छ । अभिनन्दनका लागि जनकपुरधाम सिँगारिएको छ । जनकपुर धामवासीद्वारा राष्ट्रपति मुखर्जीलाई प्रदान गरिने नागरिक अभिनन्दन पत्र तीन भाषामा तयार गरिएको छ । नेपाली, अङ्ग्रेजी र मैथिली […]

लोकमानमा देश अल्झाउने षड्यन्त्र भइरहेको छः अध्यक्ष महतो

जनकपुर, कार्तिक ९ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले लोकमान सिंह कार्की विरूद्धको महाअभियोग प्रस्तावमा देशलार्इ अल्झाउने षड्यन्त्र भइरहेको बताएका छन् । अध्यक्ष महतोले राष्ट्रिय एजेन्डालाई गौण बनाएर देश र जनता विरूद्ध ठूलो षड्यन्त्र भइरहेको दाबी गरे । जनकपुरधाममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन र कार्यान्वयन गरी संविधानको रक्षातर्फ ध्यान केन्द्रित नभइ लोकमानसिंह […]