काठमाडौं आउँदै गरेको बस र ट्रक ठोक्किँदा तीन जनाको ज्यान गयो

सिरहा, कार्तिक ४ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ । काँकरभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ४८९९ नम्बरको मकालु बस र बिपरित दिशाबाट आउँदै गरेको ना ३ ख ४१३० नम्बरको ट्रक गएराती करीब १२ बजे मिर्चैयामा एकापसमा ठोक्किएका थिए । दुर्घटनामा परी […]

एक सय ५९ थान चाँदीका सिक्का बरामद

वीरगन्ज, कार्तिक ३ । सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म वीरगन्जले बुधबार ठूलो परिमाणमा चाँदीका सिक्का बरामद गरेको छ । भारतबाट लुकाइछिपाइ ल्याइएको अवस्था प्रहरीले एक सय ५९ थान चाँदीका सिक्का बरामद गरेको हो । बरामद चाँदीका सिक्का मध्ये ९१ थान सिक्कामा लक्ष्मी र गणेशको चिह्न अङ्कित रहेका छन् भने ६८ थान सिक्का […]

जनकपुरमा भारतीय राष्ट्रपतिलाई नागरिक अभिनन्दनको तयारी

धनुषा, कार्तिक २ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलार्इ जनकपुरमा नागरिक अभिनन्दन सहित भव्य स्वागतको तयारी सुरू भएको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही १९ गते हुने जनकपुर भ्रमण गर्ने कार्यक्रम छ । उक्त भ्रमणको तयारीमा र स्वागतको विषयमा सर्वदलीय बैठकको आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आयोजना गरेको सर्वदलीय बैठकमा राष्ट्रपतिको जनकपुर […]

उजुरी लिए पनि भएन कारवाही

इनरुवा, असोज २१ । कुटपिटको मुद्धा दर्ता गरेका भोक्राहाका अफजल हुसेनले प्रहरीले वेवास्ता गरेको भन्दै गुनासो पोखेका छन । उनले असोज १३ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा कुटपिटमा संलग्नताको आरोप लगाउँदै सदरुल अन्सारी, सज्जाद अन्सारी, इलियास फलाही, अताबुल अन्सारी, रहमान अन्सारी र गुलजार अन्सारी विरुद्ध सार्वजनिक मुद्धा दर्ता गराएका थिए । भोक्राहामा अकमल हुसेन लगायत […]

अझै दश लाख बालबालिका विद्यालय बाहिर

काठमाडौंँ, असोज २० । अझै पनि १० लाख बालबालिकाहरु विद्यालय बाहिर रहेको एक प्रतिवेदनले जनाएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार ५–१२ वर्ष उमेर समूहका १४.३ प्रतिशत बालबालिका विद्यालय गइरहेका छैनन् । जुन यो उमेर समूहमा कूल जनसंख्याको ७ लाख ७० हजार रहेको भन्दै प्रतिवेदनमा विद्यालय नजाने ३५.२ प्रतिशत बालबालिका मध्य तराईका जिल्लाहरुमा बसोबास गर्ने […]

एक वर्षामा धनुषाका २२ हजार युवा वैदेशिक रोजगारिमा गए

धनुषा, असोज २० । आर्थिक वर्ष २०७२/७३ मा धनुषाबाट मात्र २२ हजार भन्दा बढी युवाहरु श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । बैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएको संस्था सामी हेल्भेटास र जनचेतना अभियान नेपालले गरेको एक अध्ययन अनुसार आर्थिक वर्ष २०७२/७३ मा २२ हजार २ सय ५९ जना श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा […]

जनकपुरमा मधेस प्रिमियर लिग (एमपिएल) हुने

जनकपुरधाम, असोज २० । आगामी कार्तिक २ गते जनकपुरमा मधेस प्रिमियर लिग (एमपिएल) हुने भएको छ । तराई मधेसका युवा खेलाडीहरुलाई खेलको माध्यमले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान स्थापित गराउने उदेश्यले लागि मधेस प्रिमियर लिग हुन लागेको हो । क्रिकेट एशोसिएसन नेपाल (क्यान) ले तराई मधेसका दिग्गज खेलाडीहरुलाई समेत कुनै बहानामा विभेद गरी ठाउंसम्म पुग्न […]

संविधान त्रुटीपूर्ण छः शान्त्रिमन्त्री यादव

जनकपुरधाम, असोज २० । शान्ति तथा पुर्ननिर्माण मन्त्री सीता देवी यादवले घोषित संविधान त्रुटीपूर्ण रहेको भङन्दै त्यसलार्इ संशोधन गर्नु पर्ने बताएकी छन् । जनकपुरधाममा सम्पन्न एक कार्यक्रममा बोल्दै मन्त्री यादवले भनिन– ‘घोषित संविधान त्रुटीपुर्ण छ, संविधानप्रति असन्तुष्टि जनाउंदै आन्दोलनरत्त मधेशी, आदिवासी, जनजाति, मुस्लिम, महिला लगायतको अधिकार सहमतिकै आधारमा सम्वोधन गरिनुपर्छ ।’ उनले सरकार मोर्चासंगको सहमति […]